MENU
रजनीकान्तकी छोरीको बिहे-आमाको हातमा लगाएको मेहेन्दी हेर्दै सौन्दर्याको छोरा
 : [views]
  Feb 11, 2019

भारतका सुपरस्टार भनिने रजनीकान्तकी छोरी सौन्दर्या आज अर्थात् ११ फेब्रुअरीमा विवाह गर्दैछिन् । यो विवाह चेन्नईको ‘द लीला प्यालेस’ मा हुनेछ । यो होटल एमआरसी नगरमा छ र यहाँ धेरैको भीड लागेको छ । विवाहको कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।यसअघि फेब्रुअरी ८ मा रिसेप्सनको आयोजना गरियो । त्यहाँ रजनीकान्तका आफन्त र साथीभाइको उपस्थिती रह्यो ।

स्मरण रहोस्, सौन्दर्याको यो दोस्रो विवाह हो । यसअघि सौन्दर्याको विवाह उद्योगपती अश्विन रामकुमारसँग भएको थियो । उनको सात वर्षको विवाह सन् २०१७ मा टुटेको थियो । सौन्दर्याका एक छोरा छन् जसको नाम वेद कृष्ण हो ।

अब सौन्दर्या विशनगन वनानगामुडीसँग विवाह गर्दैछिन् । उनी फार्मास्युटिकल कम्पनीका मालिक हुन् । यसबाहेक उनले फिल्ममा पनि काम गरिसकेका छन् । जिशनगनको पनि यो दोस्रो विवाह हो । यसअघि उनको विवाह एक म्यागजिनकी सम्पादक कनिका कुमारनसँग भएको थियो ।

 

मेहेन्दी कार्यक्रममा आफ्नाी आमा सौन्दर्याको हातमा मेहेन्दी हेर्दै वेद कृष्ण । वेद र सौन्दर्याको यो तस्बिर सोसल मिडियामा निकै रुचाइएको छ ।
-एजेन्सी

Comments

NIC Asia