माइली

 

नेपालको कुनै गाउँ घरतीर भएको भए उसको वोलाउने नाम माइली हुन सक्थ्यो । यो जरुरी त थिएन, तर उसको घरमा पुगेपछि मेरो मनमा यही विचार आएको थियो ।

थ्याङ्क्स गिभिङ डेमा उसैको निमन्त्रणामा गएपछि उसको परिवारको वारेमा केही जानकारी पाएको थिए । तीन दिदी वहिनी र एक भाइमा उ माहिली थिइ । मैले उसलाई यो कुरा भनेको पनि थिए । जवाफमा कियानाले हास्दै भनेकी थिइ–मेरो घरमा र साथीभाइले वोलाउने नाम त किकी हो । यो उसको नाम र थरको पहिलो दुई अक्षरको समिश्रण थियो ।

 

तर उसको वानी, स्वभाव भने मेरो अनुमानभन्दा विपरित थियो, वा भनौ मेरो अनुमानबाट धेरै धेरै पर कतै मेल हुनै नसक्ने गरी ।

 

उसमा मैले दुईवटा स्वभाव देखेको थिए । कहिले निकै चञ्चल परिवारको कान्छो सदस्य जस्तो अनी कहिले निकै गम्भिर सानो उमेरमै जिम्मेवारी वहन गर्नु परेको परिवारको जेठो सदस्य जस्तो ।

 

मैले उसलाई यी दुबै अवस्थामा पटक पटक देखेको थिए र त्यसैले मलाई उसको स्वभाव ’bout अनुमान लगाउन निकै कठिन भएको थियो । उसलाई एउटा चञ्चलता लुकाएकी गम्भिर युवती भन्ने अथवा गम्भिरताले भरिएकी चञ्चल युवती ! उसमा यी दुवै गुण मैले पटक पटक देखेको थिए ।

 

उसले ख्याल ठट्टा पनि गर्थी । विदाका वेलामा आफ्ना सङ्गीहरूसँग मलमा आउदाको उसको व्यवहार पूर्ण रुपमा एउटा उन्मुक्त युवतीको झै हुने गथ्र्यो । मलमा साथीहरूसँग जिस्किदै यता उता दुगुरेको देख्दा मलाई अचम्म लाग्थ्यो । अनी फेरी गम्भिर हुदै मोवाइलमा आफ्नो वुवालाई नै घरको मूलीले झै निर्देस दिएको पनि देखेको थिए । ट्रक चालक उसको वुवा साताको तीन–चार दिन घरबाट वाहिरै हुन्थे । त्यस्तो अवस्थामा उसले औषधी समयमा खाए नखाएको वारेमा जानकारी लिने गर्थी । रक्सी धेरै नखान उर्दी जारी गर्थी । अनी घर आएर समयमा सुत्नका लागि पनि भन्ने गर्थी ।

 

उ आफै पनि धेरै स्वस्थ भने थिइन । मलमा आउदा औषधिको पोको लिएर आउने गर्थी । उसलाई खै के हो विमारी भएकोले त्यसको औषधीका कारणले रक्तचापको औषधी पनि खानु पर्ने र दुवै थरीको औषधीका कारणले होला सुगर पनि वढेको बताउथी । खाने कुराको प्रसङ्ग चल्दा मैले यो खान हुन्छ यो हुदैन भनेर पटक पटक भन्ने गर्थी । अनी एक पटक मैले उसलाई सोधेको थिए–तिमिलाई त जे विमारी पनि भएको भन्छ्यौ । त्यसो भए त तिमिलाई कुन रोग लागेको छैन भनेर पो सोध्नु पर्ने हो की !
उसले हास्दै जवाफ दिएकी थिइ–सायद क्यान्सर !

 

एक पटक अझ उसको शरिरको गहन जाँच गराउन वाकी नै रहेको उसले वताएकी थिइ ।
‘पैसा अली धेरै लाग्छ, त्यसैले । म त भरखरी काममा लागेकी छु । पैसा जम्मा गर्छु अनी ।’ उसको कुरा सुनेर मैले अचम्म मान्दै सोधेको थिए–किन तिम्रो वुवाको कमाइ त्यतिका छ, अनी वुवासँग मागे हुदैन र ?

 

जवाफमा उसले आफ्नो उपचार आफ्नै पैसाले गर्ने वताएकी थिइ ।

 

हुन पनि उसको यो गजवको वानी थियो ।

 

आम अमेरिकी जस्तै उसलाई पनि कफी चाहिन्थ्यो । तर एक दिन पैसा नभएको कारण कफी खान नपाएको वताइ । मैले म किनिी दिउला नी भन्दा मानिन, आफूसँगै काम गर्ने अर्की साथीले किनिदिन खोज्दा पनि मानिन ।

 

उसको यस किसिमको स्वभाव देखेर मलाई अचम्म लागेको थियो ।
तर उसको दिदीको स्वभाव भने निकै विपरित थियो । पहिलो पटक उसको दिदी, वहिनीलाई मैले उसको घरमा देखेको थिए । हातमा नसल्काएको चुरोटको खिल्ली लिएर भित्र वाहिर गर्दैै गरेकी उभन्दा अली पाकी उमेरकी अनी ठूलो जिउडालकी एउटी युवतीलाई देख्नासाथ मैले यो उसको दिदी हुनु पर्ने अनुमान गरेको थिए । त्यसपछि पनि उसको दिदीसँग मलमा धेरै पटक कुराकानी भएको थियो । उसको स्वभाव कियानाभन्दा निकै फरक थियो । कुनै वन्देज नभएकी आफ्नो स्वतन्त्रतालाई मस्त पारामा उपयोग गरिरहेकी स्वच्छन्द युवती थिइ उ । उसमा मैले कियानामा जस्तो गम्भिरता कहिले पनि देखिन ।

 

अनी एक दिन मैले कियानालाई धेरै पटक सोध्न चाहेको प्रश्नको जवाफ मैले नसोधी किनै उसकी दिदीले दिएकी थिइ ।

 

‘वुवासँग त कियाना मात्र वस्ने हो नी । हामी (उसकी कान्छी वहिनी र भाइ) त वेग्लै वस्छौँ आमासँग ।’

उसको घरम गएको दिन मैले त्यहाँ उसको आमा भएको कुनै चिन्ह देखेको थिइन । त्यतिबेला यो कुरा तर्फ त्यति ध्यान गएको थिएन । तर त्यस दिन उसको दिदीले खुरा खुलाएकी थिइ ।

 

कान्छो छोरो जन्मेको केही समयपछि कियानाको आमाले अर्कैसँग घरजम गरेकी रहिछन् । कियाना मात्र आफ्नो वुवासँग वस्दै आएकी रहिछ । अनी उसका दिदी वहिनी र भाइ चाही आफ्नो घरभन्दा लगभग ३५ माइल पर रहेको अर्कै सहरमा वस्दा रहेछन् । मेला पर्वमा आफ्नो वुवाको घरमा हुने जमघटमा आउने गर्दा रहेछन् ।

 

अनी एक दिन कियानाले समेत यस वारेमा भनी । आफूलाई हुर्काउन वुवाले विहे समेत नगरेको उसले वताइ ।

 

‘मैले त धेरै पटक साथी खोज्न भनी सके,तर मान्ने होइन ।’ कुराकानीका क्रममा उसले भनेकी थिइ ।
आफ्नो आमाको वारेमा कुरा गर्दै उसले एक पटक भनेकी थिइ–आमाले वुवालाई किन छाडेको मलाई थाहा छैन र म सोध्दा पनि सोध्दीन । तर कहिलेकाही वावु आमाले आफ्नो खुसी मात्र हेर्दा सन्तान अप्ठेरो स्थितिमा पर्दा रहेछन् । आफूलाई जन्म दिने आमालाई सम्मान नगर्ने कुरै भएन । तर म त्यहाँ (उसको आमाको घरमा) त्यति जाँदीन ।

 

उसले हरेक १५ दिनमा आमाको घरमा जाने एउटा नियम नै वनाएकी थिइ । तर त्यहाँ उ विहान गएर वेलुका फर्कने गर्थी ।

 

अनी एक दिन कुरै कुरामा मैले तिमी ठूलो भएर के वन्ने भनेर सोध्दा जवाफमा भनेकी थिइ–स्वभावमा भन्ने हो भने म ठूलो भएर आफ्नो वुवा जस्तो हुन चाहन्छु । मेरो स्वभाव मेरो वुवाको जस्तो होस !