ज्योतिष शास्त्रद्वारा वास्तु दोष निवारण

नवग्रहका कारण प्राय: भवन स्वामी तथा परिवारका सदस्यले अनेक कष्ट भोग्नु पर्छ।यदि यी ग्रहको शान्तिका उपाय गर्ने  हो भने ग्रह कष्ट बाट मुक्ति प्राप्त गर्न सकिन्छ।

 

 

यस लेखमा यहाँहरु सफल आवासीय तथा व्यावसायिक भवनको विषयमा महत्वपूर्ण उपाय जो ज्योतिष शास्त्र एवं वास्तु शास्त्रको सिद्वान्तमा आधारित छ। हामीले यी सिद्वान्तलाई अपनाई वास्तु दोष मात्र नभई समस्त शारीरिक तथा आर्थिक कष्टबाट छुटकारा पाउन सकिन्छ।

 

नव ग्रह उपाय :-लाल किताबमा उल्लेख भए अनुसार सुर्यको लागि विष्णु, चन्द्रको लागि शिव, मंगलको लागि हनुमान,बुधको लागि माता दुर्गा,गुरुको लागि ब्रह्मा जी,शुक्रको लागि लक्ष्मी,शनिको लागि भैरव,राहुको लागि सरस्वती तथा केतुको लागि श्री गणेश जी लाई इष्ट देव मानिएको छ। सम्बन्धित ग्रहको पिडाबाट मुक्तको को लागि यी ग्रहका अधिष्ठाता देवको पुजा अर्चना गरि ग्रहको समस्या बाट मुक्ति अवस्य पनि प्राप्त गर्न सकिन्छ।

 

दान तथा उपाय

सुर्य-:यदि सुर्यको दुषित प्रभावको कारण कष्ट छ भने बगेको पानीमा गुड बगाउने गद्व तथा तामाधातु दान गर्ने।

चन्द्र-:यदि चन्द्रमाको दुष्प्रभाव छ भने बगेको पानीमा चादीको दुकडा बगाउने आफ्नो पलंग को सिरानी तर्फ चादीको भाडामा पानी वा दुध राखी सुत्ने यस्ता व्यक्तिले दुधसित सम्बन्धित कार्य नगर्ने।

मंगल:-मंगलको दुष्प्रभाव छ भने पिठोमा गुनाहाली मिठो परौठा बनाईदान गर्ने।रेवडि मह गुना बताशा पानीमा नदीमा बगाउने।यस क्रिया द्वारा लाभ प्राप्त हुन्छ।

बुध :-बुधको अनिष्ट प्रभाव समाप्त गर्न तामाको पत्रमा प्वाल गरि त्यस पत्रलाई जल प्रभाव गर्ने।

गुरु :-गुरु द्वारा अनिष्ट भएको भए घरको सम्पूर्ण सदस्यले मन्दिरमा दान गर्ने।पिपलको वृक्ष रोपी नित्य पुजा गर्ने।बेसार,केसरी,चन्दनमा दान गर्ने

शुक्र :-शुक्रको दोष निवारणका लागि आफ्नो भोजन बाट सबै खाद्य अलि अलि झिकी गाईलाई खान दिने।घ्यु, चामल तथा दहीको दान गर्ने।

शनि :-शनिको दोष निवारण गर्नको लागि गहुको पिठोको सानो सानो गोलि बनाई माछालाई पोखरीमा लगी खान दिने आफ्नो भोजनको केहि भाग कागलाई खान दिने।मासको दाल र तोरीको तेल दान गर्ने।

राहु :- यदि राहुले गर्दा घरको अवस्था खराब भए नदीमा नरिवल बगाउने । वर्षमा एक पल्ट अवश्य नरिवल बगाउने।

केतु :-केतुको दोष समाप्त गर्न चतुर्थीको ब्रत गर्ने। साथै आफ्नो भोजनको केहि भाग लगी कुकुरलाई दिने।

 

ग्रह शान्ति उपाय
नवग्रहका कारण प्राय:भवन स्वामी तथा परिवारका सदस्यले अनेक कष्ट भोग्नु पर्छ।यदि यी ग्रहको शान्तिका उपाय गर्ने  हो भने ग्रह कष्ट बाट मुक्ति प्राप्त गर्न सकिन्छ।यी उपाय यस प्रकार छन।

सुर्य :-सुर्यको शान्ति उपाय गर्नको लागि रविवारको दिन केवल दिउसो भोजन गर्ने भोजनमा केवल दहि र भात मात्रै खाने श्ल कमलको फूल श्री गणेशलाई चढाउने, त्यस दिन नुन नखाने।

चन्द्र :-चन्द्र शान्तिका लागि ओम नम:शिवाय जप गर्ने सेतो फूल सोमबार नदि वा इनारमा चढाउने,अर्पण गर्ने।चादीको भाडामा पानी पिउने सुर्यास्त पछि दुध नपिउने ।

मंगल:-मंगलको शान्तिका लागि मसुरो दाल र गुण बाट बनेका वस्तु सेवन गर्ने खाने मंगलबार मात्रै साथै श्री गणेश तथा हनुमान जी लाई लड्डु चढाई प्रसाद बाड्ने।

बुध :-बुधको शान्तिका लागि इलैची तथा तुलसी पत्र खाने ,इलैची जल प्रवाह गर्ने अर्थात् नदीमा बगाउने।मंगलबार हरियो मुगं दाल गेडा माग्ने लाई दान गर्ने।

गुरु :-गुरु ग्रहको शान्तिको लागि चमेलीको १२ फूल नदीमा बगाउने पहेलो पुष्पले बृहश्पतिको यन्त्रमा चढाई पुजा गर्ने। विवाहित स्त्रीलाई पहेलो वस्त्र उपहार दिने।

शुक्र :-शुक्रको शान्तिको लागि ओम नम:शुक्रायै नम:मन्त्र जप गर्ने सेतो फूल नदीमा बगाउने गाईलाई चामल खान दिने।शुक्रबार लक्ष्मीलाई खुवाको प्रसाद चढाउने।

शनि:-शनि शान्तिको लागि नरिवलको तेलमा कपुर मिसाएर आफ्नो शिरमा लगाउने मासदाल माग्नेलाई दान दिने फलाम तथा स्टिलको भाडामा नास्ता नगर्ने।

राहु:-राहु शान्तिको लागी कालो धतुरोको फूल शिवलिङ्गमा चढाउने। फलामको भाडा,स्टिलको भाडामा नास्ता नखाने,नगर्ने।

केतु:-केतु शान्तिका लागि फलाम,स्टिलको ब हदमा नास्ता नगर्ने। कुकुरलाई रोटि खान दिने।श्री गणेशको पुजा गर्ने।

 

घरमा सुखी रहने घरलाई सुखी बनाउने केहि सुत्र

१)आफ्नो शयन कक्षमा सुत्दा सिरानी दक्षिण वा पुर्व गरि सुत्ने।

२)यदि कोठा वा घरमा पंखा आवाज आउने छ भने त्यस लाई शिघ्र हटाउने।

३)कुनै विशेष कार्यको लागि घर बाहिर निस्कदा माछा वा पानीले भरिएको गाग्रो दर्शन गरि जाने, दहि खाई जादा पनि हुन्छ।

४)सुर्य उदय भन्दा अगाडी नै घरको सरसफाई,कुचो आदि गरि सक्ने।सुर्य उदय भन्दा अगावै उठने।

५)घरमा जुत्ता चप्पलको स्थान निश्चित गर्ने।तरकारी काटे पछि जमिनमा नछोड्नु,सफा लुगा संग फोहोर लुगा नराख्नु।

६)अतिआवश्यक कागज पत्र फाईल उत्तर पुर्व राख्ने।

७)ढोका लाउदा खोल्दा आवाज नआयोस।

८)तन मन शान्तिको लागि रति सुत्दा सुगन्धित वस्तु प्रयोग गर्ने।