पाँचखालमा प्राचीन स्तम्भ भेटियो

काभ्रेलाञ्चोक, २५ असोज । पाँचखाल नगरपालिका–१३ तिमालबेंसीमा प्राचीन स्तम्भ फेला परेको छ । पुरातŒव विभागबाट अभिलेख खोज तथा अध्ययनका लागि खटिएको टोलीले सो स्तम्भ फेला पारेको हो । स्तम्भ भेटिएको स्थान सुनकोसी नदी र झिकुखोलाको दोभानमा पर्छ ।
स्थानीयले सो स्तम्भ किराँतकालीन भएको दाबी गरेका छन् । तिमालबेंसी कोसी नदी उत्पतिसँगै कौसिकी ऋषिले तपस्या गरेको स्थानको भएको किंवदन्ती रहेको छ ।
यस स्थानमा प्राचीन कालदेखिका धेरै देवीदेवताका मूर्ति र महŒवपूर्ण सम्पदा भेटिँदै आएको छ । पलाञ्चोक उपत्यका पुरातŒव खोज अनुसन्धान समितिले स्तम्भका थप अनुसन्धानको प्रक्रिया अघि बढाउने जनाएको छ ।
‘पुरातŒव विभागमा थप अध्ययनका लागि प्रक्रिया अघि बढेको छ,’ समितिका सदस्य सचिव श्रीकृष्ण धिमालले भने ।पाँचखाल नगरपालिकाका नगरप्रमुख महेस खरेलले सो स्तम्भ पलाञ्चोक उपत्यकाको इतिहासमा कोसेढुंगा साबित हुने बताउँछन् ।
