बाढीबाट १ लाख ३० हजार प्रभावित
नाइजर, २६ भदौ : अफ्रिकी मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण १ लाख ३० हजार मानिस प्रभावित भएका छन् ।
यस बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले जनाएको छ ।
सरकारद्वारा जारी विज्ञप्तिमा बाढीबाट १२ हजार घरमा क्षति पुगेको र दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ ।
नाइजरमा पछिल्लो समय राजधानी र दुर्गम क्षेत्रमा भारी वर्षाले नराम्रो असर पारेको छ ।
नाइजरमा गत वर्ष पनि बाढी पहिरोका कारण ५६ जनाको मृत्यु भएको थियो भने करिब दुई लाख व्यक्ति प्रभावित भएका थिए ।(रासस-एएफपी)