तपाइको ग्रहदशा

 

पंडित ओजराज लोहनी 

 

(२०७४ साल भाद्र ३१–६ असोज)

 

साताको शुरुमा घरेलु समस्याले प्रसस्त सताउने छ । बढ्ता विश्वास गरेमा धोका पाउनु होला । गलत विचार बढने तथा काममा असफलता र बैदेशिक कार्यमा संलग्न हुँदा लक्ष अघि बढाउन सकिने छैन ।
अरुको भरमा पर्नुको बदला आफ्नो काम आफैले अघि बढाउनु उचित हुनेछ । यो साता मित्रहरुको सहयोग पनि मिल्ने छैन । शत्रु सकृय हुनेछन् । पति पत्नी वीच विबाद बढ्ने छ । कुरा काट्नेहरु सलवलाउन थाल्ने छन् । अरुको मन जित्न कसैगरी पनि सकिने देखिदैन ।
जस पाउने सम्भाबना पनि छैन । शनिबार स्वास्थ्यमा बाधा आउने । झुटा आरोप पनि लाग्न सक्छ । सचेत रहनु होला ।
बुधबारदेखि परिश्रमले नै काममा सुधार ल्याउने र धन कमाउने योग छ । शत्रुले फसाउने प्रयत्न गर्नेछन्, सजग हुनुभएमा केही नाप्न सक्ने छैनन् ।
नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु भने सन्तोसप्रद रहने छैन ।

 

 

शुरुमा ग्रह गोचर राम्रो छ । प्रतिस्पर्धा गर्नु परे पनि थालेका काममा एकपछि अर्को सफलता मिल्ने छ । सानै प्रयासले पनि ऐतिहासिक कार्य सम्पन्न गर्न सकिने छ । मान सम्मान पनि पाउनु होला ।
कुरा काटनेहरु अचानक प्रसंसा गर्न थाल्ने छन् । विश्वास ठूला व्यक्तिले पनि गर्नेछन् । नोकरि तथा राजनीतिमा सफलता पाउन अलि बढी प्रयास भने गर्नु पर्नेछ । धन मनग्य कमाउने अवसर मिल्ने देखिन्छ ।
घर परिवार तथा मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु सकृय हुनेभएकाले अलि चिन्ता गर्नु पर्ला । पढाइमा सफलता मिल्ने छ । बुद्धिले समयमा काम गर्ने छ ।
सोमबारदेखि ग्रह प्रतिकूल हुने भएकोले स्वास्थ्यमा संकट आउने छ । यात्रा कठिन हुने छ । भेटघाटमा मन उदास हुने योग छ । पहिलो भेटमा नै अरुको आलोचना हुने र खर्च तथा बिबाद बढ्ने छ । काममा अवरोध आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ ।
शत्रुले काममा बाधा पु¥याउन सक्ने भएकाले कामगर्दा संयम हुनु पर्ला ।

 

समय त्यति राम्रो छैन । घरेलु कार्यमा अरुचि बढ्ने हुँदा आटेको काममा सफलता पाउन मुस्किल पर्ने छ । रिसको बेग बढ्ने हुँदा सफलताको लागि धैर्यता अपनाउनु उचित हुनेछ । मनमा चिन्ता बढने छ । विबाद बढने र काममा अवरोध आउने तथा विश्वास गरेकाले धोका दिने भएकाले सजगता अपनाउनुहोला ।
अरुको काम धेरै गर्नु पर्नेछ । जसपाउने सम्भावना कमै छ । मित्र बनेर धोका दिनेहरुदेखि सजग रहनु होला । स्वास्थ्यमा संकट आउने भएकोले खानपानमा विचार पु¥याउनु पर्ला । सोम–मंगलबार मान सम्मान मिल्ने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा गरेका प्रयास फलदाइ हुने छन् ।
व्यापारमा उन्नति राम्रै हुने छ । ढिलै भए पनि भाग्यले साथ दिने छ । नोकरि तथा राजनीतिमा आफ्नु बर्चस्व कायम राख्न सकिने छ । धनार्जन मनग्य हुनेछ अरुको मन जित्न सजिलै सकिने छ । ठूला व्यक्तिले पत्याउने छन् ।

 

 

साताको शुरुमा धैर्यतामा अडिग रहे शुरु देखि नै भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने र मान सम्मान पाउने भएकोले मन हर्षित हुने छ । गरेका कामहरु प्रसंसनीय हुनेछन् । अरुको मन जित्न सजिलै सकिनेछ । पराक्रम बढनुकोसाथै अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ ।
कुरा काटनेहरु प्रसंसा गर्न थाल्ने छन् । काम गर्दा आफैले प्रयत्न गर्नु उचित हुनेछ । व्यापारमा उन्नति हुनेछ । सफलताको लागि संयम रहनु जरुरी छ । मित्र तथा परिबारिक सहयोगले मनोबल बढ्ने र काममा सुधार आउने योग छ । सोम–मंगलबार शत्रु बढ्ने, कुरा काट्नेहरु बढ्ने छन् । लेनदेनमा विबाद बढ्ने छ । काममा अबरोध सिर्जना गर्नेहरु सक्रीय हुने छन् ।
आफन्तहरुबाट टाढा, घर बाहिर रहेर काम गर्नु उचित हुनेछ । गोपनीयतामा जोड दिनु उचित हुनेछ ।

 

साता समष्टिमा राम्रो रहने छ । शुरुमा र अन्त्यमा शत्रु बढ्ने रिसको बेग बढ्ने, स्वास्थ्यमा बाधा र लेनदेनमा विबाद बढ्ने भएकोले आर्थिक कारोबारदेखि टाढै रहनु होला । कुरा काटनेहरु सलबलाउने छन् ।
धनमाल हराउन सक्छ । दाँत र मुखमा पिडा हुनुको साथै विश्वासमा धोका हुने योग देखिए पनि सोम–मंगलबार तथा शुक्रबार पराक्रम बढ्ने र काममा सुधार आउने, मनमा उत्साह बढ्ने योग छ ।
अरुको धेरै गर्नु परे पनि जसपाउने र मनोबल बढ्ने योग छ । उच्च विचार बढने र समयमा निर्णय हुँदा कामहरु धेरै हात पर्न सक्ने भएकाले महत्व पूर्ण काममा दोधारमा नपरी अघि बढनु पर्ला ।
मित्र तथा पारिवारिक सहयोगले भाग्य बलियो हुनेछ । तीर्थयात्रा र पढाइको लागि विदेश जाने अवसर मिल्नुको साथै मान सम्मान पाउने योग छ ।
धन आर्जन पनि हुने छ । ठूला व्यक्तिसित अन्तरसम्बाद गरेर अघि बढ्ने अवसर मिल्ने छ । महत्वपूर्ण अवसरहरु धेरै मिल्ने छन् ।

 

साता समष्ठिमा राम्रो रहने छ । शुरुमा बोलिको प्रभाव अनुकूल रहने छ । परिश्रमले काममा सफलता ल्याउने योग छ । दाम पनि प्रसस्तै कमाउनु होला । भेटघाटमा मन रमाउने छ । पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले एकैसाथ देखाउन सक्ने छन् ।
भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । पढाइमा सफलता पाउनु होला । बुद्धिको उपयोगले सफलताको मार्ग खुलाउन सक्नेछ ।
सोम–मंगलबार गलत विचार बढ्न सक्ने भएकोले संयम भएर निर्णय गर्दा आफनु काममा अधिकार जमाउन सकिने छ । कुरा काटनेहरु बढ्ने छन् । लेनदेनमा विबादको सामना गर्नुपर्ला । शत्रु बढने छन् । रिसको बेग बढ्ने छ । धैर्यतामा जोड दिनु पर्ला बोल्दा विचार गर्नु नित्तान्त जरुरी छ ।

 

समय त्यति अनुकूल नभए पनि शुरुमा मान सम्मान पाउने योग छ । व्यापारमा सुधार आउने छ । भेटघाटमा मन रमाउने छ । पहिलो भेटमानै सहयोगी हातहरु अघि बढ्ने भएकाले धेरै जसो काममा सफलता पाउने योग छ । यात्रापनि होला ।
धनमान प्राप्त हुने योग छ । पढाइमा सुधार आउने छ । अरुको मन जित्न सजिलै सकिने भएकोले सबै काम गर्नु उचित हुनेछ ।
भाग्यले साथ दिने भएकोले सामाजिक क्षेत्रमा पनि राम्रै सफलता पाउनु होला । बुध–बृहस्पतिबार संयम भने हुनै पर्ला । धेरै ग्रह प्रतिकूल पनि छन् । शत्रुले खेदो खन्ने छन् । खर्च पनि धेरै हुने छ । विश्वास गरेकाले धोका दिन सक्छन् । कुरा काटनेहरु अगाडि बढ्न सक्छन् । आफुले गरेको निर्णय आफ्ना लागि नै हानिकारक बन्न सक्छ । स्वास्थ स्वास्थ्यका लागि स्वास्थ्यको पनि ख्याल राख्नु होला ।
सफलता पाउन धेरै प्रयास गर्नु पर्ला । लेनदेनमा विबादको सामना गर्नु पर्ला । शरिरमा चेटपटक लाग्न सक्छ ।

 

 

ग्रह गोचरले राम्रो भए पनि शुरुमा नैराश्यता र उदासिनता र खर्च बढने, विबाद चर्किने र बढने तथा चिन्ता चुलिने योग छ । सबैकाम सहज सरल हुने छैनन् ।
मन बेला बेलामा उदासिन रहने भएकोले मित्र तथा परिबारहरुको सहयोग मिल्ने छैन । झुटा आरोप लाग्ने विस्वास गरेकाहरुले धोका दिने छन् । धनमाल हराउने सम्भावना रहेकोले संयमता अपनाउनु होला ।
सोमबारदेखि बुद्धिको प्रयोगले गर्दा अरुलाई सजिलै आफ्नालागि अनुकूल वाताबरण सिर्जना गर्न सक्नेछ । पढाइमा सफलता पाउने योग भएकोले विचार गरेर अगाडि बढेमा छात्र बृत्ति समेत पाउने र व्यापारमा गरेका प्रयासहरु नराम्रा छैनन् ।
यात्रागर्ने अवसर मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्ने छ । धर्ममा रुचि बढने कर्म बलियो हुने बैदेशिक कार्यमा सफलता पाउने नोकरि तथा राजनीतिमा गरेका प्रयासहरु सकारात्मक हुनेछन् ।
महत्वपूर्ण जिम्वेवारि आफुमाथि आउनेछ । पायको जिम्वेवारि लाइ सजिलै पुरागर्न सकिनेछ । संयम भएर गरेका काम कुरामा खासै समस्या नहोला ।

 

 

 

सातामा संयम भएर काम गर्दा धेरै राम्रो । खर्च बढने छ । विबाद बढने छ । स्वास्थ्य कम्जोर हुने नैराश्यता र उदासिनता बढने तथा शत्रु बढने योगछ ।
रिसको बेग बढ्ने स्वभाव भयकोले धैर्यता अपनाउनु होला । अपर्झट गरिने निर्णयबाट आफ्नु लक्ष पुरागर्न गाह्रो हुनेछ । आफन्तहरुको सहयोग निरन्तर नरहने भयकोले आफन्तहरुबाट नजिक नरहनु बढी उचित हुनेछ ।
बुधदेखि समय अनुकूल बन्न सक्छ अधुरा काम बन्ने तथा नयाँ काम पाउने र व्यापारमा गरेका लागानिहरु फलदाइ रहनेछन ।
यात्रागर्ने अवसर पनि मिल्नेछ । यात्रामा हुने भेटघाटले मन प्रसन्न रहनेछ । पहिलो भेटमानै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले देखाउने छन् । भाग्य बलियो छ, धर्ममा रुचि बढ्ने छ ।
धन मनग्य कमाउने अवसर मिल्ने छ । कुरा काट्नेहरु प्रसंसां गर्न थाल्ने छन् । ठूला व्यक्तिसित अन्तर सम्बाद गर्ने अवसर मिल्ने छ । महत्वपुर्ण काममा सफलता पाउनु होला ।

 

शुरुमा समय अनुकूल छ । प्रयत्न गर्दा धेरै काम बन्ने छन् । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । तपाइको लगनशीलता र इमान्दारिताको प्रसंसा ठूला व्यक्तिले गर्नेछन् ।
बुद्धिको उपयोग गरे अरुबाट प्रसम्सा पाउनु होला । व्यापारमा राम्रै लाभ पाउने योग छ । यात्रा गर्ने अवसर पनि मिल्नेछ ।

प्रेमको यात्रामा प्रसन्नता बढ्ने छ । कर्म बलियो छ । सोमबार देखि आफनु बुद्धिको प्रयोग गरेर पनि अवजस प्राप्तीको सम्भावना बलियो छ । अरुको मन जित्न सजिलै सकिनेछैन ।
पढाइमा गरेका प्रयास निस्फल रहने छन् । कुरा काटनेहरु बढ्न थाल्ने छन् । ग्रहले साथ नदिने भएकोले खर्च बढने, विबाद बढ्ने काममा समस्या जटिल बन्ने योग छ । सोचेर अघि बढ्नु उचित हुनेछ ।
सामाजिक कार्यमा अपजस आउने भएकोले मन दुःखी हुने छ । आफन्तहरुबाट आलोचना हुने, परिबारको गुनासो बढ्ने भएकोले ध्यान दिनु पर्ला । आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु राम्रो हुनेछ ।

 

 

साता समष्टिमा सुन्दर छ । शुरुमा परिश्रमले काम बन्ने र दाम कमाउने अवसर मिल्ने भएकोले आफ्नु प्रभावले अरुको मन जित्न सकिने छ ।
रोकिएका काममा सफलता मिल्ने छ । मान सम्मान पाउनु होला । सभा–सम्मेलनमा संलग्न भइ आफनु विचार राख्ने अवसर मिल्ने छ । पराक्रम बढने छ । काममा सफलता पाउनाले मन हर्ष हुने तथा धेरैले यो ज्यानलाई भरोसा पनि गर्ने छन् ।
कुटनैतिक कार्य गर्ने अवसर मिल्ने छ । व्यापारमा सफलता पाउनु होला । यात्रामा रमाइलो अधिकतम हुने देखिन्छ । भेटमा रमाउने योगका साथै सहयोग प्रेम गर्न तत्पर हुनेहरुले साथ दिने छन् ।
त्यसैले महत्वपूर्ण कामका साथै प्रेम गर्नका लागि विचार गर्न सकिन्छ । बुधबारदेखि खर्च बढ्ने, विबाद बढने स्वास्थमा समस्या आउने गलतविचारले सताउन सक्ने भयकोले धैर्यता अपनाउनु होला । लेन देनमा अघि नबढ्नु राम्रो हुनेछ ।

 

 

समयको शुरुमा सोच्ने शक्ति कम्जोर हुने भएकोले समयमा निर्णय नहुँदा काममा अवरोध आउने भएकोले धैर्य गर्नु होला । पढाइमा सफलता पाउन गाह्रो छ । आइतबारदेखि समय बलियो छ । ग्रह गोचरले साथ दिने परिश्रमले साथदिने भएकोले त्यसैलाई उपयोग गर्नु उचित हुनेछ । सामाजिक क्षेत्रमा बढीयाँ सम्मान पाउनु होला । अरुको विश्वास जित्न सकिने छ । नोकरि तथा राजनीतिमा गरेका प्रयास एकदमै फलदाइ रहने छन् । गरेका काम खर्चिला देखिए पनि लाभ पाउन गारो पर्ने छैन । परिश्रम गर्नु परेपनि मान सम्मान पाउने र सभामा सम्मानजनक उपस्थिति रहने तथा भोजभतेरमा संलग्न भै आफना विचार राख्न सक्षम हुने योग छ । व्यापारमा सफलता मिल्ने छ । यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउने छ । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाकाम पाउने योग छ । प्रेम गर्ने अवसर जुर्नेछ बैबाहिक बन्धनमा बाँधीने योग ज्यादै नै बलियो देखिन्छ ।