जिम्बाब्वेका पूर्वराष्ट्रपति मुगाबेको निधन

जिम्बाब्वे  । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको छ । उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति भए ।

उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार हुँदै थियो। परिवारले मुगाबेको मृत्यु भएको पुष्टि गरेको छ। सन् २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनले तीन दशक देशमा शासन गरेका थिए ।

जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन् । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो । देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए । त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बने । बीबीसी