मौसमी दुवाली

-सुनिल पौडेल/सुदिप कुइकेल
कथा
दिन विस्तारै ढल्कदै थियो । साँझपख एउटा भट्टीमा छ जना साथीहरु जम्मा भएका छन्– आजको मुख्य गफिने विषय – मौसमले च्यालेन्ज गरेको अवस्था । साँच्चै, वैशाख, जेठको गर्मीको मौसममा पौडी खेल्न जाने, टिसर्टलगाएर आफ्ना शरिर देखाउँदै हिँड्ने, युवा युवतीका लागि सुहाउँदिलो महिना हुन् भन्ने हुन सक्छ अबको केही वर्षमा, यस्तै तरिकाले भुमण्डलीय तापमान वृद्धि र ओजोन तह पातलिँदै जाने हो भने मौसम कि तातिँदै जान्छ कि चिसिँदै । यो कलियुग यसै च्यालेन्ज हो त्यसमाथि मौसमले पनि च्यालेन्ज नै गरेको छ, मानिसहरु पौडी होइन आगो तापेर रमाउनुपर्ने, टिसर्ट लगाएर होइन ज्याकेट लगाएर शरीर ढाक्नुपर्ने जेठ भएको छ । के साँच्चै हामी मौसमको बन्दकीमा परेका त होइनौं ?
यी युवा जमात रात्रिको समय चिसोले च्यालेन्ज गरेर होला भट्टिमा भेट्ने योजना बनाएका रैछन्, सूर्य टाउकोमाथि आउँदादेखि नै । ६ जनाको जमात आज खुवै मात्तिने सुरमा भट्टीमा छिरेको रहेछन् । जब रक्सीको चुस्की बढ्दै गयो उनिहरुको स्फुर्ती पनि बढ्दै गइरहेको थियो । एउटा बोल्दै थियो, ‘खासमा त्यो सुन चै कहाँ रहेछ ?’ अर्कोले जवाफ दियो, ‘जहाँ भए पनि के गर्नु आज कत्तिको बिल उठ्ने हो आफुसँग त पैसा छैन, केटा हो ?’
त्यत्तिकैमा तेस्रो चर्को स्वरमा जंगिदै बोल्दै थियो, म यस टोलमा नामी कहलिएको “अनाररस’ को नाती पो हुँ, मलाई हजारी साहुको पनाती भनेर चिन्दछन्, कति चाहियो सबै मैले तिरिदिन्छु, तिमीहरु मात्र साथ देओ ।
तेस्रोले के त्यति बेलेको थियो, चौथोले थपि हाल्यो, तिरिस् पैसो, मेरो अस्तिको ५ सय रुपैयाँ झिक त ।
केटाहरु कुरा पनि के के गर्छन्, गर्छन्, म भने जब देखि त्यो ३३ किलो सुन तस्कर एयरपोर्टबाट समातियो, त्यो हराएको सुन कहाँ गायब भयो भन्ने कुरामा घोत्लिरहेको छु । मनमनै रमाउँदै सोच्छु, साँच्चै त्यो सुन खोज्ने जिम्मा सरकारले मलाई दिएको भए म कत्ति रमाउँथे होला । त्यो सुनको कुरा सुनेदेखि आफुलाई न त रातमा निद्रा पर्छ, न त दिनमा भोकै लागेको छ । यिनीहरुले कर गरेकाले मात्र यहाँ चुस्की लगाउन आएको । नशामा धुत्त भएपछि म आप्mनै निवासमा फर्किन्छु ।
यो धुँवा, धुलो र अस्तव्यस्त सहरका रैथानेहरु विभिन्न रोगले गाँजेर अस्पताल धाइरहेका देखिन्छन्, मानौं उनिहरु आज एक दिनका पाहुना हुन् यस मृत्युलोकका । धेरै मानिस ठुलै परिमाणको सुन काण्डका पछाडि दौडिएका छन्, काण्डकै पछाडिको बस्तुस्थिति के रहेछ भनेर बुझ्दा बुझ्दा म त रात भरी निदाउनै सक्दैन, सँधै तन्द्रामा मात्र हुन्छु, लाग्छ कुनै जादुमयी शक्ति भइदिएको भए पनि सरकारलाई सहयोग गर्नकै लागि भए पनि सुन कहाँ रहेछ भने पत्ता लगाउन पाए ! कहिले टोलको सेते कराएर झस्किन्छु, कहिले कोटको रित्तो खल्ती सम्झँदा चस्कन्छु । कहिले बादल गर्जँदा आत्तिन्छु । लाग्दछ टनका टन सुन पो हो त जलविद्युत्मै लगानी गर्न सक्छ सरकारले कल्पीन्छु । लसुन वा नुन मात्र भैदिएको भए कति गरिवले गुजारा गर्थे, यत्रो सोच्यो कोल्टे फे¥यो आफ्नै ओछ्यानले ब्युझाउँछ, रात छर्लङ्ग कटिसकेको हुन्छ त्यही सुनको कहानी कल्पिएर । रात वितिसक्दा पनि कुरोको चुरो पत्ता लागेकै पो छैन । अनि भन्न मन लाग्छ ‘दैव हरे कठै बरा !’
वास्तवमा केहि दशक अगाडिको नेपाल टेलिभिजनमा प्रसारण भएको देवी टेलिसिरियलमा पूर्णेले सबैलाई ‘हैन बन्द चीनीको भाँडोमा कमिला चाहिँ कसरी पस्यो’ भनेर हैरान पारेको जस्तै यहाँ सुन कहाँ छ भन्ने कुराले सबैलाई हैरान पारेको छ ।
भोलिपल्ट विहान यहि सुनको ’boutमा घोत्लिदै एयरपोर्टतिर जाँदा केही झुण्ड वकिलहरु विहान ब्रेक फास्ट गरेर विराटनगर जाँदै गरेको देख्छु्, त्यहाँ सुनकाण्डका आरोपीहरुको पक्ष वकालत गरेको, अनि बेलुकाको प्लेन चढेर काठमाडौं आएको समाचार सुन्छु, जिन्दगी त उनिहरुको पो छ । सुन त मात्र एउटा बहाना भयो ।
त्यसको अर्को दिन, यी वकिलहरु विराटनगरबाट बेलुकी काठमाडौं आउने वित्तिकै वकालत गर्नेको जमात खुबै रमाउँदै छलफलमा व्यस्त भए जस्तो गरी आफ्नो व्यस्तता देखाउँदै कसैलाई नभेटि सोमरसको खोजिमा लागेको मेसो लाग्छ । रित्तिँदै भौतारिँदै खोलाको तिर त्यो पनि टुकुचाको, सोच्छन् होला कहानी बेग्लै छ । यो विगत १५–२० वर्ष देखि यस्तै नराम्रो कृकृत्य गर्दै बगिरहेको टुकुचा, कहिले हत्या गरिएको लाश बोक्छ, यसको छातिमा कहिले चोरीको मोटरसाइकल बोक्छ हाहाहा त्यो पनि विज्ञानको चमत्कार मोटर इञ्जिन साइकल, धत् ! उदेक लाग्दो छ यो ‘मौसमी दुवाली’ पनि कतै त्यो सुन यसै खोलाको गर्भमा पो छ कि भन्दै जहाँसम्म टुकुचा कुनै अर्को धार्मिक नदीमा नपुगुन्जेल सम्म पछ्याइरहेको पनि त हुनसक्छ, हत्तेरिका भन्न मन लाग्छ यो कलियुगको अधार्मिक मनलाई अनि आउने अचम्मको सोचलाई । काण्डका ठूला भनिएका तस्करको पक्षमा वकालत गर्ने वकिलको एकालाप कल्पिदै हिँडिरहेको मदहोसी म ।
सम्झँदा पनि हैन यो पेशा भन्ने कुरो पनि अचम्मको छ । पेशाको धर्मनै उदेक लाग्दो । त्यस पेसाकै मान्छे एउटालाई बचाउन लागिपरेको छ अनि अर्को त्यसैलाई सजाय दिलाउन अग्रसर भएर पेशाको धर्म निभाउन तिर लागेको छ । बाध्य हुन्छ यो मन । सोच्न, कल्पिन अनि त्यही सोचमा हराउन । पेशाको धर्म यो कसरी भयो त ?
यत्तिकैमा फ्याट्ट अर्को कल्पना मनस पटलमा दौडन थाल्यो, पेटको जो सवाल छ । त्यसैले होला मानिसहरु पापी पेट पाल्नकै लागि जस्तो सुकै कार्य गर्न उत्प्रेरित देखिन्छन् । सुन तस्करहरुले सरकारको नियम, कानुमा नरहेर यत्रो अनैतिक कार्य गर्ने जमर्को गरेका होलान् । समाचार हेरेर कल्पिन्छु, त्यो विदेशको गर्मीमा खल खली पसिना बगाएर गर्वका साथ आफ्नो मातृभूमि टेकेर चैनको स्वास फेर्ने कुमाल दाइ ‘यत्रो टनका टन सुन ।’ “त्यो संघर्ष, ती दुःख हण्डर, त्यो रगत पसिना” हैट ! भयो नसम्झिउँ विनासित्ति आफ्नै मन पोल्छ बेकारमा ……।
ठूलो परिश्रमले कमाएर ल्याएको केही झोला सम्पत्ती आफुसँगै लिएर घर जान नपाउँदाको पिडा छुट्टै छ । विहानीको सिरेटोमा घर परिवार, साना लाला बाला छोडेर लागेँ आफ्नो सम्पत्ति लिन एयरपोर्टमा तर के गर्नु ‘अभागी खप्पर जहाँ गए पनि ठक्कर’ भने झैं, पेशाको धर्म निमाएका वकिलका कुरा सुन्दा पनि मलाई गिज्याइरहेको महसुस हुन्छ सम्झन्छु डोरीले बाँधेर लेराएको सुटकेश फो¥यो अध्यागमनले । मेरा लागि न्याय कसले दिने ? न त मैले सुन नै ल्याएँ, न त कुनै तस्करको मतियार नै हुन पाएँ ।
