सत्ताबाट बाहिरिंदा

कुमुद शर्मा

ओठको कलेटीलाई उर्जा दिंदैथ्यो जिभ्रो
सुकेर मुख विघ्नै पक पक गरी रहेथ्यो
निलेको थुक छिन छिन परबाटै देखिन्थ्योे
खुइय्यको त्यो सुस्केरा हृदय विदारकैथ्यो
अनुहारको त्यो लाली कतातिर गएथ्यो
घरी घरीको उठबस कसरतसरी भएथ्यो
कान्ति रहित मुहार कहाँ हुनु र शान्ति
पदमा भएत सधैं भन्ने हुँदो हो भ्रान्ति
एक्लै कहिले हाँस्ने कहिले रोएझैँ भाथ्यो
चिडचिड अति नै गाथ्यो ओठै थर्थराथ्यो
चञ्चल त्यस्तो मुहार पिलपिलाउँदो भाथ्यो
बोल्दा पनि असाध्यै बेसुरको कुराथ्यो
बुझिन्नथ्यो क्यै पनि ओठ चैं बरबराथ्यो
किन होलानि त्यो मन सारै नै हडबडाथ्यो
आकाशै थाम्ने अठोट आफैँनै धरमराथ्यो
त्यो दिनको तिम्रो अनुहार हेर्न लायकैथ्यो
पहिले त सारै फुर्ती चमक पनि कत्तिथ्यो
हिडदा अलि बढि नै महाराजको गतिथ्यो
बुझ्न पनि असाध्यै कठीनको मतिथ्यो
मैमत्त भाको पहिले त्यस्को अधो गतिथ्यो
अघिल्लो दिनसम्म कत्तिविघ्न मजाथ्यो
 गाडी सदैव घरमा टिँ टिँ गरी कराथ्यो
 भान्साको मीठो बास्ना मुखैभरी रसाथ्यो
 त्यै कुर्सीले होतनि यात्रा कत्ति गराथ्यो
सत्ताकोथ्यो त्यो न्यानो हुँदै थियो विरानो
साहू कराउँदो हो चिन्ता गराउँदो हो
पहिलेको शान शौकत जतिनै मत्याउँदोहो
सडकैमा पुग्ने चिन्ता त्यतिनै अत्याउँदोहो ।