जीवनमा ग्रहको प्रभाव

 

 

 

मनोवैज्ञानिकहरुले आत्माको क्रियाशिलतालाई हेरी मनुष्यको व्यक्तित्वलाई दुई भागमा विभक्त गरेका छन ।

 

 

बाहिरी व्यक्तित्वः यस व्यक्तित्वअनुसार मानवले यस भौतिक शरिरको रुपमा जन्म लिएर आफ्नो पुर्वजन्मको भाव, विचार र क्रियाअनुसार आफुलाई ढाल्छन । र, अनुभवद्वारा बिस्तारै बिस्तारै आफ्नो व्यक्तित्वको विकास गर्छन ।

 

 

आन्तरिक व्यक्तित्वः यो यस्तो व्यक्तित्व हो, जो बाहिरी जगतको संचित एवं क्रियमाण कार्य, अनुभव एवं विचारलाई आफुमा समाहित गरी राख्दछन । मनुष्यले आफ्नो आन्तरिक र बाहिरी दुबै प्रकारको व्यक्तित्वमा एक रुपता ल्याउने प्रयास गर्छ ज्योतिष सिद्धान्तअनुसार बाहिरी ब्यक्तित्वको तीन रुप मानिएको छ । भाव, विचार, र क्रियाको साथै आन्तरिक व्यक्तित्वको पनि तीनै रुप मानिएको छ । स्मृति, अनुभव र पवृति यि सबैलाई अन्तस्करणले एक रुपमा संगठित गर्दछ । यसै प्रकार यि रुपको प्रतिक सौर्य जगतमा रहने सात ग्रहलाई मानिएको छ । र, यिनै ग्रहको न्युन वा अधिक प्रभावअनुसार मानव जीवनका समष्टिगत रुप व्यक्तित्व बनि प्रभावयुक्त हुन्छ ।

 

 

संक्षेपमा रुप र तिनका प्रतिक ग्रहहरु यस रहेका प्रकार छन:

 

 

रुप

ग्रह

 

 

बाहिरी ब्यक्तित्वः प्रथम रुप बृहस्पति, शरिर, धर्म, कानुन, सौन्दर्य, प्रेम, र शक्ति आदी हुन्छन् ।

 

द्धितीय रुपः मंगल इन्द्रीयज्ञान, आनन्द, इच्छा, साहस, दृढता आत्मविश्वास आदी हुन्छन ।

 

तृतीय रुपः चन्द्रमा शरिर, मष्तिश्क, हुने परिवर्तन, संवेदना, भावना, कल्पना, लाभेच्छा आदी रहेका छन् ।

 

आन्तरिक ब्यक्तित्वः प्रथम रुप शुक्र निस्स्वार्थ प्रेम, भ्रातृत्व, स्नेह, स्वच्छता, कार्यक्षमता, जांच गर्ने शक्ति, बुद्धी आदी रहेका छन् ।

 

द्धितीय रुपः बुध आध्यात्मिक शक्ति, निर्णय गर्ने बुद्धी, स्मरणशक्ति सुक्ष्मकला जस्तै प्रेम र तर्क गर्ने क्षमता आदी रहेका छन् ।

 

तृतीय रुपः सुर्य, दैवत्व, सदाचार , इच्छाशक्ति, प्रभुता , ऐश्वर्य, महत्वकांक्षा, आत्माविश्वास, सहृदयता आदी रहेका छन् ।

 

अन्तःस्करण शनि तात्विक ज्ञान, नायकत्व, मननशिलता, धैर्य, दृढता, गाम्भिर्यता, सतकर्ता, कार्यक्षमता आदी पर्दछन् ।

 

शरिरको भाग र त्यो कुन राशिको प्रतिक हो भन्ने विवरण तल दिएअनुसार हुन्छ ।

 

मस्तकः मेष                                 मुखः बृष

वक्षस्थलः मिथुन                         हृदयः कर्क

उदरः सिंह                                 कटिः कन्या

वस्तीः तुला                              लिंगः बृश्चिक

जाँघः धनु                                घुडाः मकर

पिडुलाः कुम्भ                          पैतालाः मीन

 

 

यसको साथै यी बाह्र राशिमा भ्रमण गर्नेमा आत्मा–रवी, मन–चन्द्रमा, धैर्य–मंगल, वाणी–वुद्ध, ज्ञान–गुरु, विर्य–शुक्र, र संवेदना–शनि प्रतिक मानिएको छ । यसैप्रकार यस शरिर स्थित सौर्यमण्डलले बाहिरी सौरमण्डलसंग परस्पर सम्बन्ध बनाई रहन्छन । ज्योतिषशास्त्र सौयमण्डलका ग्रहको स्थिति एवं गति आदीअनुसार शरिर–स्थिति ग्रहको गति आदीअनुसार शरिर–स्थित ग्रहको गति आदीलाई स्पष्ट गरि फलाफलको निर्देश गर्दछ । हाम्रो पृथ्वी पनि सौरमण्डलको एक सदस्य हो । र पृथ्वी सुर्यसंग आकर्षित भई निरन्तर त्यसको परिक्रमा गरि रहन्छ ।

 

 

पृथ्वी स्वयममा पनि आकर्षण शक्ति छ । पृथ्वीलेले सुर्यबाट प्रकाश ताप आदी प्राप्त गरी रहन्छिन । पृथ्वीमा रहने जीवधारीमा प्राण र शक्तिको सञ्चार भई रहन्छ । सुर्य र चन्द्रमा जस्तै अन्यग्रहको प्रभाव पनि पृथ्वीमा परी रहेकै हुन्छ । र, यिनले एक आपसमा ओज प्रदान गरि रहेका हुन्छन । यधपी पृथ्वीमा वास गर्नेहरु प्रात कालका एक स्वतन्त्र मानसको अश्तित्व हुन्छ । अतः ग्रहहरुले प्रत्येक कालमा भिन्न भिन्न रुपले प्रभाव पारिरहेका हुन्छन ।

 

 

पृथ्वीको सबैभन्दा निकट चन्द्रमा रहन्छ । चन्द्रमाको जलतत्वमा बिशेष प्रभाव हुन्छ । प्रत्येक पुर्णमासीका दिन समुन्द्रमा ज्वार आउनु यसको सबैभन्दा ठूलो र स्पष्ट प्रमाणको रुपमा खगोलशास्त्रले पनि मानेको छ ।

 

 

हाम्रो मन चन्द्रमाबाट प्रभावित हुने खगोलीय कारण हो । जल आफैमा चल तत्व हो यो स्थिर रहने सक्दैन । यस्तै प्रकार मन पनि जलतत्व हो । यहि भएर मुल स्वरुप चन्द्रमाको मनमा विशेष प्रभाव हुन्छ । अतः चन्द्रमा द्रुतगामी हुनाले मन पनि द्रुतगामी भएको हो ।

 

 

कुनै पनि जातकको जन्मकुण्डलीमा चन्द्रमाको एक विशिष्ट स्थान हुन्छ । अतः चन्द्रमा जुन राशिमा हुन्छ जातकको त्यही जन्मराशि हुन्छ । जन्म राशिबाट नै मनुष्यको मनको स्वभाव र अन्यवृतिको ’boutमा जानकारी प्राप्त हुन्छ । सुर्य प्रकाशको स्वामी हो । अतः सुर्यको प्रभाव आँखामा विशेष हुन्छ । यसै प्रकार बिभिन्न ग्रहको अध्ययनले फलित ज्योतिषमा जातकको शुभ फल कथनको निर्णय हुन्छ ।

 

 

आकाशमा जति पनि ग्रह छन ती सबै निश्चित गतिले आफ्नो पथमा अग्रसर भई हिडिरहन्छन । र, जुन गतिले ग्रहको प्रभाव पृथ्वीमा पर्दछ । त्यसैअनुसार यसको फल प्राप्त हुन्छ । व्यक्तिको कुण्डली आकाशीय नक्षत्र एवं ग्रह–समुहको एक मानचित्रभन्दा फरक नपर्ला क्रान्तिवृत पृथ्वीको सुर्य परिक्रमण मार्गको नक्षत्रिक वृत हो ।

 

 

जुन मार्गबाट सबै ग्रहले सूर्य धुरी परिक्रमा गरि रहन्छन, जुनमार्गबाट पृथ्वीले पनि सुर्यको परिक्रमा गर्दछन । त्यसै मार्गको आसपास नक्षत्र गोलमा समस्त ग्रहको पनि मार्ग हो । जो क्रान्तिवृतभन्दा बढीभन्दा बढी सात अंशको कोण बनाई चक्कर लगाई रहन्छन । यस बिशिष्ट मार्गको आकाशीय विस्तार राशी हो । यसको १२ भाग हुन्छ । प्रत्येक भाग ३० अंशको हुन्छ ।

 

 

यी १२ राशिमा प्रत्येकको आकार पृथ्वीमा वास गर्ने जीवजन्तुको आकार समान हुनाले नै यी १२ राशिको नाम पनि त्यस्तै हुन गएको हो । मेष, बृष, मिथुन, कर्क, सिंह, कन्या, तुल, बृश्चिक, धनु, मकर, कुम्भ, मिन । यसै प्रकार नाम रहन गयो । यधपि मनुष्यको भाग्यको सम्बन्ध ग्रहको गतिमा अवलम्बित छ । र, ग्रह गति क्रान्तिवृतको आसपासको नक्षत्र मण्डल मानै हुन्छ । यसै कारण ज्योतिषहरुले नक्षत्र मण्डलको २७ भागलाई २७ नक्षत्र मानी तीनको नामाकरण गरे । चन्द्रमा एक दिनमा यो मण्डलमा १३ डिग्री २० मिनेट चलायमान हुन्छ । जस कारण यसको गतिलाई २७ भागमा विभाजित गरिएको छ ।

 

 

पृथ्वी पनि यै नक्षत्रमा ३६५ दिन १५ घण्टा ३१ मिनेट ३० सेकेण्ड गतिमा सुर्यको ३६५ .०६. ९. ९७ परिक्रमा गर्छ जो एक सौर बर्ष बन्छ । यसको साथै पृथ्वी आफ्नो धुरिमा ३३ डिग्री २६ मिनेट ५२ सेकेण्डमा झुकेको हुन्छ । जस्तो उसको गतिको मध्यमा दुई स्थानमा क्रान्तिवृतलाई काट्छ । यर्सले गर्दा अयन बन्छ । यसैको मुलस्वरुप सुर्य एक बर्षमा ६ महिना दक्षिण अयन ६ महिना उतर अयनमा रहन्छ । यस क्रान्तिवृतश्रीत मार्गको नक्षत्र मण्डलको ३०ं कै एक भागलाई राशि भनिन्छ । जसको पुरावृत ३६०ं को हुन्छ । जातकको कुन्डलीको आधार यसैमा निर्भर हुन्छ ।