पौडेल समूह महाधिवेशनमा केन्द्रित हुने, जिल्ला सभापतिको अनशन तोडिँदै

काठमाडौं, भदौ १२ : सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत उक्त समूहका जिल्ला सभापतिहरूले शनिबार अनशन तोड्ने भएका छन् ।

क्रियाशील सदस्यताको सूची सार्वजनिक, जिल्ला सभापतिको उम्मेदवार’bout बनाइएको दोहोरो मापदण्ड खारेजीलगायत माग अगाडि सारेर जिल्ला सभापतिहरू रिले अनशनमा छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरूले अनशन तोड्न लागेका हुन् । शनिबार बिहान पौडेल समूहका नेताहरूले पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा त्यस’bout छलफल गरेका थिए ।

सभापति देउवाले माग सम्बोधन गर्ने भएपछि अब महाधिवेशनमा केन्द्रित हुने निर्णय पौडेल समूहले गरेको हो । तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यतामा कांग्रेस छ । सोही कारण पौडेल समूहले पनि महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको हो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरू डा. मिनेन्द्र रिजाल र रमेश लेखक सानेपास्थित पार्टी कार्यालय पुगेर जिल्ला सभापतिहरूसँग कुरा गर्ने भएका छन् ।