पाँच पोखरी ट्रेक

 

जुगल हिमालको फेदीमा रहेका पाँच पोखरी र्धािर्मक महत्वले आर्कषणको केन्द्र रहेका छन । आन्तरिक पर्यटकहरुको मेला लाग्ने पाँच पोखरी सफा र स्वच्छ भने छैन । फोहोरले पोखरी दुर्गन्धित छ । पाँच पोखरीलाई सरकारले सिमसार क्षेत्र घोषणा गरेर संरक्षण गनुपर्ने देखिन्छ ।

 

चौरी गोठको मेला, जुगलफेदीको जात्रा पाँच पोखरी क्याराभान सात दिनको पदयात्रा हो । पाँचपोखरी पहाडी रेन्ज भएर जाने बाटो हो । हामी राजधानीबाट नजिकैको पदयात्रामा हिडेका छौं । शनिबारको दिन  राजधानीबाट बस चढेपछि जिरो किलोसम्म पक्की सडकमा कुदयो । त्यसपछि सिपाघाटसम्म कच्ची बाटोमा बसले हर्लयाङहुलुङ पार्दै दौडायो ।

 

सिन्धुपालचोकका तन्नेरी र जागरुक पर्यटककर्मी सोमबहादुर तामाङले पाँच पोखरी जोडने नया पदमार्ग खोज्ने योजनाका साथ अगाडी बढेका छौं । सिपाघाटमा खाना खाएर टन्टालापुर घाम हामी बसन्तपुरतर्फ लाग्यौं । घाममा ढाड सेकाउदै हाम्रो यात्रा अगाडी बढ्यो । स्थानीयबासी हामीलाई खटपेस्वर गुफासम्म गाइड गर्न र्पिर्ख रहेका थिए । उनीहरुले त्यो अनौठोे गुफाको बिषयमा जानकारी दिए । अनि हामी त्यो गुफाको यात्रापछि फेरी उकालो लाग्यौं ।

 

काठमाडौंबाट तीन घण्टाको बस यात्रापछि सिपाघाट पुगिन्छ । स्थानीयस्तरका होटलमा लन्च खाएर बास बस्न आँपचौर पुगिन्छ । आँपचांैर पाँच घण्टाको यात्रा गरेर पुगिन्छ ।

 

 

आँपचौरदेखि आठ घण्टाको यात्रा गरेपछि पुगिन्छ, ओख्रेनी । नबलपुरमा लन्च खाएपछि पदयात्रा बिस्तारै लेकतर्फ लाग्छ । ओख्रृेनी शेर्पा गाउँ हो । चोर्तेन गुम्बा पाइन्छ । गुफा डाँडा दृष्य हेर्नलाई उपयुत्त थलो हो । नौलीङस्वर महादेबथान पनि पर्यटकीय आर्कषक हो । गोब्रे पनि नजिकैको थलो हो ।

 

ओख्रेनी चोचे डान्डामा क्याम्पिङ्ग गर्न सकिन्छ । पानीको अभाव नै देखिन्छ । पानीको लागि केही मिटर पर जानुपर्ने हुन्छ । बाटोमा आन्तरिक पर्यटकहरु भने प्रशस्त भेटिए पनि बिदेशी पर्यटकको भने कुनै चहलपहल छैन । बाटोमा होटल तथा लजको भने कुनै पनि ब्यबस्था छेन । क्याम्पिङको लागि भने राम्रो हुनसक्छ ।  बाटोमा चौरी गोठ टन्न भेटिन्छन् ।

 

हामी मंगलबार पाँच पोखरीतिर हिडयौं । पानी परेर बाटैभरी हिलेयात्रा भयो । मेसोरको गोठमा बास बसेर हामी पाँच पोखरीततर्फ लाग्ने तरखरमा छौं । नुन थोलाको उकालो हामीले एक घण्टामा पार गरयौं ।

 

बिहानै हामी आएकाले हिमाली दृष्यहरु टन्न देख्यौं । जुगल हिमाल, याम्बुचे हिमाल ,तीनकुण्ठ हिमाललाई  नजिकबाट देख्न पाइयो ।

 

हिलेपछि तोरीफुल्यो बाटो लाग्यौं ।  बिभिन्न हिमाली जीवन शैली हेर्दै यात्रा अझै पाँच पोखरीतिर अगाडी बढीरहेका छौं । नसिम पार्टी भएर हामी लौरी विनायकको कठिन उकालोतर्फ जादैछौं । लौरी विनायकको उकालो बाँदर लडने खालको छ ।

 

सबै पदयात्री त्यो उकालोलाई परैबाट कसरी पार गर्ने भन्ने चिन्तामा देखिन्थे । केहीलाई भने लेक लागेर पदयात्रा अधूरै पारेर बिरामी फर्काइ रहेका भेटिए । बाटैभरी पानीको भने सारै अभाव पाइयो । खाना खानलाई बाटोभरी राम्रो होटल लजको खोजी हामीले गरि रहयौं । कतै पनि लजको ब्यबस्था थिएन । तीर्थयात्रीहरु सबै गोठमा सुत्न बाध्य थिए । एउटा गोठमा करीब २।३ सयले रात कटाउन बाध्य थिए ।

 

आन्तरिक पर्यटकको पाँच पोखरीमा मेला नै लागे पनि बिदेशी पर्यटक सुन्य थिए । स्थानीय क्लबको सकृयता भए पनि पोखरीको उचित ब्यबस्थापन थिएन । पोखरी वरीपरी फोहोरले गाजेको छ । सयौं तीर्थयात्रीहरु रातभरी नाचिरहेका थिए ।

 

 

गागलफेदीबाट आएकी तीर्थयात्री जुनु खडका कठिन लाग्यो । सुबिधा उचित छैन । बस्न पाउछ भन्ने सुनेकी थिए तर पाइन । पहिलोपटक आएकी उनी । मेल्म्चीकी शारदा पुरी, देबीका पुरी हुन वा उनीहरु सबैको गुनासो थियो । पोखरीमा लज र फोहोरको उचित ब्यवस्थापन छैन । खाना बस्नको कुनै पनि ब्यवस्था छैन । स्थानीय होटलवाला मिङमार शेर्पाकोमा बस्यौं ।

 

तीर्थ लामा, सुदीप लामा र सोम लामा हाम्रो सहयात्री थिए । साखुकी एक जना तीर्थयात्रीलाई लेक लागेर बोकेर बिच बाटोबाट फर्काइदै थियो ।

खर्चको अनुमान

खाना सादा– एक सय रुपैया ।
चिया सानो गिलास – तीस रुपैया ।
आवास – एक रातको एक सय पचास प्रतिब्यक्ति ।
खाजा– प्रति प्लेट एक सय ।

 

पदयात्राको आइटेनरी यस्तो छ ।

काठमाडौं– शिबघाट
शिबघाट– आपचौर
आपचौर– ओख्रिनी
ओख्रीनी–चोचोफेदी
चोचोफेदी– हिले
हिलेबाट नोसिममा नाइटे स्टे गर्ने ।
नोसिमबाट चार किलोमिटरमा पाँच पोखरी ।

 

 

पाँच पोखरीमा एक रात बसेपछि दोर्नेलाक्पा आधारशिबिर जाने ।

 

यो तीन दिनको पदयात्रा हो । पाँच पोखरीबाट तीनकुण्ठे । तीनकुण्ठेबाट दोर्जेलाक्पाको आधारशिबिर । आधारशिबिरबाट एडभान्स बेसक्याम्प ।फर्कदा नोसिमदेखि छुम्ति, यार्सा, भोताङ, मानेखर्क, ढाप, तिपेनी, मेलम्ची,याङरी गाँउ, तार्केघयाङ छ वटा प्याकेज छ । २० हजार खल्तीमा हालेर हिडनु भयो भने सजिलै यो  यात्रा गर्न सकिन्छ ।