मन्त्र, तन्त्र र रत्न


मनुष्यले जन्मदा अपुर्ण जन्म संस्कारमा बाँधिएर आएको हुन्छ । साथै व्यक्तिले जन्म लिएको जीवनको ग्रहको प्रभावलाई पनि स्विकार्नु पर्ने हुन्छ । यी दुवैको समन्वयले नै उसको जीवनपथ निर्माण गर्छ ।
अव यहाँ एक प्रश्न उठ्दछ । के ज्योतिषको माध्यमले कुनै तेज गतिको वाहनले कसैलाई दुर्घटना गर्न सक्छ भनेर आंकलन गर्न सकिन्छ ? यदी हुन्छ भने के त्यो दुर्घटनालाई टाल्न सकिन्छ ? र, यदि टाल्न सकिन्छ भने के पनि स्पष्ट हुन्छ भने ग्रहको प्रभाव एक समान र स्थायी पनि रहदैन ।
अर्थात परिवर्तनशील हुन्छ । यदी यो प्रभाव स्थायी र अमिट हुन्थ्यो भने रत्नमन्त्र आदी सव व्यर्थ थिए । वास्तवमा यदी हामीले जीवनमा कुनै उपाय वा भनौं कुनै क्रिया गर्दैनौ भने र ज्योतिषीय दृष्टिकोणले वा ज्योतिषीय आधारबाट हेर्दा कुनै घट्ना स्पष्ट देखिन्छ भने सो घट्ना निश्चित समयमा अवश्य घट्ने छ । र, यदि हामीले ज्योतिषको माध्यम अपनाउने हो भने अत घट्नाको तिव्रतालाई अवश्य पनि कर्म गर्न सकिन्छ वा भनौ घट्ना लाभप्रद छ । भने त्यसको तिब्रतालाई बढाउन पनि सकिन्छ । र, यसको लागि रत्न मन्त्र तन्त्र अति उपयोगी ठहरिन्छ ।
उदाहरणको लागि मानौ बैशाख महिनाको २३ गते कुनै तेज गतिको वाहनद्वारा दुर्घटना हुन्छ भन्ने ’boutमा पहिले नै ज्ञान भयो भने जुन ग्रहको कारणले दुर्घाटना हुने हो त्यस ग्रहको प्रभावलाई न्युन गरिएमा उक्त दुर्घटनाको प्रभावलाई निश्चित रुपमा कम गर्न सकिन्छ । विज्ञानको नियम छ । विपरित प्रभाववाट नै अनुकुलता ल्याउँन सकिन्छ ।
जस्तै भनौ कुनै कारको गतिमा न्यूनता आउछ । यस्तै प्रकारले कुनै व्यक्तिको जीवनमा कुनै विशेष ग्रहले गर्दा प्रतिकुलता आएको छ भने ठिक त्यसको विपरित गुण भएको ग्रहलाई वा भनौ त्यसको रश्मिलाई बढाइ विगार गर्ने ग्रहको प्रभावलाई न्युन गर्न सकिन्छ । जस्तो कुनै वालकको वा व्यक्तिको जीवनमा गुरु ग्रहले गर्दा लाभ कार्यक्रम स्वास्थ्य आदीमा प्रतिकुल प्रभाव छ भने त्यसको विपरित गुण भएको शुक्र ग्रहको प्रभाव स्वतः न्युन भएर जान्छ । यसको लागी शुक्र रत्न हिरा धारण गर्नुपर्छ ।
यसै प्रकारले ग्रहको प्रभाव कम वा बढी मन्त्रको प्रयोगद्वारा पनि गर्न सकिन्छ । मैले अगाडि भने जस्तै यदी कुनै घटना दुर्घटना असल वा अनिष्ट पुर्व ज्ञात भयो भने मन्त्रतन्त्र रत्नको प्रयोगद्वारा त्यस हुने घटना दुर्घटनालाई न्युन वा अधिक गर्न सकिन्छ । यदी घटना अनिष्ट हुने छ भने त्यो सानोमा टर्छ । साथै हाम्रो जीवनमा आउने जोखिम पनि न्युन रुप मै टर्छ । अर्थात यी माथिको तथ्यबाट हामीले के पनि बुझ्नपर्छ भने जुन घट्ना दुर्घटना जुन विशेष क्षणमा हुने हो त्यो निश्चित घटित हुन्छ । तर माथी उल्लेखित मन्त्रतन्त्र वा रत्नको प्रयोगले त्यसको प्रभावलाई न्युन गर्न सकिन्छ । साथै यदी कुनै ग्रह विशेषले जीवनमा उन्नति, प्रगति, लाभ गर्ने सम्भावना छ भने । त्यस ग्रहको प्रयोगद्वारा वृद्धी गर्न सकिन्छ । सवल बनाई पुर्ण्ता प्राप्त गर्न सकिन्छ ।
वास्तवमा हाम्रो ऋषि महर्शीहरुले मन्त्रको रचना गरेर जुन सिद्धान्त निर्धारण गरेको छन । ती पूर्ण प्रमाणिक हुनुको साथै निश्चित दोष हुनुको साथै पूर्ण परिणाम प्राप्त गर्न सकिन्छ । अर्थात यी सव कुरालाई दृष्टिगत गर्दा ज्योतिष उपयोग पूर्ण विषय र क्षेत्र हो भन्नुमा कुनै अतिसयुक्ती नहोला । र, हामीले के पनि स्विकार गर्नु पर्दछ भने मानव जीवनमा पूर्णता त्यति बेला मात्र आउन सक्दछ जब हामी आफ्नो आगामीको ’boutमा पहिले नै जान्न सकौ । त्यसलाई आफ्नो अनुकुल बनाउन सकौ । मानव जीवनमा ज्योतिषको उपयोगिता सर्वोपरी रहेको छ । ’cause ज्योतिषको माध्यमले हामी काल गणना सुष्क्षमतापुर्वक गर्न सक्छौ । सप्ताह, पक्ष, मास, ऋतु आदीको गणना सहि प्रकारले गरि हामी निश्चित गर्न सक्छौ, कि कुन समयमा कुन प्रकारको ऋतु हुन्छ । र त्यसको प्रभाव वातावरण कस्तो हुन्छ ।
यसैप्रकार काल गणना आधारद्वारा सुर्य ग्रहण आदीको समय निर्धारित गरि त्यस ग्रहणको प्रभावलाई आफ्नो अनुकुल व्यवस्था गर्न सक्छौ प्रत्येक क्षण आफैमा स्वतन्त्रतायुक्त हुन्छ । प्रत्येक क्षण आफैमा अलग पनि हुन्छ । यी सव ज्योतिषको माध्यमद्वारा अत क्षण प्रकृतिलाई जानेर तदअनुकुल कार्य गरी इच्छित परिणाम प्राप्त गर्न सक्छौ । इतिहासलाई पनि ज्योतिष माध्यमद्वारा अधिक सहारा प्राप्त भएको छ । ज्योतिषद्वारा तिथि गणना सम्भव भयो जसको माध्यमले काल निर्धारण गर्न इतिहासलाई सहायता मिल्यो । ज्योतिषको माध्यमले नै वेदको समय निर्धारण गर्न सकियोस र इतिहासलाई राम्रोसंग बुझन सकियोस सृष्टीको रहस्यलाई पनि ज्योतिष कै माध्यमले पत्ता लगाउन सकियो । किनकी ज्योतिषले प्रत्येक एक अणुको संरचनाको ज्ञान प्राप्त गर्न सक्नुको साथै यो पनि स्पष्ट गर्यो कि प्रत्येक अणुको निर्माण कुन प्रकारले सम्भव भएको छ । यै तथ्यको आधारद्वारा सृष्ट्रीको निर्धारण र रहस्यलाई पनि बुझ्न सकियोस ।

977-9849428414

