अग्ला भवनमा वास्तु सिद्दान्त 

अत: यस्तो भवन निर्माण अगावै जानकार वास्तु विद सित परामर्श अनिवार्य छ । यसो नगर्दा कुनै पनि प्रकारको अशुभ परिणाम आउन सक्छ । यस्ता भवन निर्माण गर्दा कुनै पनि स्थान रिक्त खाली राख्नु हुदैन सबै स्थानमा केहि न केहि निर्माण हुनै पर्छ ।

 

 

वर्तमान समयमा बढ्दो जनसंख्या तथा उपलब्ध साधनको कमीले गर्दा भवन निर्माणको लागि योग्य भुमिको अभाव बढ्दै गएको छ । जसले गर्दा हिजो आज बहु तल्ले व्यावसायिक भवन अपार्टमेन्ट कम्प्लेक्स आवासीय भवनको निर्माणले तिब्र गति लिएको छ । यसले गर्दा मानिसलाइ बस्न वा व्यवसाय गर्न निक्कै सहज भएको छ।

व्यवसायिक भवन : 

यस प्रकारका व्यावसायिक भवन कम्प्लेक्स निर्माण गर्दा वास्तु नियमको पालन गर्नु अत्यन्त जरुरि हुन जान्छ । अत : यस्तो भवन निर्माण अगावै जानकार वास्तु विद सित परामर्श अनिवार्य छ । यसो नगर्दा कुनै पनि प्रकारको अशुभ परिणाम आउन सक्छ । यस्ता भवन निर्माण गर्दा कुनै पनि स्थान रिक्त खाली राख्नु हुदैन सबै स्थानमा केहि न केहि निर्माण हुनै पर्छ । यस बाहेक यी नियम पालन गर्नु पनि जरुरि हुन्छ ।

१) भुमिको ढलान उत्तर पूर्व हुनु पर्छ ।

२) भवनको वरिपरि ठुला र अग्ला वृक्ष हुनु हुदैन ।

३) बगैंचा तथा पर्किङ्ग उत्तर पुर्व हुनु पर्छ ।

४) अन्य तल्लाको तुलनामा पहिलो तल्ला अग्लो तथा ठुलो हुनु पर्छ एसले गर्दा भवनको शुभ प्रभाव बृदी गर्छ

५) पानिको निकास उत्तर पूर्व नै सर्बोत्तम हुन्छ ।

६) बल्कोनि बार्दली उत्तर पूर्व श्रेष्ठ हुन्छ

७) सिडीको निर्माण दक्षिण पश्चिममा गर्नु उत्तम हुन्छ ।

८) शौचालयको व्यवस्था पश्चिम दिशा उत्तम हुन्छ ।

९) वातानुकुल संयत्र वा यन्त्र कोण श्रेष्ठ हुन्छ ।

१०) पुजा स्थान वा मन्दिर इशान कोणमै हुनु पर्छ ।

११) सुर्यको प्रकास तथा वायु हावा प्रत्येक कक्षमा हुनु पर्छ ।

१२) कैश वा धन संग्रह गर्नी स्थानमा ओम वा स्वस्तिकको चित्र राख्नु राम्रो हुन्छ ।

यसै प्रकार जानकार दक्ष वास्तुबिदको परामर्स अनुसार हामीले व्यावसायिक निर्माण गर्न सक्छौ । ताकि भवन चिर स्थाई तथा समृद्दीशालि भैरहोस ।

 

आवासीय भवन 

हाम्रो देशमा अझै यस प्रकारको भवनको संस्कारले मुर्तरुप लिन सकेको छैन।तर अन्य देशको ठुला ठुला सहरमा यस्ता भवनको अभ्यास धेरै अघि देखि छ।अर्थात् ठुलो महानगरमा कर्मचारी,सेवाकर्मी,बैंकिंग,रेलवे सरकारी कर्मचारीका लागि बहु मंजिल आवासीय भवन निर्माण गरिन्छ।हाम्रो देशमा पनि यस प्रकारको भवन निर्माण गर्नु पर्ने अवसर मिल्यो भने यस भवनमा पनि वास्तु नियमलाई आत्मसाथ गर्नु अति आवश्यक हुन्छ । यस्तो नगर्दा  भवन तथा यसमा निवास गर्ने दुबैलाई यसले हानी गर्ने सम्भावना प्रयाप्त रहन्छ। तसर्थ यसका लागि यी नियमलाई पालना गर्दा अनुकुल मिल्ने छ।

 

विन्दु यस प्रकारका छन 

१)मन्दिर पुजा स्थान उत्तर पुर्वमा बनाउने

२)पुस्तकालय नैऋत्य कोणमा बनाउने

३)परिसरको चारै तिर चार वा पाँच फिट अग्लो पर्खाल लाउने

४)मुख्य प्रवेशद्वार तथा अन्य ढोका वास्तु नियम अनुसार गर्ने

५)विद्यालयको स्थापना वायष्य कोण वा उत्तर तर्फ गर्ने

६)कुनै प्रकारको पानि ट्यांकी स्विमिङ्ग पुल पुर्व दिशामा गर्ने

७)ट्रान्सफर्मर,जेनेरेटर आग्नेय कोणमा गर्ने

८)मुख्य प्रवेश द्वार सितै बगैंचा बनाउने

९)परिसर भवनको ढलान उत्तर पुर्व गर्ने

१०)साथै कुनै पनि नयाँ भवन निर्माण गर्दा यी पाँच बिन्दुलाई अवश्य ध्यान दिनु पर्छ।

प्रवेश गर्ने स्थान पुजा स्थल गार्डन,भान्सा शयन कक्ष माथि उल्लेखित बर्णनलाई ध्यान दिई हामीले कुनै भवन परिसर निर्माण गर्न सक्यौ भने हाम्रो लागि अवश्य पनि शुभ तथा लाभको मार्ग बन्न सक्छ।

इति शुभम :