ग्रह, नक्षत्र र जीवन

 

(ज्योतिषशास्त्र, वास्तुशास्त्र, र रत्नको विभिन्न पक्षका ’boutमा पाठकलाई जानकारी दिने उदेश्यले ‘ज्योतिष रहस्य’ स्तम्भको सुरुवात गरेका छौं । ज्योतिषशास्त्र, वास्तुशास्त्र, र रत्नको बिषयमा पाठकले जिज्ञासा पनि लेखेर पठाउन सक्नु हुनेछ । पाठकका जिज्ञासाका बिषयमा विशेषज्ञको नियमित स्तम्भमा प्रकाश पारिने छ ।–सम्पादक)

 

 

ज्योतिष विश्वको सर्वाधिक प्राचीन र महत्वपूर्ण विज्ञान हो । विधमान विज्ञानका सवै विधाले वर्तमान अवस्थालाई मात्र स्पष्ट गर्दछन । तर, ज्योतिष विज्ञान मात्र यस्तो विधा हो जसले भुत र वर्तमानलाई समेटेर भविश्यको ’boutमा सफलतापुर्वक हरेक बिषयमा सम्पूर्ण प्रक्षेपण गर्दछ । र, यसको क्षेत्राधिकार भित्रको बिषयमा पूर्ण प्रमाणिकताको साथ परिणाम प्राप्त गर्न सक्छ ।

 

 

ज्योतिष विधाले मनुष्यको जीवन कस्तो थियो ? वर्तमान अवस्थामा कस्तो जीवन भोगी रहेको छ ? उसको वर्तमान जीवनको सफलता वा असफलताको पछाडीको उसको कुन सञ्चित कर्म जिम्मेवार छ ? के कारणले उसलाई यो जन्ममा अनुकुल/प्रतिकुल अवस्था भोग्नु परिरहेको छ । साथै व्यक्तिले कुन प्रकारको जीवन पद्धती सञ्चालन गर्ने ताकी उसको भविश्य पूर्णरुपमा अनुकुल र सन्तुलित बन्न सकोस ।

 

 

ज्योतिषशास्त्रको मुल्याङ्कन

 

 

ज्योतिषशास्त्र आफैमा एक अत्यन्त महत्वपूर्ण विधा र गुण विषय हो । सृष्टीको प्रारम्भमा नै ज्योतिषको प्रचलन भई सकेको थियो । त्यस वेलादेखी लगातार आजसम्म पनि मानवजातीको उत्थानमा ज्योतिषको महत्वपूर्ण योगदान रहि आएको छ । मानवजातीले आफ्नो विकास गर्दै जानुको पछाडि ज्योतिष विज्ञानको सुदिर्घ हात रहदै आएको छ । यसैको परिणाम आज मनुष्य यस स्थानमा आई उभिन समर्थ भएको छ । अहिले मानवले नक्षत्रको पूर्ण रुपले अध्ययन गर्ने सामर्थ्य राख्दछ ।

 

 

यसको साथै आजको मानवले ज्योतिषको माध्यमबाट यस्ता रहस्य पनि खोजी निक्लेका छन । जो लामो समयसम्म मानव जातीका लागी पनि अज्ञात थिए । ज्योतिषशास्त्रको नियमअनुसार ज्योतिष विज्ञानलाई पाँच अंगको समष्टिको रुपमा विश्लेषण गर्ने गरिन्छ । यसबाट यो पूर्ण ज्ञात हुन जान्छ कि आजको सम्पुर्ण विज्ञानमा जती वटा तत्वहरु छन ती सबै तत्वको अध्ययन यहि पाँच अंग अन्तर्गत नै भएको छ ।

 

 

प्रारम्भमा ज्योतिषशास्त्रको उपयोग केवल नक्षत्रको अध्ययनको लागि मात्र थिए । तर, जसरी समय ब्यतित हुँदै गयो त्यसरी नै यस विधामा नयाँ/नयाँ सिद्धान्त र अन्य नयाँ तथ्य र विधीको समवेश हुँदै गयो । आज ज्योतिष आफैमा एक सम्पूर्ण विज्ञानको रुपमा विकसित भएको छ । यसै अन्तर्गत मनोविज्ञान, जीवशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र चिकित्साशास्त्र आदी पर्दछन ।

 

 

सर्वप्रथम जब भारतबर्षका महर्षीहरुको दृष्टी आकाश मण्डलमा पर्यो, त्यसवखत उनीहरुले चन्द्रमा, तारा र ग्रह आदीलाई सुक्ष्मतापुर्वक अध्ययन गर्ने परमम्पराको थालनी गरे । यो देखेर भयभित भएर मर्हर्षीहरुले यसलाई देवताको रुप दिए । वेदको कयौ स्थानमा ग्रहहरु, चन्द्र र सुर्यलाई देवताको रुप दिएको छ । यसै स्वरुपमा यिनीहरुको स्तुती अर्चना पनि गरिएको छ । तर, जसरी जसरी महर्षिहरुको दृष्टि स्पष्ट हुँदै गयो, उनीहरुलाई लाग्न थाल्यो की यस विषयमा सम्पूर्ण रुपमा अध्ययन गर्नुपर्ने अत्यावश्यक छ । ’cause यसको अध्ययन पश्चात मात्रै मानव जीवन र सृष्टीको मुल रहस्यलाई बुझ्न र ब्याख्या गर्न सकिन्छ । समयक्रमसंगै अध्ययनमा भएको विकाससंगै उनीहरुले के अनुभव गरे भने नक्षत्र र ग्रहको प्रभाव सीधा मानव जीवनमा पर्छ । यसको प्रभाव अनुकुल नै मानव जीवन सञ्चालित छ ।

 

 

यती मात्र होइन उनीहरुले के पनि अनुभव गरे भने मानव जीवनमा ग्रह र नक्षत्रको प्रभाव व्यक्तिगत रुपमा र सार्वजनिक दुवै रुपमा पर्दछ । त्यसकारण मानव जीवनमा सुख र दुखः, लाभ र हानी, उन्नती र अवनती आदीमा ग्रह र नक्षत्रको प्रभावकै कारण निर्धारित हुन्छन । यस्तै गरेर भूकम्प, ज्वालामुखी, महामारी आदी जस्ता दैवि वा प्राकृतिक विपत्तीको कारण पनि ग्रह नक्षत्र नै हो । नक्षत्र र ग्रहको परस्पर सम्वन्धले नै यस प्रकारको प्राकृतिक उपद्रव हुने गर्छ । महर्षीहरुले एकतर्फ नक्षत्रको प्रभावको विवेचना गर्न पनि प्रारम्भ गरे भने अर्कोतर्फ उनीहरुले ग्रह र नक्षत्रको प्रभावको विवेचना गर्न पनि प्रारम्भ गरे । यस प्रकार ग्रहको अध्ययनको पहिलो पक्षलाई गणितको नाम दिइयो भने यसको दोस्रो यसको फलस्वरुप पर्ने प्रभावलाई फलित पक्षको संज्ञा दिए ।

 

 

यस प्रकार महर्षीहरुले ज्योतिषशास्त्रको उपदेयता सिद्ध गरेको ले मानव जीवनका छोटोभन्दा छोटो, सानोभन्दा सानो र ठुलोभन्दा ठुलो सवै प्रकारका प्रघटनाको पछाडी यहि ग्रह र नक्षत्रको पूर्ण प्रभाव रहन्छ ।

 

 

मुख्य रुपले ज्योतिषशास्त्र यसका मुख्य पाँच अङ्गमा आधारित हुन्छ । अब ज्योतिषशास्त्रको आधारका रुपमा रहेका यी पाँच अङ्गमा म केन्द्रीत हुन्छ ।

 

 

सिद्धान्त

 

 

गणितको नियम र काल गणना, चन्द्रमाको गती र यसको अतिरिक्त ग्रहको गतीको सुक्ष्म रुपले निरुपण ग्रह नक्षत्रको स्थिति र अक्षांश रेखांशको आधारमा यिनीहरुको सही स्थिति ज्ञात गर्नुलाई सिद्धान्तको नाम दिइएको छ । यसको अन्र्तगत मुख्य रुपले ग्रहको सही प्रकारले अध्ययन गर्नु र यिनको गती तथा स्थितिलाई स्पष्ट गर्नु नै रहेको छ । यसको विकासक्रमसंगै यसमा सुक्ष्मता आउदै गयो । ग्रहको गती तथा यिनको विलोम गतीको पूर्ण रुपले निरुपण गर्न सम्भव भयो ।

 

 

होरा

 

 

केही विद्धान यसलाई जातकशास्त्र पनि भन्छन । ज्योतिषशास्त्रमा प्रयोग हुने मुख्य शब्द ‘अहोरात्र’ हो जसको प्रथम र अन्तिम अक्षर हटाइ दिदा ‘होर’ शब्दको नामकरण भयो । अहोरात्रको अर्थ रात र दिन हो र रात र दिनलाई लघु शब्दमा भन्नुलाई होरा भन्दछन । त्यसकारण होरा शब्दको प्रचलन गरिएको हो ।

 

 

जन्मकुण्डलीको द्वादश भाव त्यसमा स्थित ग्रह, त्यस ग्रहको परस्पर दृष्ट्री आदीको विवेचना यहि शास्त्र अन्र्तगत गरिन्छ । प्रारम्भमा ग्रहको आधारबाट नै मानव जीवनको भविश्य विश्लेषण गरिन्थ्यो । तर, बिस्तारै बिस्तारै यसमा सुक्ष्मता आउँदै गयो । ’cause बाह्र राशि अन्तर्ग्रत नै ग्रह परिचालन हुन्छन् । अतः पहिले राशिको आधारमा र राशिसंग सम्वन्धित ग्रहको प्रभावलाई लिएर फल निरुपण गरिन्थ्यो । तर, पछी के पनि हेर्न थलियो भने कुनै पनि राशिको निर्माण सवा दुई नक्षत्रबाट हुन्छ भन्ने विचार गरी यदी ग्रह्को अध्ययन नक्षत्र पदतीद्वारा गर्ने हो भने यसमा अधिकभन्दा अधिक सुक्ष्मता ल्याउन सकिन्छ । यस प्रकार समयको साथ नक्षत्र ज्योतिषशास्त्रको विकास भयो । र, यसबाट फलकथन अधिक सटिक भयो । यस शास्त्रमा कयौ ग्रन्थको रचना भएको छ । यस शास्त्रका प्रसिद्ध विद्धान बराह मिहिर नारचन्द्र, सिद्धसेन, ढुन्डिराज आदी प्रमुख रहेका छन । वहाँहरुले यस शास्त्रलाई अत्यन्तै सुक्ष्मतापूर्वक अवलोकन गर्न, बुझन र सम्झिनको साथै वहाँहरुले जुन सिद्धान्तको रचना गर्नु भएको छ, त्यो आज पनि होरशास्त्राको रुपमा मान्यता प्राप्त छ ।

 

 

एघारौ शताब्दीमा होराशास्त्रकारहरुले एक नयाँ पदती विकास गरे, जस अन्तर्गत ग्रह, बल, ग्रहवर्ग तथा विंशोतरी दशाको माध्यमले मुलकथन स्पष्ट गर्न थाले । त्यो अधिक प्रमाणिक र सत्य सिद्ध भयो । त्यस बखतदेखी लगातार आजसम्म पनि यिनै सिद्धान्तको आधारमा फलकथन गर्ने गरिन्छ । यसैको कारणले गर्दा ज्योतिषको प्रमाणिकता निरुपित भएको छ ।    क्रमश:

 

[email protected]

977-9849428414