सम्बन्धको ७० वर्ष

 

 

 

सुनिल उलकको फेसबुकबाट

अाज फेब्रुवरी १६ ठिक ७० वर्ष अगाडी अाजैको दिन नेपाल र अमेरिका विच कुटनैतिक सम्बन्ध स्थापित भएको थियो । नेपालले बेलायतका राजदुत केशरशम्शेरलाइ अमेरिकामा दुत बनाइ पठाए पछि कुटनैतिक सम्बन्धको शुरूवात भएको थियो । हुन त यस भन्दा अगाडी नै १९३९ को अन्त तिर बेलायतका लागी नेपाली राजदुत कृष्णशम्शेरले अमेरिकाको अनाैपचारिक भ्रमण गरिसकेका थिए । त्यसपछि सिंहशम्शेरले १९४५ को अन्तमा भ्रमण गरेका थिए भने १९४६ मा बबरशम्शेरको नेतृत्वमा नेपाली टोलीले केही हप्ता अमेरिका भ्रमण गरेका थिए । यो टोली जुलाइ २५ देखी अगस्ट १ सम्म वासिङ्टनमा भेटघाटमा ब्यस्त भएको थियो ।

 

सबैभन्दा पहिलो अमेरिकीको रूपमा नवम्वर १६-२२, १९४५ मा पद्मशम्शेरको शासनकालमा George R. Merrell ले नेपाल भ्रमण गरेका थिए । त्यसपछि १९४५, १९४६ मा पनि अमेरिकी प्रतिनिधीले नेपाल भ्रमण गरे । १९४७ मार्च २२ मा अमेेरिकी उच्चस्तरिय टोली नेपाल भ्रमणमा अाएको थियो । यसपछि राष्ट्रपती ट्रुमेनको बिशेष सन्देश लिएर अप्रिल १३, १९४७ मा अाएको मन्त्रीस्तरिय प्रतिनिधीले अप्रिल २७ जोसेफ सि साटर्थवेटले मा राजा त्रिभुवनलाइ भेट गरि राष्ट्रपती ट्रुमेनको पत्र हस्तान्तरण गरेका थिए ।

 

 

अप्रिल २५ अापसी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यसरी अमेरिका र नेपाल बिचको अापसी सम्बन्धको पहिलो चरण पुरा गरेको थियो । त्यसैदिनबाट भारतका लागी अमेरिकी राजदुतले नेपालको लागी पनि राजदुत सरह रहने सम्झाैता भएको थियो । यसपछि फेब्रुवरी ३, १९४८ मा बेलायतका लागी नेपाली राजदुत केशरशम्शेरले अमेरिकाको लागी पनि राजदुत रहने निर्णय भयो । फेब्रुवरी १८, १९४८ मा बेलायतका लागी नेपाली राजदुत केशरशम्शेरले अमेरिकामा पत्रमा हस्ताक्षर गरि नेपाल अमेरिका बिच कुटनैतिक सम्बन्धको शुभारम्भ गरे ।

 

फेब्रुवरी १९, १९४८ मा राष्ट्रपती ट्रुमेन समक्ष अाफ्नो अोहदाको प्रमाणपत्र पेश गर्नुभयो । यसपछि मे ३, १९४८ मा भारतका लागी अमेरिकी राजदुत Henry F. Grady ले नेपालका प्रधानमन्त्री सामु अाफ्नो अोहदाको प्रमाणपत्र पेश गरेका थिए । अमेरिकामा नेपाली राजदुतावास फेब्रुवरी ३, १९५८ मा स्थापना भयो । नेपालमा भने अमेरिकी राजदुतावास अगस्ट ६, १९५९ मा खुल्यो ।

 

अमेरिकी राष्ट्रपती ट्रुमेनले पोइन्ट ४ प्रोग्राममा हस्ताक्षर गरेको एक वर्ष पछि ३६ मुलुकका बिद्ध्यार्थीलाइ अमेरिका अध्ययनको बाटो खुल्यो । जसले गर्दा नेपालबाट पहिलो बिध्यार्थीको रूपमा अमेरिका अध्ययनको लागी काठमाडाैका मुकुन्द बहादुर थापा छानिए । १० अगष्ट १९४९ मा अमेरिकामा मास्टर्स अफ साइन्स पुरा गरि फर्किए ।

 

 

मुकुन्द बहादुर थापाले बि.इं को अध्ययन कलकत्तामा गर्नुभएको थियो । मात्र २४ वर्षको उमेरमा मास्टर्सको लागी अायोवा युनिवर्सिटी अमेरिका पुगेका थिए । उहा नेपालको पहिलो पोस्ट ग्रेजुएट इञ्जिनियर हुनुहुन्छ । उच्च शिक्षाको समाप्ती पछि नेपाल फर्केका उनि बिध्युत बिभागमा चिफ इञ्जिनियर तथा जनरल मेनेजरको रूपमा कार्य थालेका थिए । त्यसपछि नेपाल बिध्युत कर्पोरेशनमा २०१७ देखी २०२७ सम्म १० वर्ष रहनुभयो ।

 

चिफ इञ्जिनियर मुकुन्दबहादुर थापाले फर्पिङ जलबिध्युत, पनाैती जलबिध्युत, त्रिशुली तथा सुनकोशी जलबिध्युत अायोजनामा समेत निकै योगदान गर्नुभयो ।

 

मुकुन्द बहादुर थापा सम्बन्धी विवरण वहाका छोरा अनिर थापाबाट प्राप्त ।