कुमारी पुजा

हनुमानढोका दरबार परिसरमा १ सय ८ जना कुमारीहरुको सामुहिक पूजा सम्पन्न भएको छ । हरेक बर्ष इन्द्र्र्र्जात्राको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गर्ने गरेको आयोजकले जानकारी दिए । नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सामुहिक पूजाको क्रममा कन्याहरुलाई तलेजू मन्दिरको पनि दर्शन गराइएको थियो ।

तस्विर: सुनिल शर्मा