अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधानहोस् भन्ने चाहेका छौंः प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुने बताएका छन् ।

बुधबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चमा देखिएको विवाद केहीदिन भित्रै समाधान हुने विश्वास व्यक्त गरेका हुन् ।

अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विषयमा बढी बोलीराख्नु आवश्यक नभएको बताए ।

गठबन्धनको समन्वय समितिको मंगलबार बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधानहोस् भन्ने चाहेको बताएको थियो ।

अध्यक्ष प्रचण्डले अदालतमा देखिएका समस्या’bout सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताए । अध्यक्ष प्रचण्डले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताए ।

साभार : drishyatv.com