सी एम भारदोज अभिनित संगीतकार पन्तको “मायालुको गाउँ” सार्वजनिक

२०७४ भदौ २३, शुक्रबार
प्रमोद पन्तद्वारा संगीतबद्घ तथा मनोज बराकोटी (सानु) को रचना रहेको “मायालुको गाउँ” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सन्दिप परियारको गायन र रिदम कडेंलको एरेजमेन्ट रहेको सो गीतको भिडियोलाई संजिब पौडेलले निर्देशन गर्नुभएको छ । सी एम भारदोज सुबेदिको निकै राम्रो अभिनय देखिने सो भिडियो हिजोआज युटुबमा अत्यन्तै रुचाइएको छ । भिडियोमा अस्मिता बिश्वकर्मालाई पनि देख्न सकिन्छ ।

नेपाली लोकबाजाहरु प्रयोग गरी पपशैलीमा एरेन्जमेन्ट गरिएको सो गीतमा मौलिक नेपाली संस्कृति झल्कने दृश्य देखाइएको छ । छाँयाकार एवं निर्देशक संजिब पौडेलले परदेशबाट फर्केर आएका एक शहरिया युवक र गाउँकी युवती बिचको प्रेम कथालाई रोमान्चक ढंगले प्रस्तुत गर्नु भएको देखिन्छ । संगीतकार प्रमोद पन्तकोे संगीत बेग्लै मीठास पुर्ण सुनिन्छ भने गीतकार बराकोटीको मर्मस्पर्शी शब्दलाई गायक परियारले भावपुर्ण ढंगले गाउनु भएको छ ।

केही भिडियोमा अभिनय गरिसकेका मोडल सी एम भारद्वाज सुबेदिको लोकप्रियता यो भिडियो सार्वजनिक भएपछि अझ बढ्दे गएको छ । कन्सेप्ट क्रियसन इन्टरटेन्मेन्टद्वारा भिडियो निर्माण गरिएको सो गीतको अडियो “अभिसम” एल्बममा समाबेश गरिने छ । सो एल्बमका सबै गीतमा प्रमोद पन्तको संगीत र मनोज बराकोटी (सानु) को शब्द रचना रहने र त्यस एल्बममा लोकप्रिय गायक शिब परियार, रोशनी अधिकारी लगायत कलाकारको समेत गायन रहने जानकारी संगीतकार पन्तले दिनु भएको छ ।

Youtube link: https://www.youtube.com/watch?v=N36rTZlfJdg