सम्झनामा स्वरकिन्नरी तारादेवी

 

 

तारादेवी स्मृती फाउन्डेशनले माघ ९ गते राष्ट्रिय सभागृहमा ‘सम्झनामा तारा देवी’ कार्यक्रम सम्पन्न गरेको छ । स्वरकिन्नरी तारादेवी श्रेष्ठको १३ औँ पुण्य स्मृति पारेर सम्झनामा तारादेवी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको लागि पाँच सदस्यीय कार्यसमिती चयन गरिएको थियो । कार्यसमितिमा संरक्षक रवि श्रेष्ठ, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द, महासचिव सोभन सैंजु र कोषाध्यक्षमा रमेश थापा रहेका थिए ।

 

कार्यक्रममा देशका चर्चित गायक गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका १४ वटा गीतमा आवाज दिएका थिए ।

 

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा महानगरका तर्फबाट तारादेवी फाउन्डेशनलाई १० लाख हस्तान्तरण गरिएको थियो ।