वास्तुपुरुषको स्थापना र पूजा विधि 

 

 

वास्तुपुरुषको ’boutमा बृहसंहितामा बिस्तारपुर्वक बर्णन गरिएको पाइन्छ । यस संहिताअनुसार पृथ्वी र आकाशलाई आतंकित गर्न कुनै राक्षस  पुर्व कालमा उत्पन्न भएको थियो । त्यस राक्षसले गर्दा समस्त देवताहरु क्रोधित भई त्यस राक्षसको शिर तल अर्थात घोप्टो पारी त्यसलाई भूमीमा गाडी दिए र आफुहरु स्वयम त्यसमाथी उभिए । त्यो स्थान आधिपत्य क्षेत्र भयो । साथै त्यस देव रुपी असुरलाई ब्रहमा जीले वास्तु पुरुषको नाम दिए र भने ‘तिमी पृथ्वीमा पुज्य हुने छौ । साथै कुनै पनि किसिमको निर्माण कार्यमा तिमी पुर्ण  सम्मानको साथ स्थापित गरिने छौं । त्यसपछी मात्र उक्त कार्य सफल हुन्छ ।
 

वास्तुपुरुषको स्थिति

 

 
वास्तुपुरुषको चित्रण कुनै भुखण्डमा घोप्टो परि सुतेको अवस्थामा गरिएको छ । यो पुरुष शिर इशान अर्थात पुर्व उत्तर दिशामा कांध उत्तर पुर्वमा कुइना वायब्य र अग्नेयमा तथा दुवै खुट्टा जोडिएको मिलेको पैताला नैवृत्यमा अर्थात  दक्षिण पश्चिम दिशामा हुन्छ । यस चित्रणअनुसार वास्तुपुरुषको पेट भुखण्डको मध्य भागमा पर्दछ । जसलाई  ब्रहम स्थान भनिन्छ । वास्तुपुरुषको स्थिति यस प्रकार हुन्छ कि भुखण्डको प्रत्येक भागमा उसको कुनै न कुनै अंग परेकै हुन्छ ।

 

 

वास्तुशास्त्रअनुसार भुखण्ड योजनामा १००, ८१, ३४ उपखण्ड हुन्छन् । यस उप्मखण्डलाई पद भनिन्छ । यसको हरेक पदमा वास्तुपुरुषको अश्तित्व रहन्छ । वास्तुपुरुषको शरिर वक्राकार र पृष्ठ भाग उठेको हुन्छ । वास्तुपुरुषको कल्पना प्राचिन मान्यताको आधारमा गरिएको हो । भुखण्डको जुन क्षेत्र या पदमा वास्तुपुरुषको जुन अंग हुन्छ, त्यो त्यस पद या क्षेत्रको अधिपति मानिन्छ ।

 

 

वास्तुपुरुष मण्डलको उदभवलाई हामी बैदिक परम्परामा खोज्न सक्छौ । बैदिक यज्ञ वेदी नै भारतवर्षमा भवन निर्माण कलाको जननी हो । यज्ञमा यज्ञ पुरुषको कल्पनाद्वारा त्रीविध द्रब्य देवता र त्याग अर्थात देवताको पक्षमा अर्पण वा द्रब्य विशेषको त्याग अर्थात आहुतीमा यो वेदीको निर्माणमा विशेष सिद्धांत एवं प्रक्रियालाई प्रयोगमा ल्याइन्छ ।

 

 

यो प्रकृयाको मुख्य उदाहरण भुमी चयन, भुमी शोधन , दृष्टीको कर्म , दृष्टीको चयन आदी यिनै प्रकृयाको आधारमा कलाकारमा विभिन्न रचना भवन निर्माणका सिद्धान्तहरु प्रकाशमा आए । यज्ञको प्रधान अंगमा वेदीको निर्माण एवम चिती चयनको साथै युप स्थापना एक अनिवार्य प्रकृया थियो र यसै युप स्थापनाको अवधारण बाटै भवनको केन्द्रीय स्तम्भको अवधारणाको जन्म भयो ।

 

 

बैदिक वेदीको आधारमा मात्र सिद्दान्त बनाउनु पर्याप्त थिएन । अपितु यस जटिल सिद्दान्तको सम्पर्क सामान्य मनुष्यको जीवन जोड्नु सरल बनाउनु तथा नैतिकको साथै जोड्नु पनि आवश्यक थियो । भारतवर्षको मत सदैव सिद्धान्तमा प्रत्येक कर्म या स्थापनालाई दार्र्श्निक आधार प्रदान गरी धर्म या दैवीय स्वरुप प्रकल्पना गरी त्यसको महत्वलाई बडाइ चडाइ गरिन्छ । तत पश्चात यस आनिपादित सौंदर्य वा लयात्मक सौंन्दर्यको सृष्टी गरी यस प्रकार प्रस्तुत गरिन्छ । मानौ यो इश्वरको कृति हो । ताकी जन सामान्यहरु मुलतः प्रवृतिका हुनाले । अतएव मनुष्यसंग यी धार्मिक नियम पालना गराउँन सजिलो होस,  साथै यस्तो मान्यता रही आएको छ । यदी निर्माण समय वास्तुपुरुषको कुनै पदको विरुद्द स्थापना गरियो भने, त्यस पदको देवताले आफ्नो प्रकृतिको विपरित फल दिन्छन ।
 

आराधना विधान

 

 

भवन निर्माणको विभिन्न चरणमा वास्तुपुरुषको पूजा अर्चनाको विधान स्पष्ट गरिएको छ । यो पुजा अर्चना गृह निर्माणको प्रारम्भमा ढोका बनाउँदा भवन निर्माण सम्पन्न हुँदा गृह प्रवेशको बेला गरिन्छ । यसको अतिरिक्त अन्य महत्वपुर्ण अवसरमा पनि वास्तुपुरुषको पुजा फलदायी हुन्छ । यज्ञोपवित, विवाह, जिर्णोद्वार, आगो लागेको घर पुन निर्माण गर्दा भत्केको घर पुन निर्माण गर्दा सर्व चण्डाल उल्लुको वास भएको घरमा पुर्नवास गर्दा जुन घरमा काग सात दिन वास गर्छन । कुन घरमा विरालो वा माहुरीको छाता जहाँ रोगी परेवा, स्त्रीको झगडा लडाइ यस्तो स्थितिमा   पनि वास्तुपुरुषको पुजा उपासना गराउदा  पनि  शुभ परिणाम प्राप्त हुन्छ । मान्यता यस्तो छ कि  वास्तुपुरुषको मुखबाट सधै तथास्तुको उच्चारण हुन्छ रे । यसर्थ घरमा भएका सम्पुर्ण शुभ वाचन गर्नु जसले गर्दा वास्तु देवको शुभ आशिर्वाद प्राप्त भए, घरमा सकारात्मक वातावरण बन्छ । वास्तुपुरुषलाई नैवेध चडाउँनु अत्यन्त महत्वपुर्ण मानिन्छ । सधै नसकेपनि पुर्णिमा र औशीमा अवश्य भोग लगाउनु । वास्तुपुरुष त्यो शक्तिशाली संरक्षक हो, जसले गृह स्वामीको सम्पूर्ण कष्टबाट रक्षा गरेको हुन्छ ।
 

नैवेध विधि

 

नैवेधले सजिएको थालीमा रातो वस्त्र हाली आभुषण सृफल कलष त्यसमा घयुको लेप प्रत्येक सामाग्रीमा तुलसीपत्र चडाई आग्नेयकोणपट्टी मुख गरी पुर्ण विधि बिधानले गर्दा घरमा सदैव सुख समृद्धिको वास रहन्छ भन्ने मान्यता रहेको छ ।