अन्तत बार्सिलोना पराजित

काठमाडौं । ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोना पराजित भएको छ । स्टार खेलाडी लियोनल मेस्सी र आन्सु फातीसहितको बार्सिलोना ग्रानाडासँग २–० गोलले स्तब्ध भएको हो । उक्त खेलमा मेसी चल्न सकेनन् । 

घरेलु मैदानमा ग्रानाडाका रामोन अजिजले दोस्रो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा अल्भारो माडिल्लोले पेनाल्टी गोल गर्दै अग्रता दोब्बर पारे । 

बार्सिलोनाबाट मेसी तथा फातीले गोलको प्रयास गरे पनि सफल हुन सकेन। यो सँगै बार्सिलोनाले प्रतियोगितामा खराब सुरुवात गरेको छ । 

ग्रानाडा यो जितसँगै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले पाँच खेलबाट १० जोडेको छ। यस्तै समान खेल खेलेको बार्सिलोना भने ७ अंक सहित सातौं स्थानमा छ।