रत्नले कसरी काम गर्छ ?

राज्य उन्नती चातुर्य परिक्षामा सफलता प्राप्त गर्ने यही औलामा जोडिएको नाडी हुन्छ । यसले जीवनमा महत्व पुर्ण भूमिका निर्वाह गर्दछ । हस्तरेखा बिज्ञान अनुसार यस स्थलको मुलभाग गुरु पर्वतको नामले चिनिन्छ ।

 

 

 

 

पृथ्वीले आफुतिर तान्ने आकर्षण शक्ती लाई विज्ञानले सिद्द गरी सकेको छ । सूर्यको आर्कषण प्रभावलेगर्दा सबै ग्रहले सूर्यलाई परिक्रमा गर्छ पृथ्वी ग्रह पनि सुर्यको आकर्षण प्रभावमा छ । पृथ्वीमा रहने कोही पनि सूर्यको प्रभावबाट बंचित छैन रश्मी (किरण)को माध्यमले जड चेतन पोषण प्राप्त गर्दछन । त्यसै प्रकार मानवको दिनचर्या त्यसैको वसिभूत हुन्छ । चन्द्रमाको चांदनीमा नर-नारीको हृदयमा सर्वाधिक अनुभुती हुन्छ । चन्द्रमाको तिव्र आकर्षण प्रभाव समुन्द्रमा ज्वारभाटा हुनु पनि एक उदाहरण हाम्रो अगाडी बिध्यमान छ ।

 

चन्द्रमाले जुन प्रकार सुमुन्द्रको जलमा हलचल मचाउछ त्यसै प्रकार मानव शरिरको रुधिर(रगत) संचालनमा आफ्नो प्रभाव निश्चित रुपले पार्छ चन्द्रमा जब बिध्यमान हुन्छ, त्यसै समय बर्ष आरंभ हुन्छ । सुर्यको किरणमा विभिन्न ग्रहसित सम्बन्धित रश्मी इन्द्रधनुश स्पस्ट दृस्टी गोचर हुन्छ । परिवर्तनशिल चलित क्रम अनुसार ग्रह नक्षत्र संबध रत्नसंग जोडियो अत: रत्न धातु पनि आकाश गंगासित प्रभावित छ । रत्न केवल आमा अलंकार नभै अपितु यसको प्रयोग मानव जातीकोलागी अनेकन कार्यमा उपयोगी सिद्ध भएको छ । युनानी एवं आयुर्वेदिक आचार्यहरुले रत्नको पिस्टी(भस्म) भएको विभिन्न रोगमा प्रयोग गरी रोगको उपचारको अनुसंधान गरी आसाध्य रोगबाट पनि मुक्ती दिलाएका छन । एलोपैथीक चिकित्सा क्षेत्रमा सुधार हुनु वा निको सम्म हुने हुन्छ । तसर्थ रत्न धारण पनि यसै विज्ञानको एक अंग हो ।

 

रत्न ले कुन प्रकार कार्य गर्छ त्यो बुझौ

 

रत्न जडित औंठी धारण गर्ने रिती रिवाज प्राचिनकालदेखी चली आएको छ । साथै यसलाई कसैले फेशन को रुपमा भने केहिले पंडितको सल्लाहलाई अनुसरण गरी धारण गर्दछन तथापी चाहे जे होस प्रत्यक मनुस्यलाई जीवनमा सफल हुनु परेको छ ।  त्यस्का लागी मानवले विविध उपाय अपनाउन चुक्दैनन तर मेरो ब्यक्तिगत अनुभव यस्तो रहेको छ । जुन कार्य हजारौ खर्च गर्दा हुँदैन त्यो कार्य धेरै नै सानो सामान्य उपाय ले गर्छ, र सफल पनि भइन्छ । एक बिशालकाय हाथिलाई सानो अंकुशले बसमा गरिन्छ । घनघोर अंधकार लाई एक सानो दियोको दिपकले प्रकाशमय बनाई दिन्छ ।

 

 

त्यसै प्रकार जीवनमा पुर्णता र सफलताकोलागी सानो रत्न जडित औंठीले ठुलो परिवर्तन ल्याउदछ । गुरु गोरखनाथले स्पस्ट शब्द मा भन्नु भएको छ । यस्तो कुनै समस्या छैन जसलाई रत्न ले ठिक पार्न नसकेको छ, अथवा हल गर्न नसकोस यस सन्दर्भमा वहाले विविध रत्न जडित औंठीको ’boutमा प्रमाणिकता को जानकारी समेत दिनु भएको छ । रत्न को महत्वलाई लाई ज्योतिष शास्त्रमा सर्वसम्मतिले स्विकार गरेको छ । रत्नको समबन्ध ग्रह सित छ्, र ग्रहको समबन्ध हाम्रो जीवनसित छ । अत: रत्न हाम्रो जीवनको भाग्य सजाउन अत्यधिक महत्वपुर्ण सिद्द हुन्छ । रत्नले वा भनौ रत्न धारण गर्दा यसले विभिन्न ग्रह को प्रभावलाई कम वा बडी गर्दछ जसद्वारा हाम्रो जीवनलाई परिवर्तन   गर्न सक्षम हुन्छ । अर्थात रत्नमा निश्चित रुपले आकर्षण एवं आफुतिर तान्ने शक्ती हुनाले सुदुर ग्रह पनि यस्को समपर्क मा रहन्छन ।

 

बैज्ञानी आधार

 

औठी औंलाको जडमा लगाइन्छ बिज्ञानले कयौ बर्षको खोजपछी शोध प्रस्तुत गरेको थियो जो आफैमा एक महत्वपुर्ण थियो।  मुलत : हाथमा चार औंला एक बुडी औंला हुन्छ । अमेरिकाको हार्वड विशवविधालयमा यस संबन्धमा जो शोध प्रस्तुत गरिएको थियो त्यसको निर्णय यस प्रकार रहेको छ । चोरी औंलाको मुलमा केहि यसता साना-साना नाडीहरु हुन्छन जस्को समबन्ध सिधा हाम्रो मस्तिस्कसित हुन्छ । यस्को मुलमा उप्युक्त रत्न जडित औंठी लाउदा त्यस्ले ति सासाना महत्वपुर्ण संवेदनशिल नाडीलाई प्रभावित गर्दछ र हाम्रो मस्तिस्कले तिक्षणता प्रदान गर्नुको साथै स्मरण शक्तीको बिकास गर्दछ । राज्य उन्नती चातुर्य परिक्षामा सफलता प्राप्त गर्ने यही औलामा जोडिएको नाडी हुन्छ । यसले जीवनमा महत्व पुर्ण भूमिका निर्वाह गर्दछ । हस्तरेखा बिज्ञान अनुसार यस स्थलको मुलभाग गुरु पर्वतको नामले चिनिन्छ ।

 

 

हाथको सबै भन्दा ठुलो औलालाई बिचको औला वा माध्यमा भनिन्छ । यसको मुलमा जुन नाडी हुन्छ । त्यसले लक्ष्मी प्राप्ती ब्यापार बृद्धी आर्थिक उन्नती शत्रुनाश भाग्योदय आदी संवेदनशील नाडी हुन्छ । यसमा दबाब पर्दा बाताबरण अनुकुल्, बन्न थाल्छ शत्रुमा बिजय प्राप्ती हुन्छ । ज्योतिषिय दृष्टिले यसको मुलमा शनीको स्थान हुन्छ । यसैको  मुलबाट भाग्यरेखा प्रारम्भ  हुन्छ । निरंतर यो औलामा औठी लाउदा भाग्योदय हुन्छ । तेश्रो औला जसलाई साहिली औला भनिन्छ यस औलाको मुल जडमा प्रणय नाडी हुन्छ । प्रेम स्नेह विवाह जीवनमा मधुरता आकर्षण आदी को संवाहक मानिन्छ । त्यसै कारण विवाह को समय श्रीमान श्रीमतीले एक आर्कालाई यसै औंलामा औठी लगाई दिन्छन। यो प्रचलन लगभग विश्वको सबै क्षेत्रमा हुन्छ । यस औलाको मुलमा प्रेम, सौन्दर्य, आकर्षण हुन्छ साथै प्रसिद्धी सम्मान आदी पनि हुन्छ ।

 

 

अंतिम र सानो औंला जसलाई कान्छी औंला भनिन्छ । यस औंलाको मुलमा भोग, विलास, सम्मोहन, पुरुषत्व आदी को संबन्ध रहेको हुन्छ । यसको मुलमा पनि ससाना नाडी हुन्छन् जसले शरीरमा स्थित भावना लाई केन्दृत गर्दछ । यस क्षेत्रमा सफलता प्रदान गर्दछ । यो औंलामा सम्मोहन र सौन्दर्यको अदितिय संगम हुन्छ । औठी दाया वा बाया जाहा लाउनुस विशोषज्ञको भनाइ कती सम्म छ भने यदी कसैले औठी धारण गर्न नसक्ने अवस्था छ भने त्यस औलाको मुल जडमा यदी दवाव दिने हो भने त्यसले पनि कार्य गर्छ लाभ प्राप्त गर्न सकिन्छ सायद यही सिद्दान्तले एक्यु प्रेशर चिकित्सा पद्द्ती को अविस्कार भएको हुन सक्छ । यसै कारण रत्नको हाम्रो जीवनमा महत्वपूर्ण स्थान रहेको छ ।

इती शुभम् !

 

[email protected]

977-9849428414