तिमाल यात्रा

कोदाको आइरक वा छ्याङ खान्छ भने हामीलाई भन है । लाज लाग्छ भने धामी झाक्रीलाई देखाउन जा, कान्छी तामाङनीले ठट्टेउली गर्दै भनिन् , सबै गललल हासे ।

 

 

 

बसन्त ऋतु घुमघामको समय हो । बनभरि लट्टरम्म फुलेका फूलहरु हेर्न वा चराचु¨ीका मधुर आवाज सुन्न बसन्त भन्दा उत्तम अरु ऋतु छैन ।

 

 

छ मध्ये एक ऋतु हो वसन्त । दुई महिनाको यो ऋतुका साठी दिन धेरै होइन । तपाईलाई टहलिन कतै निस्कने मन छ भने आउनुहोस्, राजधानीबाट नजिकैको गन्तब्य तिमालतिर घुम्न जाऔं । उसो त तिमाल बाह्रै महिना घुम्न भेग पनि हो ।

 

 

बर्षभरिको थकानलाई मेट्ने र समयको ख्याल गरेर यात्रा गर्ने भए एक रात दुई दिनको यात्राका लािग तिमालतर्फ हुइकिनुस् । राजधानीबाट करीब १ सय २० किलोमिटर दूरी पार गरेपछि पुगिन्छ, काभ्रे जिल्लाको तिमाल ।

 

 

समय कम छ । थकान बढी छ । अनि एक साता लामो घुमघामका लागि समय छैन भने तिमालको गन्तब्य उचित हो । शहरको उकुस–मुकुुसबाट केही दिन शान्त र सुन्दर वाताबरणमा रम्न पाउदा शरीरमा त्यसैत्यसै स्फुर्ती आउछ ।

 

 

 

 

राजधानीबाट नगरकोट, ककनी, फूलचोकी पछिको नजिकको गन्तब्यमा पर्छ, तिमाल यात्रा । यात्राको फरक स्वाद र संस्कृतिलाई नियाल्ने हो भने तिमाल एउटा अब्बल गन्तव्यको रुपमा आइरहेको छ ।

 

 

हिमाली दृष्याबलोकन, कोशी सुसाएको आवाज र जैबिक पहाडी बिबिधतालाई अध्ययन गर्ने हो भने तिमाल यात्रा बकेट लिस्टमा राखिहाल्नुस । क्यालेण्डरमा धर्को लगाएर जाने दिन जुराइहाल्नुस् ।

 

 

नीजि सवारी साधन वा सार्बजनिक यातायात दुबैबाट तिमाल पुग्न सकिन्छ । कोटेश्वरबाट भकुण्डेबेशींसम्म बस जान्छ र त्यहांबाट अर्को साधन हुंदै वा हिंडेर नै तिमाल पुग्न सकिन्छ ।

 

 

समय छ भने काठमाडौं, पनौती, नमोबुद्ध, भकुण्डेबेशींहुदै तिमाल पुग्न सकिन्छ । यो पदमार्गबाट तिमाल यात्रा गर्दा राजधानी नजिकको फरक खाले जीवनशैली, संस्कृती, भुगोललाई अध्ययन र अनुभब गर्न सकिन्छ ।

 

 

तिमाल पदयात्रा गर्दा बिबिध स्थानीय भाषा, संस्कृती, रहन सहन र फरक दृष्याबलोकन जताततै देखिन्छ । टे«किङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)ले ग्रेट बुद्धिष्ट मास्टर टे«लको अबधारणा शुरु गरीसकेको छ ।

 

 

तिमाल पदमार्गलाई प्रोमोशन गर्नलाई यस अबधारणाले सहयोग गर्ने टानका पूर्ब महासचिब तथा तिमालका स्थानीय कर्णबहादुर लामाले बताए ।

 

 

तिमाल बौद्ध मार्गी र हिन्दूहरुको ङ्खयुजन स्थल हो । दुबै संस्कार र संस्कृतिलाई नियाल्दै तिमाल यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ । शान्त वाताबरण र सुन्दर दृष्यले मन पुलंकित हुन्छ ।

 

 

तिमाल डाडाबाट देखिने सुसाउदै बगिरहेको कोशी नदी होस वा रोशी खोलाको कलकल आवाज अथवा आखै अगाडि देखिने हिमाली दृष्य र तामाङ संस्कृतिले तिमाल यात्राको आनन्द शब्दमा बर्णन गर्दा अधूरो भइन्छ ।

 

 

 

 

भनाइनै छ, मानिसको जीवनमा पदयात्रा एउटा खुल्ला बिश्वबिद्यालय हो । यात्रामा भोगेका अनुभबहरुले जो कसैलाई पनि निखार्छ ।

 

 

तिमालबाट दोर्जे लाक्पा, लाङटाङ, गौरीशंकर हिमाल र महाभारत शृखंलाहरु आ“खाले धित मरुन्जेल देखिन्छन् । तामाङ सेलो र नाचले थप उत्साह मिल्छ । तामाङ्नीहरुको फरासिलो र उन्मत्त हा“सोले हामी पदयात्रीहरुलाई त मन्त्रमुग्ध नै पा¥यो ।

 

 

कोदाको आइरक वा छयाङ खान्छ भने हामीलाई भन्नु है । लाज लाग्छ भने धामी झाक्रीलाई देखाउन जा, कान्छी तामाङनीले ठट्टेउली गर्दै भनिन् , सबै गललल हासे । तिमाल तिख्खर लोकल खाना र खाजाको अनुपम थलो बन्न सक्छ ।

 

 

हामी नेपालीहरुको पाहुनालाई जस्तोसुकै दुख र पिडामा पनि हासेर स्वागत गर्ने संस्कार छ । रोदी, मारुनी, तामाङ सेलो अनि असारे भाकाका गीत संगीतहरुले कसलाई पो नलट्ठ्याउला र ! हामी पनि सबै जना लै प¥यौं ।
तिमालका तामाङहरु हिमालस“ग नजिक छन् । ६० जना तिमालका स्थानीय तामाङ समुदायका टे«किङ र ट्राभल कम्पनी खोलेका छन् भने हजारौंले गाइड र पर्यटकीय सहयोगहरुमा संलग्न छन्, कर्णबहादुर लामाले भने ।

 

 

तिमाल, पदयात्रा र जलयात्रा दुबैका लागि गतिलो थलो हो, लामाले भने । तिमालसम्म पदयात्रा गरेर सुनकोशीमा जलयात्रा गर्न सकिन्छ ।

 

 

 

 

ग्रेट महाभारत टे«लको अबधारण पनि बिकास भइसकेको छ, तिमाल र महाभारत रेन्जको पर्यटन प्रबद्र्धनका लागि । तिमाल पदयात्राले सगरमाथा र रोल्वालिङ पदमार्गसम्म जोड्छ । सगरमाथा मध्य पहाडी लोक मार्ग भएर जाने कि जिरी भएर ? यो तपाइको छनौटमा निर्भर गर्छ ।
पद्म संभवले तिमालमा तेरमाल बृक्ष रोप्यो भने सम्पत्ति हुन्छ भन्ने सामाजिक भनाइ छ । र, त्यही तेर रोपेकाले यतिबेला बुद्धचित्तको बिरुवाबाट तिमालवासीहरु मालामाल आम्दानी लिइरहका छन् ।

 

 

पद्मसभवले तेरमाल रोप्न लगाएर तीब्बततिर लाग्नु भयो, हामी अहिले बुद्धचित्त टिपेर आम्दानीको स्रोत बनाउदै छौ, कर्ण लामाले भने ।

 

 

तिमाल शैक्षिक भ्रमण, बनस्पति, खेतीपाती, कृषि पर्यटन, परंपरागत खेती प्रणाली र स्थानीय जीवनशैली अध्ययन गर्नका लागि नजिकको गन्तब्य हो । खगोलीय अध्ययनका लागि पनि तिमाल केन्द्रबिन्दु हुन सक्छ ।

 

 

स्कूल, कलेज, बिश्वबिद्यालय, करर्पोरेट तथा पारिवारिक पदयात्राका लागि तिमाल छोटो, राम्रो र रमाइलो गन्तब्य हो ।

 

 

टान र स्थानीय सरकारको पहलमा तिमालमा स्मृति पार्क बनाउने लक्ष्य छ, कर्णले भने । स्मृति पार्क बनेपछि तिमालको मुहार फेरिने आशा स्थानीयले गरेका छन् । पछिल्लो पुस्ता घुम्ते छ र आन्तरिक पर्यटकहरुलाई स्वागत सत्कार गर्ने बानी बसाल्न सक्यौं भने सबैले पर्यटनको स्वाद लिन सक्छौं ।

 

 

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटकहरुलाई घुम्नका निम्ति प्रोत्साहन गर्नु पर्ने आबश्यकता देखिन्छ । पाउरोटी खाएर प्लाष्टिकाको प्याकेटको चाउचाउ र दालभातमा बार्गेनिङ गरेर सस्तो गन्तब्य बनाउने बिदेशी पर्यटकहरुलाई भन्दा हजारौं खर्च गर्ने आन्तरिक पर्यटकहरुलाई तिमालले ध्यान केन्द्रित गर्न सक्यो भने यो क्षेत्रले राजधानीको ध्यान छिट्टै तान्दै तिमाल एकपल्ट पुग्नै पर्ने गन्तव्य बन्यो भने कसैले आश्चर्य नमाने हुन्छ ।