पासवर्डमा टिकेको सम्बन्ध

साँच्चै समय धेरै परिवर्तनशील भइसकेको रहेछ, प्राबिधिक युग यहि पो रहेछ, यहा मानिस मानिसको बोलीमा भर पर्दैनन् । हराएर गयो बिश्वास, सम्बन्ध नबिग्रियोस् भनेर यहा पासवर्ड धितो राख्दछन अहिलेको माया, पासवर्ड दिन सक्यो माया, प्रेम अनि टिक्यो सम्बन्ध ।

 

म आफ्नो दैनिकी सक्काएर बेलुकीको समयमा सामाजिक संजालको भित्ताहरुमा रुमलिएकी थिए । सिरकभित्र घुस्रेर मोबाइल चलाएको मान्छे झसङ्ग झस्किए । आजको मुख्य खबर इन्डोनेसियाकि एक महिलाले आफ्नो श्रीमानले मोबाइलको लक् नदिएको बाहानामा जिउदै आगो लगाई मारिन । म सोच्न थाले एउटा अपरिचित मृत सरिरमाथि आगो लगाउन त मानिसको मनले मान्दैन हात थरथर काप्छन, कसरि जिउदै मानिसमाथि आगो लगाउन सक्छन । मान्छे, मान्छे रहेनन् हराएछ मानवता आज आफ्नै परिवार, आफ्नै श्रीमानलाइ उनि त्यो अर्थहीन निउमा खरानी बनाउन सक्छिन, आफ्नो जीवनसाथि माथि आफ्नै हातले कसरि आगो लगाउन सक्छिन ।

 

पासवर्डको कुरा लिएर मलाइ केहि दिन अगाडिको आफ्नो फेसबुकको पासवर्ड ह्याक भयो भन्दै रोइरहेकी शान्ति बहिनीको याद आयो । अनिकेहि महिना अगाडीमात्र संगै पढिरहेकी अपेक्षा आफ्नो प्रेमीलाई विश्वाश टिकाइराख्न उसको सम्पूर्ण सामाजिक संजालका खाता बाडेको याद आयो । साँच्चै समय धेरै परिवर्तनशील भइसकेको रहेछ, प्राबिधिक युग यहि पो रहेछ, यहा मानिस मानिसको बोलीमा भर पर्दैनन् । हराएर गयो बिश्वास सम्बन्ध नबिग्रियोस् भनेर यहा पासवर्ड धितो राख्दछन अहिलेको माया, पासवर्ड दिन सक्यो माया, प्रेम अनि टिक्यो सम्बन्ध । सायद अति अबिश्वास त मेरी हजुरआमाले साहुसँग ऋण लिदा धितो राखेको लालपुर्जा पनि थिएन । म फेरी एकाएक सम्झिन थाले हिजोमात्र पल्ल्लो छिमेकि घरको १८ बर्से बहिनीको सुसाइडको खबर केहिदिन अघि उनी आफ्नो प्रेमीलाई फेसबुकको पासवर्ड सेयर गरिन आज सम्बन्ध टुट्यो त्यो केटा उनकै अकाउन्टबाट मनपरि गर्दैछ । आज त्यहि पासवर्डले कयौ किशोरीको दिनप्रतिदिन ज्यान लिइरहेको छ ।

 

केहि महिना अगाडी दशैं बिदामा मामाघर गएकी थिए मामा प्रदेसी माइजु घरमा बालबच्चा पढाएर घरको काममै व्यस्त हुनुहुन्थ्यो । साँझको करिब ५ बजेको थियो बाबुनानीको स्कुलबाट केहि सर म्याडम होम भिजिटमा आउनुभएको थियो । त्यसैबखतमा विदेशबाट मामाको फोन आयो माइजुले २/३ पटक काट्नुभयो र पुन फोन आइरहेकाले मैले उठाए यताको आवाज नसुनी उताबाट चर्को स्वरमा कहा मरिस, कोसँग भलाकुसारी गर्दैछस, कोठामा कसलाई ल्याएर राखेकी छस यस्तै नानाथरी बकबकाउनु भयो । म केहि बोल्न सकिन धरधरी आँसु बगाए, सायद यहि हो बिश्वास यस्तै हुन्छ श्रीमान श्रीमतीबीचको सम्बन्ध, फेरी सम्झिए केहि महिना अगाडी बिहे भएकी मेरी साथि जो हरेक दिन आफ्नो श्रीमानलाइ बिस्वास दिलाउन संका नहोस भनि भिडियो अन गरेर कोठाको चारदिसा मोबाइल घुमाउछिन । समय यति निच भइसकेछ हामी एक-अर्कामा बिश्वास गर्न छाडी सकेछौं । साथी डरमा छिन कुनै दिन भिडियो अन भएन उहा संका गर्नुहुछ र कतै हाम्रो समन्ध बिग्रनी त हैन, मेरी माइजुजस्तै हजारौ माइजुहरु दिनकै आफ्नो श्रीमानको अपहेलित शब्दले आँसुमा भिज्दैछन मैले बिश्वासले सम्बन्ध जगाइराख्छ भन्ने उदाहरण धेरै भेटे ।

 

हिजो अङ्गालिएर रोएकी बैनीको प्रेमकथा सम्झिन्छु त म अझै झस्कन्छु जहाँ उ आफ्नो प्रेमीसँग रिलेशन जोगाइराख्न पासवर्डसंग सम्झौता गरेकी हुन्छे, परिवार बाहेक अरु कसैसंग सम्पर्कमा नरहने बाचा गरेकी हुन्छे । सायद मानिसले बुझेकै छैनन् पासवर्ड भन्नि कुरा आफ्नो ब्यक्तिगत हो यदि सार्बजनिक नै गर्दा हुन्छ भनि केका लागि गोपनीय हुने थियो । कति दिन टिक्छन खोइ यस्ता पासवर्डमा भर परेका सम्बन्ध ? मानिस आफ्नो अस्तित्व गुमाइरहेका छन् बिश्वास शब्दमै सिमित राखेका छन् । आजको ताजा ताजा खबरमा सुनिन्छन फेसबुकको पासवर्ड दिन नमानेको निउमा डिभोर्स, हत्या, आत्महत्या यी त भए हजुर आजको पासवर्डको बर्तमान । र केटिले पासवर्ड नदिएको निउमा बिहेको जग्येबाट केटो फरार , श्रीमतीले पासवर्ड दिन नमान्दा श्रीमानले आफ्नो पत्नी मान्न अस्विकार, अनि पासवर्डकै कुरामा भर्खर जन्मेकी बालिकाको बाउ बन्न बाबु पछि हट्दैछन, पक्का यस्तै हुनेछन पासवर्डमा टिकेको सम्बन्धको बोलीको भबिष्य ।