यही हप्ताभित्र सरकारमा जान्छौं : माधव नेपाल


पोखरा, ३ असोज: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यहि साताभित्र सरकारमा सहभागी हुने दोहोर्‍याएका छन् । पोखरामा प्रदेश कमिटी कार्यालय उद्घाटनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारमा गएर जनताका समस्याहरू सम्बोधन गर्ने दावी गरे ।

‘यहि हप्ताभित्र केन्द्रीय सरकारमा सहभागी हुनेछौं । जसले जे सुकै प्रचार गरोस्, पहिले नियुक्तिमा आसेपासेलाई पठाइएको थियो । हामी ति सबैबाट मुक्त भएर उचित व्यवस्थापन गर्छौं । राम्रा मान्छे छानेर पठाउछौं,’ उनले भने ।

नेपालले चुनावसम्म गठबन्धन कायम रहने बताए । ‘अबको चुनावसम्म हामी ५ मोर्चाको गठबन्धनलाई मजबुत बनाउने छौं । इमान्दार कार्यकर्ताहरु हामीसँग गोलबन्द भएका छन् । देशभरीको पीडितहरु एकबद्ध भएका छौं,’ उनले भने, ‘यो कदम जनताका लागि हो । क्रान्ती र परिवर्तनका लागि हो । कत्तिपनि विचलित हुने छैनौं ।’ न्युज कारखाना