“नेपाली पुरस्कारको इतिहास” भित्र  -विश्व बन्धु भण्डारी 

 

‘पुस्तक समीक्षा’

 

मानिसले गर्ने जुनसुकैपनि काम कठिन हुनु स्वभाविक हो नेपाली कृतिहरुको ऐतिहासिक सृंखलामा “नेपाली पुरस्कारको इतिहास” नामक बृहत आकारको ग्रन्थ पाठकको हातमा आएको छ । डिल्लीराम मिश्रले नेपाली पुरस्कारको इतिहास पुस्तक लेखेर तमाम बौद्धिक जगतका अन्बेषक एवं अनुसन्धानकर्ता भावि पुस्ताको लागि निकै ठुलो पुजि बनेको छ १२४६ पृष्ठ लामो ग्रन्थ तयार पार्न सानो मिहिनेत र परिश्रमले सम्भव हुने कुरै थिएन जुन कठिन कार्य विद्धान लेखक मिश्रले पुरा गरेर भावि पुस्ता सम्मका लागी अप्राप्य सम्पति प्रदान गरेर गुण लगाउने काम गरेका छन पुस्तकको भुमिकामा प्रा.डा बासुदेब त्रिपाठीबाट लेखकको कृतिका ’boutमा विहङ्गम प्रकाश पार्ने काम भएको छ ।

भुमिका बाटै प्रा.डा त्रिपाठीले लेखक मिश्र ले चारदशकको अविरल यात्रामा नेपाली साहीत्यको इतिहासमा कति धेरै इट्टा थप्न सफल भए भन्ने कुरा पाठकले सहज रुपमा बुझ्न कठिन हुने छैन पुस्तक र लेखक मिश्रका लेखनीय योगदान का ’boutमा प्रा.डा त्रिपाठीको भुमिका नै यथेष्ट छ । नेपाली पुरस्कारको इतिहासको विविध क्षेत्रका सृंखला र पुरस्कार स्थापना गर्ने संघ संस्था एवं व्यक्ति व्यक्तित्व विषेशको पुरस्कार स्थापनाको सन्र्दभ र पृष्ठभुमिलाई पुस्तकले यथेष्ट रुपमा समेटने प्रयास गरेको छ ।

साथ साथै पुरस्कार प्राप्त कर्ताहरुको यावत पृष्ठभुमिलाई एउटै पुस्तकमा समेटेर पुस्तक स्थापना गर्ने संघ संस्था पुरस्कार प्राप्त गर्ने व्यक्ती विषेश हरुले मुलुकमा  के योगदान पुऱ्याएको हो इतिबृतान्त पुस्तकले समेटेको छ । पुस्तकमा विश्व कवि रबिन्द्रनाथ टैगोर देखी अहिले सम्मका नवोदित प्रतिभाहरुले विधागत रुपमा प्राप्त गरेका पुरस्कारको छोटकरि विवरण सहित पुरस्कार स्थापना कर्ता र प्राप्त कर्ता समेतको झण्डै सातसय तस्विरहरु पुस्तकमा परेका छन तस्वीरहरुमा कविशिरोमणि लेखनाथ पौडेल  पृथ्वी प्रज्ञा पुरस्कारद्धारा सम्मानित बालकृष्ण सम प्रथम महिला प्राज्ञ तोया गुरुङ कविबर केदारमान व्यथित  विजयकुमार पाण्डे झमक घिमिरे जीवन काडाकी फुल लोक गायक झलकमान गन्र्धव उत्कृष्ट गायिका हरी देवी कोइराला महाकवि लक्ष्मी प्रसाद देवकोटा जनकवि केशरी धर्मराज थापा कविवर धरणिधर कोइराला राप्ती साहित्य परिषद्का पुरस्कार संस्थापक नारायण प्रसाद शर्मा दाङ स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य प्रा.डा. बासुदेव त्रिपाठी, स्वामी डा. प्रपन्नाचार्य, नरबहादुर भण्डारी सिक्किम भूगोलविद्, डा. हर्क गुरुङ  लगायतका तस्बीरहरु पुस्तकमा छापिएका छन् ।

 

पुरस्कार प्राप्त कर्ताहरुको हजारौं नामभित्र वरिष्ठ पत्रकार हरिहर विरही, वरिष्ठ पत्रकार माधव शर्मा (हाल राष्ट्रपतिका प्रेस सल्लाहकार), विश्वबन्धु भण्डारी, पोखराका पत्रकारहरु केशव पराजुली, भूपनिधि पन्त, तिलकमान गवाजु, कृष्ण बास्टोला लगायतका नाम प्रकाशित छन् । पुस्तकको भुमिकामा बासुदेव त्रिपाठीले लेखक मिश्रका २०४३ साल यता गोरखा पत्र दैनिकदेखि विभिन्न दैनिक साप्ताहिक र अन्य पत्रपत्रिकाहरुमा समसामयिक सन्र्दभमा के कति लेख रचनाहरु प्रकाशित भए भन्ने विषयको बृतान्त समेटिएको छ ।  पुस्तकमा प्राज्ञ.डा जग्मान गुरुङको शुभकामना, इतिहास केन्द्रीय विभाग त्रिविका प्रा.डा. सुरेन्द्र के.सी.ले नेपाली बाङमयमा पृथक सम्पत्ति भनेर सात पृष्ठ लामो वर्णन लेख्नुले पनि पुस्तकको उचाई र गरिमा निकै माथि रहेको छ ।

 

पुरस्कारको परिभाषा तथा समाज रुपान्तरणमा पुरस्कारको भूमिका शीर्षकबाट सुरु भएको पुस्तकमा लेखकले “नेपाली शब्दकोशले आत्मसात् स्वरुप परिभाषित र व्याख्या गरेको पुरस्कारको शब्दको अर्थ–अगाडि ल्याउनु, आदर सम्मान गर्न दिइने वस्तु, पारितोषित नै पुरस्कार हो” भनिएको छ । पुस्तकमा १४१ अध्याय समावेश रहेका छन् । उप अध्यायहरु ७८४ रहेका छन् ।

 

पुस्तकमा अहिलेसम्मका पुरस्कारहरुलाई अधिकांश समेट्ने प्रयास लेखकले गरेको पुस्तक अध्ययनबाट बुझ्न सकिन्छ । उदाहरणका लागि मदन पुरस्कार गुठी साझा पुरस्कार  लोक साहित्य पुरस्कार  मोफसलको पहिलो साहित्यिक संस्था रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार, युग कवि सिद्धिचरण श्रेष्ठ पुरस्कार, युद्धप्रसाद मिश्र स्मृति पुरस्कार त्यस्तै प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारसमेत ९ वटा विधागत पुरस्कारहरु विज्ञान तथा प्रविधितर्फ रोनास्ट–नाष्टाका पुरस्कारतर्फ १३ वटा विधागत पुरस्कार, दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, पोखरा, नेपाली लोक जीवनका अभियान्ता अलिमिया वाङ्मय प्रतिष्ठान पुरस्कार, त्रिमूर्ति निकेतनका पुरस्कारहरु, लेखनाथ काव्य पुरस्कार, बालकृष्ण सम पुरस्कार, देवकोटा काव्य पुरस्कार, त्रिमूर्ति पुरस्कारलगायत जन नेता मदन भण्डारी कला साहित्य प्रतिष्ठानका पुरस्कार, मदन भण्डारी राष्ट्रिय पुरस्कार, वि.पि. कोइराला जन्म शताब्दी पुरस्कार, नेपाली पत्रकारिता क्षेत्रका नेपाल पत्रकार महासंघका पुरस्कारहरु कृष्णप्रसाद पत्रकारिता पुरस्कारलगायत पुष्पलाल राष्ट्रिय पुरस्कार, नेपालको पर्यटकीय पद यात्राको विकास र टानका पुरस्कारका विविध विधाहरु पुस्तकले समेटेको छ ।