MENU
खस साम्राज्यको प्रतिबिम्ब – २
 : 2,856 views
–डा मदन रिमाल   Aug 28, 2018

 

पश्चिम नेपालका अनेक राजाहरु मध्ये जितारी मल्लले विसं १३४४, १३४५ र १३४६ सालमा काठमाण्डौं उपत्यकामा आक्रमण गरेका थिए । रिपु मल्लले विसं १३६९मा, आदित्य मल्लले विसं १३७७ र १३८५मा तथा पूण्य मल्लले विसं १३९१मा उपत्यकामा आक्रमण गरेका थिए ।

 

 

राजा क्राचल्लको पालादेखि यस क्षेत्रको इतिहास प्रष्ट हुन्छ । यिनको समयदेखिको तिथिमितियुक्त प्रामाणीक इतिहास पाइन्छ ।

 

 

क्राचल्ल पछि उनका छोरा अशोक चल्ल (विसं १३०८–१३३५), उनका छोरा जितारी मल्ल (यिनले चल्लको साटो मल्ल थर लेख्न शुरु गरे ) रिपु मल्ल, अक्षय मल्ल, आदित्य मल्ल, पूण्य मल्ल (विसं १३८५–१३९४) त्यस क्षेत्रका प्रशिद्ध राजाहरु भए । पश्चिम नेपालका यी राजाहरु मध्ये जितारी मल्लले विसं १३४४, १३४५ र १३४६ सालमा काठमाण्डौं उपत्यकामा आक्रमण गरेका थिए । सूर्यमणि अधिकारीको पुस्तक खस साम्राज्यको इतिहासमा उल्लेख छ । रिपु मल्लले विसं १३६९मा, आदित्य मल्ले विसं १३७७ र १३८५मा तथा पूण्य मल्लले विसं १३९१मा उपत्यकामा आक्रमण गरेका थिए ।

 

 

त्यस क्षेत्रका राजाहरुको वारम्बारको आक्रमणले त्यस समयका खस राजाहरुको राजनीति र सैन्य क्षमतालाई प्रष्ट पार्दछ । राजा पूण्य मल्ल पछि उनका छोरा पृथ्वी मल्ल (विसं १३९५)
राजा भए । यिनले विसं १४१४मा दुल्लुमा कीर्तिस्तंभ राखे जसमा उनले आफ्नो मातृपक्ष र पितृपक्षका पूर्खाहरुको नाम उल्लेख गरेका छन् । यिनको समय (विस १४१५) मा खस राज्यको विघटनको शुरुवात भयो र पछि यस क्षेत्रमा ससाना राज्यहरु देखापर्न थाले ।

 

 

कला वास्तुकला:

 

यस क्षेत्रमा प्रस्तरका निकै सुन्दर शिखर शैलीका मन्दिर वास्तुकला रहेका छन् भने प्रस्तरका मूर्तिहरु र स्तंभहरु यत्रतत्र छरिएर रहेका छन् । यी प्रस्तरकलाहरुलाई पश्चिम नेपालको मध्यकालिन सांस्कृतिक संपदनाको रुपमा चिनिन्छ । यी पुरातात्विक महत्वका मूर्त संपदाहरुका अतिरिक्त हिन्दू तथा बौद्ध धर्म सम्बन्धित अनेकौं धार्मिक प्रचलनहरु तथा समाज र संस्कृतिमा व्याप्त रहेका चाडपर्व, जात्रा, उत्सव, कथा, गीत, बाजा, नाचहरु नेपालको अद्वितीय अमूर्त सांस्कृतिक संपदाको रुपमा प्रशिद्ध छन् । यी मध्ये केही पुरातात्विक महत्वका मूर्त सांस्कृतिक संपदाहरु निम्न रहेका छन् ।

 

 

१) मूर्तीका देवलहरु :

दैलेख जिल्लाको नारायण नगरपालिकाको भूर्ति गाउमा ६ फिटदेखि १५ फिट उचाइसम्मका शिखरशैलीका प्रस्तर निर्मित २२ वटा देवलहरु रहेका छन् । देवलमा कुनै पनि देवदेवीका मूर्तिहरु छैनन् ।

 

 

२) कुइकानाका पंचदेवलहरु :

नारायण नगरपालिकामा कुइकाना भन्ने स्थानमा ५ वटा देवलहरु रहेका छन् । यी देवलहरुमा पनि देवदेवीका मूर्तिहरु छैनन् । यसै स्थानको सय मिटर उत्तर एउटा अर्को देवल छ । यसमा पनि मूर्ति छैन ।

 

 

३) रावतकोटका पंचदेवल :

दैलेख जिल्लामा पर्ने रावतकोट गाउपालिकाको एक विद्यालयको प्रांगणमा ५ वटा देवलहरु रहेका छन् । यिनमा पनि कुनै देवदेवीका मूर्तिहरु छैनन् ।

 

 

४) दुल्लु स्थित कीर्ति स्तंभ :

दुल्लु गाउपालिकाको दुल्लु बजारमा विसं १४१४सालमा राजा पृथ्वी मल्लद्वारा स्थापित कीर्ति स्तंभ रहेको छ । लगभग ९ फिट उचाई तथा २ फिट ५ इन्च चौंडाइ यस स्तंभमा माथि तर्फ चैत्यको आकृति कुँदिएको छ । तल ऊँ मणि मद्मे हुँ लेखिएको छ । उत्तरको पाटोमा नागराजको वंशक्रम र दक्षिणको पाटोमा पाल राजाहरुको नाम उल्लेख गरिएको छ । यो स्तंभ पश्चिम नेपालको मध्यकालिन महत्वपूर्ण ऐतिहासिक स्रोतको रुपमा प्रशिद्ध छ ।

 

 

५) चार स्तंभ :

दैलेख जिल्लाको नारायण नगरपालिकाको बजारमा चारवटा शिलास्तंभहरु रहेका छन् । ३÷४ फिट उचाइका यी स्तंभहरु चारपाटे ढुंगाले बनेका छन् ।

 

 

६) सप्तखम्ब :

गमौडी गाउपालिकाको खम्बा बजार नजीकै ७ वटा स्तंभहरु रहेका छन् । यी स्तंभहरु मध्ये केहीमा शाके १२५१, १२५६, १२६४, १२६५ लेखिएको छ साथै स्थानीय केही मानिसहरुका नाउ पनि उल्लेख गरिएको छ ।

 

 

७) धर्म गढी (धर्म गद्धी) :

दुल्लु बजार, धर्मठढी टोलमा पृथ्वी मल्लको समयमा न्याय निसाफ गर्ने, मुद्धा मामिला छिनोफानो गर्ने स्थलको भन्ने जनविश्वास रहेको छ । सानो चौतारो जस्तो रहेको यस स्थानको वरिपरि प्राचिन कोट, बाघढुंगा तथा देवका अवशेषहरु रहेका छन् । जसको अन्वेषण तथा उत्खनन गर्न आवश्यक देखिन्छ ।

 

 

८) नेपाल भाषामा लेखिएको पहिलो अभिलेख :

यो अभिलेख दुल्लुस्थित कीर्ति स्तंभ नजीकै रहेको छ । यो शाके ९०३ दामुपालको अभिलेख मानिन्छ । अभिलेख पढ्न सक्ने अवस्थामा रहेको छैन ।

 

 

९) पादुकास्थान :

दुल्लुको पादुका स्थानमा प्रस्तरका अनेकौं भग्न अवशेषहरु यत्रतत्र छरिएर रहेका छन् । केही महत्वपूर्ण विष्णु, गणेश, सूर्य, शिवलिंग आदिका प्रस्तर मूर्तिहरु पनि पाइन्छन् । यी मध्ये एउटा स्तंभमा माथिल्लो भागको खोपामा बुद्धको मूर्ति उत्कृष्ट कलाको नमूना मानिन्छ । यस स्तंभको तल्लो भागमा अभिलेख रहेको छ जसबाट यो स्तंभ अशोक चल्ल राजाको पालामा साउन कार्की र उनकी पत्नीले राख्न लगाएको भन्ने उल्लेख गरिएको छ ।

 

 

१०) प्राचीन दुल्लुकोट :

दुल्लु गाविसको दुल्लुबजारमा रहेको कीर्तिस्तम्भ क्षेत्रमा खस मल्ल राजाह्ररुको शीतकालीन दरबार रहको विश्वास गरिन्छ । यहाँ भग्नावशेषहरु इत्रतत्र छरिएर रहेका छन् ।

 

 

११ दैलेखगढी :

दैलेख बजारमा विस १८४६ मा नोपली सेनाले विजय गरेपछि दैलेखगढीको रुपमा २०÷२५ फिट अग्लो ढुंगाको पर्खालले घेरिएको किल्ला निर्माण गरेको थियो । पहिलो यसै ठाउँबाट यस क्षेत्रको प्रशासन संचालन हुन्थ्यो । हाल सुर्खेतबाट संचालन हुन्छ ।

 

 

१२) चदुकाको पौवा :

चदुका गाविसमा रहेको विस १८७६ मा काजी जसपाउ थापाले निर्माण गराएको पौवा पनि महत्वपूण ऐतिहासिक सम्पदाको रुपमा रहेको छ ।

 

 

१३ पाथर नाउली :

दुल्लु गाविसमा एक कुवा रहेको छ । यस कुवालाई चारैतिबाट ढुंगाको पर्खाल लगाइ सानो घरको निर्माण गरिउका ृेछ । जसको ढुंगाको छानामा चैत्य आकारको सानो वास्तुकला निर्माण गरिएको छ । कुँदिएको ढंगाहरुबाट कुवा बनाइएकाले यसलाई पाथरी नाउली भनिएको हो ।

 

 

नाउलीको ढाकामाथि कुदिएको अभिलेखअनुसार यो नाउलीको निर्माण विस १४११ मा राजा पृथ्वी मल्लको राज्यको महामन्त्री यशोवर्माको समयमा तन्त्यालवंशी देउवर्माले बनाउन लगाएको भन्ने स्पष्ट उल्लेख गरिउका ेछ । काठमाडौँको ढुंगेधारा र वास्तुकलाले झै यस पाथरनाउलीले पश्चिम नेपालको ढुंगेकुवाको रुपमा प्रसिद्धि पाएको छ ।

 

 

उपयुक्त सांस्कृतिक सम्पदाका अतिरिक्त दैलेख जिल्लामा पञ्चकोसीको रुपमा प्रसिद्ध रहेको कोटिलास्थित कोटेश्व महादेव स्थान, डुङ्गेश्वर महादेव स्थान, पादुका स्थान, भैरवी कुण्ड, कालिका देवि, धुलेश्वर महादेवस्थान, ब्रह्मकपाली, नाभीस्थान, शिरस्थान आदि स्थानहरु मुर्त र अमुर्त सांस्कृतिक सम्पदाको संयोजनस्थलको रुपमा प्रसिद्धि छ । यस्तै यस क्षेत्रका विभिन्न भागहरुमा प्रचलित रितिरिवाज, चाडपर्व, जात्रा, भेला, नाचगान आदिले यस क्षेत्रको अमुर्त सांस्कृतिक सम्पदालाई प्रतिनिधित्व गर्दछ ।

 

 

यसक्षेत्रमा आवस्थित सुर्खेतको लाटिकोइली गाविसको रमणीय जंगलमा रहेको कांक्रेविहार नामक स्थल मध्यकालीन प्रस्तरकलाको उत्कृष्ट कलाको रुपमा प्रसिद्ध छ । जंगलको विस्तृत क्षेत्रमा फैलिएर छरिएर रहेको अवस्थाको वास्तुकलाका अंगको प्रस्तरक खण्डहरुले मध्यकालीन मुर्तिकलालाई प्रतिनिधित्व गर्दछ ।

 

 

बौद्ध तथा हिन्दू धर्मका देवदेविका मुर्तिहरुले मध्यकालीन बङ्गालको पालकलालाई प्रदर्शति गरेको देखिन्छ । अनुमानित १२ औं देखि १४ औँ शताब्दीसम्ममा विकसित यहाँको प्रस्तरकला, मुर्तिकलाले कुनै समय यो तालको (बुलबुलेताल) किनारमा अवस्थित एक प्रसिद्ध धार्मिक साधनास्थल रहेको कुराको संकेत गर्दछ । हालसम्म यस कांक्रेविहारबारे स्पष्ट प्रमाणित कुराहरु प््रकाशमा आउन सकेको छैन । तसर्थ यस स्थलको वैज्ञानिक ढंले अन्वेषण तथा उत्खनन् गर्नु अति आवश्यक देखिन्छ ।

 

 

(उपयुक्त स्थलगत जानकारीहरु स्थलगत भ्रमणको क्रममा अध्ययन गरिएको आधारमा र श्री डिल्लीबहादुर खत्रीको धर्म, संस्कृति र वीरताको संगम दैलेख, सम्पदा नेपाल, त्रैमासिक वर्ष १, अंक २, असार २०६७ को लेखबाट सहयोग लिइ तयार पारिएको हो ।)

 

 

निश्कर्षः

पश्चिम नेपालको इतिहासको खोजी गरी त्यस क्षेत्रको ११ औँ शताब्दी इस्वीभन्दा पूर्वको इतिहास खाजेज्नु प्रमुख आवश्यकताको रुपमा देखिन्छ । हालसम्म प्राप्त नागराज र उनका वंशजहरुले शासन गर्दाका प्राप्त अवशेषहरुलाई पूर्ण वैज्ञानिक ढंगले पुरातान्वितक अन्वेषण् र उत्ननन् गर्नुपर्ने आवश्यकता रहेको छ । यस क्षेत्रको अमुर्त सम्पदाका रुपमा रहेको यहाँका भाषा, चाडपर्व, मेला, धार्मिक क्रियाकलाप, सामाजिक र सांस्कृतिक गतिविधि, कथा, किम्वदन्ती, नृत्य, संगीत, गीत आदिलाई विस्तृत अध्ययन गरी नेपालको इतिहास तयार पार्नुपर्ने भन्ने महसुस भएको छ । खस मल्लहरुको शासन र प्रभाव पश्चिम नेपालमा मात्र सिमित नभएर भारतको देहरादुन, नैनिताल हुँदै कुमाउ, गढवाल र काश्मिरसम्म फैलिएको थियो । तसर्थ सोको अभिलेख तयार गर्नुपर्ने देखिन्छ । पश्चिमी क्षेत्रमा झै यी मल्ल राजाहरुको शासन र प्रभाव उत्तरी क्षेत्रमा पश्चम तिब्बती भूभागमा पनि कायम भएकाले त्यस क्षेत्रमा पनि अध्ययन गरी इतिहास तयार पार्नुपर्ने देखिन्छ । यस प्रकारको अध्ययनबाट नपाली भाषासमेतको इतिहास तयार हुनजान्छ ।

 

 

यस क्षेत्रमा प्रचलित धार्मिक तथा सामाजिक र सांस्कृतिक प्रचलनमा भारतको पूर्वीबंगालमा विकसित धर्म र संस्कृतिको मात्र नभइ कला र वास्तुकलामा समेत प्रभाव परेको देखिन्छ । यसको रहस्य खोज्न विस्तुत अध्ययन आवश्यक देखिन्छ । यस क्षेत्रमा प्रचलित भष्टा देवता पूजा परम्परा र बंगालमा शैव धर्ममा तन्त्रयानके प्रभावले विकसित भैरव, भरौँआय जस्ता पूजा र मान्यतामा समानता रहेको कुराले अध्ययनको आवश्यकतालाई महसुस गराएको छ ।

 

 

यस ्रक्षेत्रमा प्राप्त हुने प्रस्तरका शिखर शैलीका अधिकांश देवलमा कुनैपनि देवदेविको मुर्ति प्राप्त नहुनुले अनुसन्धानकर्ताहरुलाई आकषर््ित गरेको छ । सुर्खेतको काँक्रेविहारमा प्राप्त भएका ढंगाका वास्तुशैलीका प्रसस्त भग्नावशेषहरुमा मुर्तिकला तथा कलाका अन्य नमुनाहरु प्राप्त हुनु तर मूल गर्भगृहको देवता हालसम्म प्राप्त नहुनुले पनि यस क्षेत्रको वास्तुकलालाई रहस्मय बनाएको छ । यस्ता देवल वास्तुशैलीहरुलाई कसैले हिन्दू, कसैले बौद्ध र कसैले मृतकहरुको सम्भनामा बनाइएका स्मारकहरु प्नि भन्ने गरेका छन् । अध्ययन, अनुसन्धानका क्रममा यसका केही संभावनालाई यस लेखमा प्रस्तुत गर्ने प्रयास गर्दछु ।

 

 

इस्वीको सातौँ शताब्दीतिर बंगालमा पाल राजाहरुको समयमा विकसित भएको हिन्दू तथा बौद्धधर्मको तन्त्रयानले पछिल्ला शताब्दीहरुमा नेपालमा पनि प्रभावि पा¥यो । पाल राजाहरुको व्यापारिक सम्बन्ध भारतको प्रसिद्ध प्राचीन मार्ग उत्तरापथबाट नेपालका विभिन्न स्थलमा पर्ने सीमाक्षेत्ररुबाट हुँदै पश्चिम नेपाल, काश्मिर भएर पाकिस्तान, गान्धार राज्यहरुसँग कायम रहेको थियो । परिणामस्वरुप बौद्ध धर्मको बज्रयान सम्प्रदाय र शैव धर्मको नाथ सम्प्रदायको प्रभाव नेपालका क्षेत्रहरुमा पनि पर्न गयो । काठमाडौँ उपत्यका र पश्चिम नेपालमा पनि बौद्ध धर्मको बज्रयान सम्प्रदाय र शैव धर्मको नाथ सम्प्रदायको प्रभाव पर्न गयो । पश्चिम नेपालका पहाडी क्षेत्रहरुमा पनि यी दुवै धर्मले व्यापकता पायो । पश्चिम नेपालको कर्णाली प्रदेशका मल्ल राजाहरुले यी दुवै धर्म र सम्प्रदायलाई अपनाएका थिए । भारतमा चौधौँ शताब्दीसम्ममा मुगल शासकहरुले इस्लाम धर्मको प्रचारप्रसार गरी राज्यसमेत कब्जा गरेका थिए । १४ औँ शताब्दीको प्रारम्भमा मुगल शासकहरुले बंगाल र नेपालको बारा जिल्लामा पर्ने बर्णाटहरुको सिम्रौनगण् राज्यसमेत कब्जा गरे । त्यस समयमा हिन्दू र बौद्ध धर्ममा आश्था राख्ने राजा रजौटा, पण्डित, भिक्षुका सार्थ सर्वसाधारण मानिसहरुको आश्रयस्थलको रुपमा नेपालक पहाड तथा जंगलहरु ह्ुन गए । ती शरणार्थीहरुले पहाडमा इस्लाम धर्मको प्रभाव नपरोस् भनि हिन्दू तथा बौद्ध धर्म सम्बन्धि प्रचारप्रसारमा अत्यधिक जोड दिएका थिए ।

 

 

यसै सन्र्दभमा पश्चिम नेपालका पहाडी जिल्लाहरुमा नाथ सम्प्रदायको पनि व्यापक प्रभाव पर्न गयो । नौ नाथ र चौरासी सिद्धसम्बन्धि धारणाले यस क्षेत्रमा महिन्द्रानाथ, गोरखनाथ, चन्दननाथ, रतननाथ आदि सम्प्रदायले व्यापकता पायो । यो नाथ देवताहरु इोगी वायुगी भनि प्रसिद्ध थिए । यिनका अनुयायी यी नाथ योगहरुले कानम प्वाल पारेर कुण्डल लगाउने गर्दथे । यी कन्फट्टा योगी भनि समाजमा चिनिन्थे । इस्वीको १२औँदेखि १३औँ शताब्दीसम्म नाथ सम्प्रदायले भारतको महाराष्ट्र, गुजरात, राजस्थान, पंजाव र सिन्ध क्षेत्रमा व्यापकता पायो । यसको व्यापकताले पश्चिम नेपालका तथा भारतका पहाडी जिल्लाहरुमा गहिरो भ्रभाव पा¥यो ।

 

 

नाथ योगीहरु कुनैपनि देवताहरुको पूजा आराधनासँग सम्बन्ध राख्दैन थिए । उनीहरु शरीरलाई मन्दिर र हरेक व्यक्ति देवता हो भन्ने विश्वास गर्दथे । तसर्थ यी नाथ जसलाई सर्वसाधारणले देवताको रुपमा मान्थे । उनीहरुको सम्झानामा यस्ता स्मारकहरु ब्ने । नाथहरु द्येव मुर्ति पूजक नभउकाले यस्ता मन्दिरहरुमा कुनै पनि देवी देवताका मुर्तिहरु स्थापित गरिएन । वास्तवमा नाथहरु गेरखनाथलाई शिवको भैरवरुप मान्दछन्, जसले रुद्राक्ष र त्रिशुल धारण गर्दछन् । मत्स्येन्द्रनाथ गोरखनाथका गुरु मानिन्छन् र आदिनाथ नौ वटा नाथमध्येका पहिलो नाथ मानिन्छन् । यसप्रकार यो मन्दिरहरु नाथ सम्प्रदायका उपासकहरुको सम्झाना वा उनीहरुको स्थलहरुमा बनाएका स्मारकहरु हुनसक्ने तथ्यलाई नकार्न सकिँदैन । नाथहरु क्ुनैपनि देवदेवीक मुर्तिपूजक थिएनन् । तर हाल पछिका उनका भक्तहरुले तिनै नाथहरुका मुर्ति, स्थल आदि बनाएर पूज ागर्ने परम्परा अपनाएको देखिन्छ । ‘प्राणीहरुको शरीर नै मन्दिर पपछिल्ला समयमा व्यापक परिवर्तन आएको स्पष्ट देखिन्छ । संभवता यसैको परिणामस्वरुप पश्चिम नेपालमा मष्टा देवताको रुपमा लोकप्रियता हासिल ग¥यो । ढुंगाहरु कूलदेवताका रुपमा पुजित हुन पुगे ।

 

 

(लेखक रिमालको गत साता प्रकाशित खस साम्राज्यको प्रतिविम्बको बाँकि अंश हो –सं)

Comments

NIC Asia