रत्न धारण पूर्ण बिधी

के तपाई रत्न धारण गर्दै हुनुहुन्छ ? के तपाईले रत्न लाई शुद्ध गर्नु भएको छ ? त्यसको प्राण प्रतिष्ठा गर्नु भएको छ ? के त्यसलाई शास्त्रोक्त बिधी द्वारा धारण गर्नु भएको छ ? यदी छैन भने यो उचित हुने छैन किन कि पूर्ण बिधी बिधान नभए सम्म त्यस्ले तपाई लाई पूर्ण फल शुभ परिणाम दिदैन । यदी बिधी पूर्ण गरिएको छ भने शीघ्र परिणाम प्राप्त हुन सक्छ अब बुझौ हामीले धारण गर्ने रत्न को सात्विक बिधी ।

 

 

 

 

माणिक्य – यदि माणिक्य असल भए कमसेकम पनि साढे दुई रत्तीको हुनु पर्छ त्यसको खरिद रविवार सोमबार वा गुरुबार गरी स्वर्णमा जडान गरी छालामा स्पर्श हुने गरी निर्माण गराई गंगाजल र दुधमा डुबाएर पुन गंगाजलले शुद्ध गरी पुष्पचंदन धुप बत्ती घ्युले पुजा उपासना गरी – ॐ घृणी सुर्यय नम: ७००० सात हजार मंत्र जप गरी दायाँ हातको साहिँली औंलामा धारण गर्ने । माणिक्य धारण गर्ने व्यक्तिले हिरा निलम गोमेद कहिले धारण गर्नु हुँदैन ।

 

 

मोती – २,४,६, अथवा ११ रत्तीको मोती सोमबार वा गुरुबार खरिद गरी चांदीमा बनाई शुक्लपक्षको सोमबार दुध गंगाजल पुजा गरी ॐ सोम सोमाय नम: ११००० हजार जप गरी चन्द्र दर्शन गरी कान्छी औलामा धारण गर्ने । मोती धारण गर्ने ले हिरा, पन्ना, निलम्, गोमेद धारण नगर्नु ।

 

 

मुंगा – मुंगालाई मंगलबार खरिद गरी स्वर्णमा निर्माण गर्ने कमसेकम छ रत्ती माथीको बनाउने माथी उल्लेखित बिधी अनुसार पुजा उपासना गरी रातो चन्दन रातो पुष्प चढाई ॐ अं अंगारकाय नम : १०,००० हजार मंत्र जप गरी सुर्यदयको एक धण्टापछि दाँया वा बाया हातको साहिँली औंलामा धारण गर्ने । मुंगा धारण गर्नेले हिरा, पन्ना, निलम, गोमेद, लहसुनिया धारण नगर्नु ।

 

 

पन्ना – पन्नालाई बुधबार खरिद गरी पांच रत्ती माथीको स्वर्णमा निर्माण गरी पुर्ण बिधिवत पुजा अर्चना गरी, ॐ बुं बुधाय नम : मंत्र ९००० हजार जप गरी शुक्ल पक्ष का बुधबार सुर्यदय को दुई धण्टापछि दाहिने हातको कान्छी औंलामा धारण गर्ने । पन्ना लाउनेले मुंगा कदापी धारण नगर्नु ।

 

 

पुष्पराज : पुष्पराज कमसेकम पांच रत्ती माथीको गुरुबारको दिन खरिद गरी स्वर्णमा निर्माण गराईविधिवत पुजा अर्चना गरी ॐ बृं बृहस्पती नम: १९००० हजार मंत्र जपगरी शुक्ल पक्षको सुर्यदय को बेला दाँया हातको चोरी औलामा धारण गर्ने । पुष्पराज धारण गर्ने ले हिरा, निलम, लहसुनिया, गोमेद धारण नगर्नु ।

 

 

हिरा : हिरा शुक्रबारको दिन कमसेकम पचास सेन्टको खरिद गरी पुजा अर्चना गरी, ॐ शुं शुक्रायै नम : सोह्र हजार मंत्र जपगरी शुक्ल पक्षको शुक्रबार प्रात्: काल कान्छी औलामा धारण गर्ने । हिराको साथ माणिक्य, मोती, मंगा वा पुष्पराज धारण नगर्नु ।

 

 

निलम : निलम रत्न शनिवारको दिन खरिद गरी कमसेकम पांच रत्तीको होस त्यसलाई स्टिल लोहा वा पंच धातुमा निर्माण गरी शनिवारको दिन तोरी तेल मा डुबाई पछी दुध र जल द्वारा शुद्द गरी घ्यु को बत्ती ले आरती गरी पुजा उपसना गरी ॐ शं शनैशचरायै नम : मंत्र तेइसहजार जप गरी सुर्यास्तभन्दा दुई घण्टा अघि दाँया हातको मध्यमा औलामा धारण गर्ने । निलम सित माणिक्य, पुस्पराज, मंगा कहिले धारण नगर्नु ।

 

 

गोमेद : गोमेद शनिबार ६ रत्तीको खरिद गरी अस्ट धातु वा चादीमा निर्माण गरी पुर्ण विधिबत पुजा उपासना गरी ॐ रां राह्वे नम: अठारहजार मंत्र जप गरी सांझ परेको दुई धण्टा पछी मध्यमा औलामा धारण गर्ने । गोमेद सित माणिक्य मुंगा पुस्पराज कहिले धारण नगर्नु ।

 

 

लहसुनिया: शनिबार कोही पाच रत्तीको किनेर चादिमा निर्माण गरी पुर्ण विधी सम्मत पुजा अर्चना गरी ॐ कें केतवे नम: सत्रहजार जप गरी अर्ध रात्रीमा कान्छी औलामा धारण गर्ने । लहसुनियासित माणिक्य, मंगा, पुष्पराज मोती कहिले धारण नगर्नु ।

 

यदी माथी उल्लेखितबिधी अनुसार हामीले रत्न धारण गर्यौ भने रत्नले हाम्रो जीवनलाई अवश्य पनि रत्नमय बनाउन सक्छ ।-इती शुभम

 

[email protected]

977-9849428414