कन्याको कुण्डलीमा सातौ मंगलको प्रभाव

 

 

कन्याको कुण्डलीमा सातौ मंगलको प्रभाव

अघिल्लो हप्ताबाट क्रमश:

 

तुला :  तुला लग्न भएको कन्या को जन्म कुण्डली मा धनेश मंग्ल सप्तम भाव मा आफ्नै मेष राशिमा स्वराशी भाई स्थित हुँदा पत्नीले सधै पतीको दवाब मा रहनु पर्ने हुन्छ । तर ति कन्या लाई लौकिक-भैतिक सुख भोगमा केहि कमी हुँदैन ।

 

बृश्चिक : लग्न भएको कन्याको जन्म कुण्डलीमा लगनेश मंगल दोषले गृहस्त जीवनको निर्वाह गर्न निकै कठिनाईहरुको सामना गर्नु पर्छ मुत्रेन्दृय समबन्धी रोग लाग्न सक्छ रोजगार ब्यसायमा पनि संघर्ष गर्नु पर्ने हुन्छ । ससुरालीमा समबन्ध सामाम्य रहन्छ । धनको अवस्था पनि सामान्य रहन्छ ।

 

धनु : धनु भएका कन्याको जन्म कुण्डलिमा प्ंचमेश मंगल बार्हौ ब्यय स्थानको पनि स्वामी भएको हुंदा ब्यय दोष लागेको हुन्छ सातौ मिथुन राशी बुधको शत्रु भावामा हुनाले पती सित वैमन्स्यता रहन्छ । मनमुटाव बैचारिक मतभेद रहन्छ । दामपत्य जिवनमा सुखको कमी हुन्छ । संतान पक्षमा पनि कठिनाई आउछ अस्वस्थताको कारण घर संचालनमा पनि समस्या उत्पन्न हुन्छ ।यद्यपि ससुराली पक्ष कन्याको अनुकुल रहन्छ ।

 

मकर : मकर लग्न भएका स्त्रीको कुण्डलीमा सुखेश तथा लाभे मंगल आफ्नो निच कर्क राशी स्थित हुँदा कन्याको घरेलु सुख शान्तिमा भारी कमी रहन्छ । अर्थ लाभको कमी हुनुको साथै भौतिक सुख साधनको कमी रहन्छ । माता, भुमी, भवनको सुख पनि दुस्प्रभावित रहन्छ । पतीले हेला उपेक्ष गर्दा मन सदैव खिन्न रहन्छ । ससुराली पक्षबाट पनि मनोनुकुल फल मिल्दैन ।

 

कुंभ : कुंभ लग्नको कन्याको कुण्डलीमा पराक्रम तथा कम्रेश मंगल मित्र सुर्यको राशिमा बस्दा कन्या पुरुषार्थ बलले रोजगार मार्गमा राम्रो सफलता  प्राप्त हुन्छ पती बाट पनि उत्तम सुख प्राप्त हुन्छ । श्रीमान पनि प्रभाव  शाली ब्यक्तीका हुन्छन पिता तथा सरकारी पक्षबाट पनि लाभ प्राप्त हुन्छ धनको अवस्था प्रबल रहन्छ ।

 

मिन : मिन लग्नको कुण्डली भएको कन्याको भागएश तथा धनेश मंगल शत्रु बुधको कन्या राशीमा हुँदा पती धन तथा संपन्न प्राप्त हुन्छ पती भागयाशाली पनि हुन्छन तर कन्यासितको समबन्ध सुमधुर हुँदैन, कन्या बुद्दिमान हुनाले श्रीमानलाई अनुकुल बनाउन सक्छिन कन्याको ब्यक्तित्व पनि प्रभावशिल हुन्छ । धनको सुख पुर्ण प्राप्त गर्छिन । इति शुभम ।

 

[email protected]

977-9849428414