एमाले सांसदहरुले राजीनामा दिनुपर्छ : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजबादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नकेपा (एमाले)का साँसदहरुले पदबाट राजीनामा दिनुपर्ने दावी गरेका छन् ।

प्रतिनिधिसभा वैठक सकेर फर्कदै गर्दा डा. भट्टराईले भने, ‘थोरै पनि नैतिकता भए एमाले साँसदहरुले संसद अवरुद्ध गर्ने हैन, सांसद पदबाट राजीनामा दिएर जनताको विचमा जानुपर्छ ।’

दुइ पटकसम्म सँसद विघटन गर्ने एमालेलाई संसदमा आउन लाज हुनुपर्ने बताउँदै डा. भट्टराईले भने, ‘सर्वोच्चको फैसला नमान्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु लाजमर्दो कुरा हो ।’

विसं २०७२ सालमा आफुले माओबादी छाडेपछि दोश्रो संविधानसभापछि तत्काल राजीनामा दिएको स्मरण गर्दै उनले भने, ‘जसले संसदलाई दुइ पटकसम्म विघटन ग¥यो, उसैले लाज पचाएर संवैधानिक सर्वोच्चताको दुहाइ दिने ?’