१५ बर्षीया किशोरीमाथि एसिड प्रहार

वीरगञ्ज । विद्यालय जाने क्रममा किशोरीमाथि एसिड प्रहार भएको छ । शुक्रबार बिहान करिब ६ः १५ बजे वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि छिमेकी युवकले एसिड प्रहार गरेको हुन् । गाला र जीउमा पोलेको खतुनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

खातुनमाथि छिमेकी युवक समसाद मियाँ र उनका साथी मजिद आलमले एसिड प्रहार गरेका हुन् । पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माका अनुसार मियाँ पक्राउ परेका छन् भने आलमलाई प्रहरीले खोजीले भइरहेको छ । एकतर्फि प्रेमका कारण एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । प्रहरीका अनुसार वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार भएको हो । खातुन त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययन गर्थिन ।