नेकपामा कार्यविभाजन : कसले के पाए ?

काठमाडौं, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्रको कार्यविभाजन गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यविभाजन गरेको हो ।

सचिवालयको बैठकले विभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थप गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई जिम्मेवारी तोकेको हो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री उपचारको लागि सिंगापुर गएको बेलामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा बसेको बैठकले कार्यविभाजन तोकेको हो । 

कसलाई कुन जिम्मेवारी ? 

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख 
डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख 
बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख 
बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख 
रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख 
कमल चौलागाई : सहकारी विभाग उपप्रमुख   
प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक 
रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज 
अमृता थापामगर : महिला संघ सहइन्चार्ज 
सीता पौडेल : महिला संघ सहइन्चार्ज 
सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज 
वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज 
सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज 
शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज 
तिलक परियार : दलित मोर्चा सहइन्चार्ज 
बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज 
महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज 
केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज 
खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज 
जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज 
अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज 
हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज 

जिल्ला सहइन्चार्जहरु 

तिलकुमार मेन्याङबो : ताप्लेजुङ 
भगवती चौधरी : सुनसरी 
प्रमोदनारायण यादव : सिरहा 
हरिनारायण चौधरी : सिरहा 
चुडामणि जंगली : कास्की 
दीपक देवकोटा : कैलाली 

इन्चार्ज र सचिव 

रामचन्द्र साह : पर्सा इन्चार्ज 
बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव