दाङमा पक्राउ परेका विप्लवका दाजुसहित नेताहरुको नाम

काठमाडौँ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहको २१ नेता पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिकास्थित एक घरमा बैठक बसिरहेको बेलामा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । 

प्रदेश र जिल्ला प्रहरीको टोलीले छापा मारेर बैठक स्थलबाटै पक्राउ गरिएको प्रदेश ५ का प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेल जानकारी गराए । 

पक्राउ पर्नेमा विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेललगायत रहेको प्रहरी स्रोतको भनाई छ । 

विप्लवको नेता पक्राउ गरिएपछि अनुसन्धान तिव्र पारिएको उनको भनाई छ । 

१. चन्द्रबहादुर चन्द (वीरजङ्ग)- केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२. केशवबहादुर बाँठा मगर (सुवास)- राप्ती ब्युरो ईन्चार्ज
३. रामबहादुर थापा (सुन्दर)-  राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४. सविन पोख्रेल- राप्ती ब्युरो कार्यालय सचिव
५. यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज
६. प्रदीप वली ( जिल्ला सेक्रेटरी
७. बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८. सुनिल पौडेल- वुद्धिजिवी
९. एकराज चौधरी – एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०. धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११. तिलक पुन- पूर्व जनमुक्ति सेना
१२. सुरज विक- दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३. हितप्रसाद रोका –  पार्टी सदस्य
१४. पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
१५. दलबहादुर खत्री
१६. अमित घर्ती मगर
१७. बालकृष्ण शर्मा
१८. जीत क्षेत्री
१९. रमेश आचार्य
२०. बिष्णु थापा
२१. कुलबहादुर वली