तपाईको ग्रहदशा

 

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल असार १६–२२)

 

 

समयले राम्रो फल दिने भएकोले शुरुमा मान सम्मान मिल्ने छ । पराक्रमको गति तिब्र  हुनुको साथै अधुरा काम बन्ने छन् । साथै नयाँ काम पाउने  र मनग्य धन कमाउने योग छ । बैदेशिक कार्यमा  संलग्न हुने र अरुको विश्वास जितेर काममा सफलता पाउने योग छ ।

 

पढाइमा सफलता राम्रै मिल्ने छ  बुद्धिको तारिफ पनि होला । यात्रा गर्ने अवसर पनि मिल्ने छ  सामाजिक कार्यमा प्रशंसा पाउँनाले मनोवल  बढने छ । लेखन मार्गमा उल्लेख्य सफलता पाउने योग भए पनि बृहस्पतिवार र शुक्रबार   खर्च बढने, विवाद बढ्ने र चिन्ता बढने योग छ   । धनमाल हराउँन सक्छ ।

 

विश्वास गरेकाले धोका दिने हुनाले सजग रहनुहोला  गलत विचार पनि बढ्ने छ । स्वास्थमा बाधा आउने छ । लेनदेनमा विबादको सामना गर्नुपर्ला ।

 

 

साता राम्रो  रहने छ  । शुरुमा भाग्यले साथ दिने भएकाले  कामहरु विचार गरेर अगाढि बढाउँदा ठूला व्यक्तिसंग अन्तरकृया गरेर सबै समस्यालाइ पार लगाउँन सकिने छ । धार्मिक कार्यमा महत्वपूर्ण भेटघाटको अवसर  मिल्ने छ ।

 

बौद्धिक कार्यम सम्लग्न भै अरुको  विश्वासले  सफलताको मार्ग प्राप्त हुने छ । नोकरी र राजनितीमा प्रतिस्पर्धा शत्रुसंग गर्नु परेपनि आफ्नो लक्ष्य पुरा हुने छ  । पराक्रम बढनुको साथै अधुराका बन्ने तथा नयाँ काम पाउने योग छ ।

 

 

अढैया शनिको प्रभावले   नैराश्यता र उदासिनताले  बोलिको प्रभाब नपर्ने हुदा  सबै कार्य संयम हुँदा मात्र  बन्नेछन शत्रुले सताउँदा पनि आफ्नो  शक्तिमा  कमि आउनेछैन  । महत्व पूर्णकाम संयम भएर गर्नु बेश ।

 

 

साता राम्रो रहेपनि शुरुमा नैराश्यता र उदासिनता  बढने विबाद बढने मनमा चिन्ता बढ्ने योग छ ।  स्वास्थ्यमा बाधा र  आफन्तहरुको उपेक्षाले मनलाइ अशान्त बनाउने छ ।

 

निर्णय गर्न गारो हुने भएकोले काम गर्दा सोचेर गर्नुपर्ला  । उतार चडाबको सामना डटेर गर्नुपर्ला । मंगलबारदेखि समय अनुकूल भएकोले  मनोबल  बढने, आँटेको काममा सफलता मिल्ने छ । विश्वास गरेकाले साथ  दिने छन । कुरा काटनेहरु प्रशंसा गर्न थाल्नेछन । परिश्रम गर्दा धन मनग्य कमाउने अवसर मिल्ने छ । पराक्रमको गति अरु  बढ्ने छ ।

 

अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यापारमा सुधार आउने छ । यात्रा गर्ने अवसर पनि मिल्ने छ । भेटघाटमा रमाउने छ । राज्यमा आफ्नु दक्षता प्रस्तुत गर्ने अवसर पनि मिल्ने छ  । अरुले विश्वास पनि गर्ने छन ।

 

 

साताले राम्रो  फल दिने छ । शुरुमा अन्त्यमा  परिश्रमले मनग्य धन कमाउने र व्यापारमा गरेको लगानीमा  प्रतिफल   राम्रो छ  । प्रयत्न गर्दा  काममा पनि सफलता  मिल्ने छ ।

 

पढाइमा लाभ पाउने योग छ  । मानसम्मान पाउनुहोला । जोस जाँगर धेरै बढने भएकोले नयाँ काममा  संलग्न भै सफलता प्राप्त गरेर  आनन्द पनि लिनुहोला । नोकरी तथा राजनीतिमा  सफलता पाउने  योग पनि छ ।

 

मंगलबार बुधबार  ग्रहको प्रतिकूलताले स्वास्थमा संकट आउने,  विबाद बढने र चिन्ता बढने योग छ । अरुको काम धेरै गर्नूपने तर, जस नपाउने भयकोले विचार गर्नु पर्ला । कुराकाटनेहरु बढने छन । विश्वास गरेकाले धोका दिनेछन । धनमाल हराउँन सक्छ  । झुटा आरोप लाग्ने सम्भावना भएकोले  गोपनीयतामा जोढ दिनुहोला

 

 

साता मध्यम छ  । शुरुमा अन्त्यमा शत्रु बढ्ने,  विबाद बढने भएकोले  बोल्दा  विचार गर्नु पर्ला ।  । खर्च बढने विबाद बढने तथा चिन्ता बढने योग छ । स्वस्थ्यमा संकट आउनाले  मनमा शंका उपशंका   बढने, काममा अवरोध  आउने योग भएकोले महत्वपूर्ण कामहरु यी दिनमा  नगर्नु होला ।

 

सोमवार, मंगलवार र बुधबार  नोकरी तथा राजनीतिमा र  सामाजिक कार्यमा जस  पाउने योग छ । काममा सफलता पनि पाउनुहोला । सोचने शक्ति बढने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । अरुको विश्वास आफु तिर रहने छ ।

 

पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउँने योग छ । आफना कुराले अरुको मन जित्न सकिने छ  । व्यापार र बैदेशिक कार्यमा  प्रयास गर्दा सफलता पाउन सकिने छ  । प्रेमको   यात्राले  मनमा खुशि बढाउँने छ ।

 

 

 

समय राम्रो रहने छ । शुरुमा प्रयास गर्दा सफलता धेरै काममा  मिल्ने छ ।  बोलीको प्रभाव बढने र अरुको विश्वास जितेर  मानसम्मान पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्ने छ ।

 

पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ  । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु प्रशंसनीय हुने छन् । सभा सम्मेलनमा जाने अवसर मिल्ने छ । तपाइको लगनशिलता र इमान्दारिताको प्रंशसा गर्नेको कमि नहोला । व्यापारमा पनि सफलता पाउने योग छ ।

 

यात्रामा पनि लाभ मिल्ने छ   । पढाइमा रुचि बढनुको साथै बौध्दिक कार्यमा सम्मान पाउने योग छ । मंगलवार, बुधबार रोग र शत्रु बढ्नुको साथै   नैराश्यता र उदासिन्ता बढने छ । धार्मिक कार्यमा अरुचि बढने सामाजिक कार्यबाट अशुभ समाचार  आउने  सम्भावना भएकोले संयम  हुनुहोला  ।

 

 

 

ग्रह गोचर राम्रो छ । शुरुमा आफन्तहरुको सहयोग पाउनुको साथै  पराक्रम बढने मनोबल बढने योग भएकोले धेरै काम सफल हुने छ । ठूला व्यक्तिसंगको सम्वादले  नोकरी तथा राजनीतिमा सोचे जस्तै लाभ पाउँनुहोला ।

 

आम्दानीको श्रोतहरु प्रसस्तै जुटने छन । नयाँ कामहरु पनि हुने योग छ  । व्यापारमा सफलता प्राप्त हुने छ । बोल्दा  विचार पुर्याउनु भएमा पढाइमा तिब्रता आफ्नै प्रयासले आउने छ  । बैदेशिक कार्यमा प्रतिस्पर्धा गर्दा आफ्नु लक्ष्य हासिल हुने छ ।

 

बृहस्पतिबार र शुक्रबार शत्रु बढ्ने,   स्वास्थमा बाधा आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । नैराश्यता र उदासिनताले प्रसस्त मात्रामा सताउने छ । लेनदेनमा चर्काे विबादको सामना गर्नु पर्ला ।

समय त्यति नराम्रो छैन ।  शुरुमा पराक्रमको तिव्रता र  बोलीको प्रभावले  व्यापारमा सफलता पाउने, धन मनग्य कमाउने र यात्रा गर्ने अवसर मिल्ने छ  ।

 

भेटघाटलाई अरुले  सकारात्मक लिने हुँदा पर्याप्त सहयोग  प्राप्त हुने छ । प्रेममा सफलता मिल्नुको साथै बैबाहिक बन्धनमा बाँधिने योग बलियो भएको,   भाग्यले साथ दिने, धर्ममा रुचि बढने, र महत्वपुर्ण काम हात पार्न सफल भएपनि शनि सूर्य र बृहस्पतिको प्रतिकूलताले  कर्मसमेत ओझेलमा पर्ने  भएकोले  नोकरी तथा राजनीतिमा सोचेको स्थान र मान  मिल्ने छैन ।

 

अरुको विश्वास लिएर अगाडी बढ्दा, राज्यबाट पनि आक्रमण हुदा दुःख पाउनुहोला । स्वास्थ्यमा संकट आउने भएकोले खानपान  गर्दा संयम हुनु जरुरी छ ।  मनमा अनेक कुराले डेरा जमाउने र  लेनदेनमा विवादको सामना गर्नुपर्ला ।  गोपनियतामा जोड दिनुहोला ।

 

 

साता राम्रो छ । स्वास्थको ख्याल भने साताभरि नै गर्नुपर्ला । शुरुमा बोलीको प्रभाव र  परिश्रमले  काममा सफलता पनि मिल्ने छ । अरुबाट सहयोग प्राप्त भै  मन रमाउने छ । पराक्रमको  तिब्रता कायमै रहने छ ।

 

आफन्तहरुबाट सफलताको प्रयत्न पनि हुने छ । आम्दानीको श्रोतहरु चौतर्फि जुट्ने छन । मान सम्मान पनि राम्रै मिल्ने छ । कुरा काटनेहरु प्रशंसा गर्न थाल्ने छन । ठूला व्यक्तिसंग अन्तर सम्वाद गरेर अघि बढने प्रेरणा प्राप्त होला ।

 

पढाइमा गरेका प्रयास भने साताभरि नै अनुकूल हुने छन ।  खर्च बढेपनि आम्दानी  बढ्ने भएकोले  मनमा प्रसन्नता  सिर्जना हुने छ । बुधबार, बृहस्पतिबार स्वास्थमा बाधा आउने लेनदेन र खानपानमा  अघि नबढनु उचित हुने छ ।

 

 

साता राम्रो छ  । शुरुमा परिश्रम गरेर  निर्णय सक्षमताले  सबै काम सहज हात  पर्ने भएको चिन्ता गर्नु पर्ने छैन पढाइमा सुधार  आउने र उचित समयमा बुध्दिले काम गर्ने धेरै  सफलता मिल्नुको साथै दाम मनग्य कमाउने अवसर मिल्ने छ  ।

 

इमान्दारिता र  दक्षताले महत्वपूर्ण  काम बन्न सक्ने भएकोले काममा सकृय रहनु उचितहोला । लेनदेनमा बल नगर्नु राम्रो होला । नोकरी तथा राजनीतिमा  आफ्नु बर्चस्व बढाउदै  व्यापारमा सोचेभन्दा बढिनै लाभ उठाउने योग छ । यात्रा रमाइलो हुने छ । भेटघाटले अघि बढन प्रेरित गर्ने छ ।

 

देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर पाउनुहोला । कूटनैतिक क्षमताको सहि प्रयोगले नाम कमाउने अवसर मिल्ने छ । प्रशंसा गर्नेहरु प्रसस्तै हुनेछन  । प्रेममा सफलता र बैबाहिक चर्चाले तिब्रता लिने छ ।

 

 

समय  राम्रो भएपनि  शुरुमा खर्च बढ्ने चिन्ता बढने विबाद बढने र शत्रु बढने भएकोले गोपनीयता  अपनाउनु उचित हुने छ । स्वास्थ्यमा बाधा र मित्रसंग विबाद हुदा  बुद्धिले  काम  नगरेर समस्या आउने छ ।

 

पढाइमा सानु सफलतालाई पनि धेरै  परिश्रम गर्नुपर्ने  काममा लगानीको प्रतिफल  पाउन निकै कसरत गर्नुपर्ने भएकोले संयम रहनु होला ।  सोमबारदेखि परिश्रमले काममा सफलता मिल्नुको साथै  दाम मनग्य कमाउने अवसर मिल्ने छ । यात्रा गर्ने अवसर मिल्ने छ  ।

 

व्यापारमा पनि लाभ मिल्ने छ । नोकरी तथा राजनीतिमा  सम्मान पाउने योग छ । बोलीको प्रभाब बढने क्रम यथावत रहने छ  । बौद्धिक कार्यमा रुचि बढने छ । घर तथा सवारी साधन जोड्ने अबसर मिल्ने छ  ।

साता शुरुमा राम्रो छ । पराक्रम बढने छ । काममा सफलता मिल्ने छ । व्यापारमा लाभ हुने, यात्रामा सफलता मिल्ने छ । पढाइमा सफलता मिल्ने छ । बुद्धिले अरुलाइ सजिलै बसमा गर्न सकिने छ नोगरी र राजनीतिमा गरेका प्रयासहरु सकारात्मक रहने छन ।

 

आम्दानीको नयाँश्रोत फेला पर्नेछ । भेटघाटमा मन प्रसन्न रहने छ । भाग्यले साथ दिने छ ।  कर्ममा जोड दिनुहोला । सन्तानहरुको सफलताले खुसि बढनउँने छ । पहिलो भेटमा नै अरुले सहकार्यको प्रस्ताब राख्ने छन।

 

मंगलबार र बुधवार  घरेलु समस्याले सताउने,  खर्च बढने, विबाद बढने,  शत्रुबाधा  स्वास्थ्यमा संकट आउने, काममा अवरोध आउने, गलत विचार  बढने, चिन्ता बढ्ने योग छ  । बोल्दा विचार पुर्याउनुहोला  । सफलताको लागि गोपनीयतामा जोड दिनुहोला ।