MENU
डा.केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न,मुद्दा खेप्दै
 : [views]
  Jan 22, 2019

डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सँजाय ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ।

उदयपुरको कटारीबाट सार्वजनिक अपराध मुद्दामा छुटेपछि उनी सिरहाको मिर्चैयामा २०७१ मा पेस्तालसहित पक्राउ परेपछि हतियार खरखजानमा मुद्दा खेपेको प्रहरीको क्रिमिनल डाटा सिष्टमबाट देखिएको छ।

 

त्यसअघि थापालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबगरबाट २०६७ जेठ २४ गते पेस्तोलसहित पक्राउ परेका थिए। तत्काली धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाल (बर्तमान प्रहरी प्रमुख) को कार्यकालमा ढल्केबगरबाट थापासहितका केही व्यक्तिलाई पक्राउ गरेका थिए।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख गोविन्द थपलियाले थापा हातहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेखमा देखिएको पुष्टी गरे। भने, उनको अभिलेख पल्टाउँदा हातहतियार मुद्दामा धरौटीमा छुटेको देखियो बाँकी थाहा भएन।

Comments

NIC Asia