निर्णायक बनेकाे बेन्जेमाकाे त्याे हेड गाेल

म्याड्रिड । रियल म्याड्रिडले आफ्ना प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब कम गर्ने क्रममा आइतबार राति स्पेनी ला लिगामा लयमा रहेको सेभियालाई १–० ले हरायो । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनविरुद्धको हारपछि यो जित प्राप्त भएको हो ।

केरिम बेन्जेमाले हेडबाट खेलको एक मात्र निर्णायक गोल गरे र यससँगै लिगमा सेभियाको अराजित यात्रा पनि समाप्त भएको छ । हारले सेभियाको शीर्ष स्थानमा उक्लने अवसरमा पनि धक्का लागेको छ ।

यसको ठीक विपरित रियल भने शीर्ष स्थानमा रहेको एथलेटिको बिलबाओसँगै अंक बराबरी गर्न सफल भएको छ । मार्चमा जिदान आएयता रियलको यो अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन मानिएको छ ।