सिनामंगलबाट ११ जना अफगान नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको सिनामंगलस्थित एक घरबाट ११ जना अफगान नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार बिहान उनीहरु बसेको घरमा छापा मारी पक्राउ गरेको हो ।

सुनौली नाका हुँदै गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।(सरल पत्रिका)