कालसर्प दोष र यसको उपाय

 

 

यस आलेखमा उल्लेखित कालसर्प दोष निवारणका उपायहरु मध्ये आफुले गर्न मिल्ने धेरैभन्दा धेरै उपाय गरी आफ्नो जन्म कुण्डलीमा भएको यो दोषबाट मुक्ति प्राप्त गरी जीवन सहज, सुखी र आनन्दमय बनाउन सकिन्छ ।

 

 

नाग पञ्चमी महान पर्वको अवसर परेको हुँदा यस पटक मैले यहाँहरुलाई नाग र सर्पद्वारा हाम्रो जन्मकुण्डलीमा बन्ने कालसर्प दोष र त्यसको प्रभावलाई समाप्त गर्ने सक्ने विविध उपाय प्रस्तुत गर्ने जमर्को गरेको छु ।

 

 

कालसर्प दोष एक यस्तो दोष हो जसले मनुष्यको उन्नति र प्रगतीमा प्रत्यक्ष अप्रत्यक्ष बाधा अवश्य उत्पन्न गर्छ । कालसर्प दोषको सम्बन्ध पितृदोषसंग पनि हुन्छ । अतः जुनव्यक्तिको जन्मकुन्डलीमा कालसर्प दोष हुन्छ, त्यस व्यक्तिको जीवनमा कही न कही पितृदोष पनि अवश्य पाइन्छ । कालसर्प दोष तथा पितृदोषको कारण व्यक्तिको जीवनमा अभाव, दरिद्रता, अल्पशिक्षा, सन्तान अभाव, संघर्ष, तनाव र अस्वस्थता प्रत्येक कार्य विलम्व हुनु, कार्यदीमा बाधा व्यवधान आउनु प्रमुख कारण हो ।

 

 

जन्मकुण्डलीमा जुन भावमा कालसर्प योगको उत्पत्ति हुन्छ, त्यस भाव सम्बन्धित कठिनाई आदी जीवनमा आइ पर्छ । अतः कालसर्प दोष र पितृदोष सम्बन्धित उपाय हामीले आफ्नो समस्याअनुसार अवलम्वन गर्नु पर्दछ ।

 

 

कालसर्प योगको शान्तिको मुख्य सम्बन्ध देवाधिदेव महादेव तथा नागसंग छ । अतः कालसर्प योगको शान्तीको उपायमा भगवान अशुतोष एवं सर्पको मुख्य स्थान छ । भारतमा कालसर्प योगको शान्तीको मुख्य स्थान यस्ता छन् ।

 

 

१. नासिक नजिकै त्र्यम्बकेशवर ज्योर्तिलिङ्गमा कालसर्प योगको शान्तिको विधान छ । यस मन्दिरमा कालसर्प योगको पुजा अर्चना गरी शान्ति गराइन्छ ।

 

 

२. दक्षिण भारतको तञ्जोर जिल्लामा पर्ने त्रिनागेश्वर राहु मन्दिरमा राहु कालमा राहुको अभिषेक र पुजनको विधान छ । यस मन्दिरमा प्रतिदिन अभिषेक गर्ने गराउँने गरिन्छ ।

 

 

३. दक्षिण भारतको विश्व प्रसिद्ध तिरुपति मन्दिरबाट लगभग पचास किलोमिटर टाढा रहेको कालहस्ति शिव मन्दिर छ । यस मन्दिरमा शिवको एकादश रुद्र अवतार मध्य प्रथम अवतार र द्धितीय अवतार स्वयम्भु शिवलिङ स्थापित छ । यस स्थानमा पनि कालसर्प योग शान्ती पूर्ण विधी विधानले गरिन्छ ।

 

 

४. उत्तराखण्डमा द्वादश ज्योतिर्लिङ चि केदारनाथभन्दा पन्ध्र किलोमिटर अगाडी नै त्रीयुगी नारायण मन्दिरमा कालसर्प दोषको उपचार सम्भव मानिन्छ । गंगा र जमूनाको संगम स्थल इलाहबादमा पनि कालसर्प दोष साथै पितृदोषको उपाय तिर्थराज प्रयागमा कालसर्प दोष शान्ति साथै पितृदोष श्राद्द पनि गरिन्छ ।

 

 

५. हाम्रो देश नेपालको काठमाण्डौ पशुपति नाथ र बागमतीको तटमा कालसर्प दोष पुर्ण विधी विधानले गर्दा यो दोष पूर्ण समाप्त हुन्छ ।

 

 

अन्य शान्तिका उपाय

 

१. कालसर्प दोषले पिडित व्यक्तिले कालसर्प दोष शान्तिको साथै महिनामा एक पल्ट शनिबारको दिन गौमुत्र छर्ने ।

 

 

२. प्रत्येक बुधबारको दिन सुतिको कालो कोरा वस्त्रमा एक मुठी मास दाल एक मुठी हरियो मुंगको गेडा पोको पारी माग्नेलाई दान दिने । १०८ राहु मन्त्र जप गर्ने ।

 

 

३. हरेक तन्त्र शास्त्र शिवको अधिन छ । खरानी, भस्म र नाग शिवको शृंगारको साधन हो । यसर्थ कालसर्प दोष पिडित व्यक्ति वा राहु र केतुको नक्षत्रमा जन्मेको व्यक्ति वा राहु र केतुको महादशा वा अन्र्तदशा भएको व्यक्तिले शिव स्तुति शिव चालिसा वा नाग गायत्री मन्त्रको पाठ गर्दा अनुकुल फल प्राप्ती हुन्छ ।

 

 

४. जसको शत्रु धेरै छन वा शत्रुद्वारा प्रवाभित छन, कार्यमा अधिक बाध आई रहन्छ भने त्यस्तो व्यक्तिले जोडी सर्प मन्त्र जप गर्दै नदिमा प्रवाहित गर्ने ।

 

 

५. श्रीमदभागवतको दशंम स्कन्धको षोडश अध्याय एक सय आठ पटक पाठ गर्दा कालसर्प दोष र पितृदोषको कुप्रभावबाट छुटकारा प्राप्त हुन्छ ।

 

 

६. कालसर्प दोष अथवा सर्पयोनीमा जन्मेका व्यक्तिले राहुकालमा शिव मन्दिरमा राहुको शान्ति उपाय गर्दा शिघ्र लाभ प्राप्त हुन्छ ।

 

 

७ नागपास यन्त्र वा नाग गायत्री यन्त्र आफ्नो नामबाट प्राण प्रतिष्ठा गरी वा गराई पुजा स्थानमा स्थापित गरी नवनाग स्तोत्र तथा नाग गायत्री मन्त्र १०८ पटक जप गर्दा कालसर्प दोष शान्त हुन्छ र समाप्त हुन्छ ।

 

 

८. प्रत्येक महिना को पञ्चमी तिथीका दिन एक बर्षसम्म ब्रत गर्ने । साथै नागपास यन्त्रको सम्मुख प्रतिदिन नाग गायत्री मन्त्र १०८ पटक तथा पञ्चाक्षर मन्त्र १०८ पटक एक बर्षसम्म निरन्तर गर्दा यो दोषबाट पुर्ण मुक्ति पाइन्छ ।

 

 

९. राहुको तान्त्रिक मन्त्रको जप १८ हजार संख्या गरी वा गरायी दशांश मन्त्रद्वारा हवान गर्ने । मन्त्रः ॐ भ्रां भ्रीं भ्रों संः राहवे नमः

 

 

१०. प्रतिदिन राहु कालमा एक मुला राहु मन्त्र जप गर्दै नदी, फोहर नाली, तलाउमा प्रवाहित गर्ने ।

 

 

११. प्रतिदिन कुनै पनि शिव मन्दिरमा चन्दन र इत्र शिवलाई चडाई पञ्चाक्षर मन्त्र १०८ पटक जप गर्ने ।

 

 

१२. मासिक नाग पञ्चमीमा पञ्चामृतको रुद्राभिषेक शिव मन्दिरमा एक बर्षसम्म गर्ने ।

 

 

१३. नाग प्रतिमाको औधी प्राण प्रतिष्ठा गरी वा गराई शुक्ल पक्षको बुधबार वा शुक्ल पक्षको प्रदोष वा सोमप्रदोषमा धारण गर्ने ।

 

 

१४. चन्दनको काठको माला सात मनका भएको बुधबार, शुक्रबार वा शनिबार स्नान आदी गरी राहु कालमा महादेवलाई चडाउँने ।

 

 

१५. पलांसको फुललाई गौमुत्रमा कुटेर घाममा सुकाई त्यसको चुर्ण बनाई प्रत्येक बुधबार आफुले स्नान गर्दा प्रयोग गर्दा कालसर्प दोषको प्रभाव बिस्तारै बिस्तारै समाप्त हुन्छ । बुधवार बुधवार ७२ पटक यो स्नान गर्नु ।

 

 

१६. शनिबारको दिन आफ्नो वजन बराबर कोइला तौल गरी जहाँ भण्डारा वा गरिबको लागी निशुल्क भोजन बन्ने स्थानमा दान गर्दा यस दोषबाट मुक्ति मिल्छ ।

 

 

१७. यस्तो शिवलिंङ जहाँ सर्प छैन त्यस लिङमा तांमा र चांदीको सर्प निर्माण गरी पुर्ण बिधिवत पुजा प्राण प्रतिष्ठा गरी सोमबार प्रदोष वा सोमप्रदोषको दिन चडाई स्थापित गर्दा काल सर्प दोषबाट पुर्ण मुक्ति निश्चित मिल्छ ।

 

 

१८. महामृत्युञ्जय कवचको तिनै कालमा जप गर्दा कालसर्प दोष साथै पितृदोषको कुप्रभाव नष्ट हुन्छ । यस्तो पाठ ५१ वा १०१ दिनसम्म लगातार गर्ने ।

 

 

१९. यदी जन्म कुण्डलीमा कालसर्प दोषको साथसाथै चन्द्र राहु, सुर्य राहु, केतु चन्द्र र केतु सुर्य भए लहसुनियाको औठी मध्य औलामा धारण गर्दा यस योगबाट रक्षा हुन्छ ।

 

 

२०. घर कार्यालय फैक्टरी तथा खल्ती पर्समा अभिमन्त्रित मयुरको प्वाँख राख्दा राहु केतु शान्त हुन्छ ।

 

 

२१. बटुक भैरबको मन्त्र सवा लाख गर्ने वा गराउने र जपपछी हवन अनुष्ठान गर्दा कालसर्प दोष पुर्ण रुपमा समाप्त हुन्छ ।

 

 

२२. महामृत्युञ्जय मन्त्रको सवा लाख जप गरी गराई दशांश हवन गर्दा कालसर्प दोष दरिद्रता अभाव समाप्त भई जीवनमा सुख समृद्धि प्राप्त हुन्छ ।

 

 

२३ प्रत्येक शनिबार घोडालाई गुण र चना खान दिने । घोडाको खुट्टामा नाल ठोक्ने वा ठोक्न लाउँदा यस योगबाट मुक्ति मिल्छ ।

 

 

२४. सात शनिबार वा सात मंगलवार राहु तथा केतुको तान्त्रिक मन्त्रले हवन गर्दा यो दोष समाप्त हुन्छ ।

 

 

२५. जो ब्राहमण कालसर्प दोषबाट पिडित छन तिनले सिखा टुपी अवश्य राख्नु पर्छ, राहुको कुप्रभाव कम हुन्छ । टुपीमा गाँठो पार्दा कालसर्प दोष पुर्ण समाप्त हुन्छ ।

 

 

नोटः माथी उल्लेखित उपाय मध्ये आफुले गर्न मिल्ने बढीभन्दा बढी उपाय प्रयोग गरी आफ्नो जन्मकुण्डलीमा भएको यो जटिल दोषबाट मुक्ति प्राप्त गरी सबैले आफ्नो जीवनलाई सुन्दर, सुखी र आनन्दमय बनाउनु होला भन्ने कामना गर्दछु । हर हर महादेव ! ॐ नमः शिवाय !

[email protected]

977-9849428414