नेकपा (एकीकृत समाजवादी)को ५ सदस्यीय स्थायी समिति गठन, सरकारमा जाने तयारी

काठमाडौं, भदौ ११ : नवगठित नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी समिति गठन गरेको छ ।

समितिमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, डा. वेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल चयन भएका छन् ।

समितिको शुक्रबार सम्पन्न बैठकले छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको छ । त्यसका लागि पहिले सत्तारुढ गठबन्धनसँग आफ्नो पार्टीले पाउने मन्त्रालय’bout छलफल गर्ने स्थायी समितिले निर्णय गरेको एक पार्टी नेताले जानकारी दिए ।