चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा, १० मङ्सिर : चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनि’boutस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो । (रासस)