विप्लवका छोरा प्रकाश चन्द पक्राउ

चितवन । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको विरोधमा आन्दोलनरत विद्यार्थी प्रकाशसहित १५ जना पक्राउ परेका हुन् ।

मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।