दशैंमा सगरमाथाको पदयात्रा

–चक्र कार्की

 

 

साहसिका लागि चुनौतिको खेल मैदान हो सगरमाथा । विश्वको तेस्रो ध्रुव हो सगरमाथा ।
टाढैबाट उत्साही बनेर हेरौं सर्वोच्च शिखर सगरमाथा । सगरमाथाको दर्शन गर्दा अरु धेरै चुचुरा पनि देख्न पाइन्छ ।

सुन्दरता हेर्नका लागि हो, गिजोल्नका लागि होइन !
सगरमाथा पदयात्रामा कसरी जाने ? कति दिनमा पुगिन्छ ? धेरै मानिसलाई यसले पिरालिरहेको छ । आउनु होस्, त्यही पिरोल्याइलाई मत्थर पारौं ।

टासीदेले (नमस्ते) ! सगरमाथापदमार्गमा अधिकांश होटलका दैलामा लेखिएको छ । पाहुना बनेर सगरमाथा पदयात्रामा जा“दा पाउने शेर्पा सत्कारलाई कुनै पनि पर्यटकले भुल्न सक्दैनन् । पाहुनालाई खादाको बिदाई पनि उत्तिकै अबिस्मरणीय हुने गर्छ ।

सगरमाथा पदयात्रा गर्ने धोको कस्ले पो बोकेको हुंदैन र ? जीवनमा कम्तिमा एक पटक सर्बोच्च शिखर, नसके बेसक्याम्प र त्यो पनि नसके सगरमाथालाई आफ्नै खुल्ला आ“खाले हेर्ने सपना हरेक मानिसले सा“चेर बसेको हुन्छ । साहसीको दुनिया“मा रमाउनेका लागि सगरमाथा पदयात्रा एउटा सपना गन्तब्य हो । हो , यो लेखमा त्यही सपनाको गन्तब्य’bout खोतल्न लागिएको छ ।

 

सगरमाथाको चर्चा

संसारभर सगरमाथाको चर्चा सन् १९५३ मा यसको पहिलो सफल आरोहणपछि शुरु भएको हो । न्यूजिल्याण्डका आरोही सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले सफलतापूर्ण सगरमाथाको आरोहण गरेपछि यो चर्चा विश्वभर चुलियो । त्यसयता लगातार सगरमाथाले संसारकै ध्यान तानिरहन सफल भएको छ । सात समुन्द्रपारीका मान्छे बर्षौंको योजना उनेर सगरमाथा पदयात्रामा आइरहेका छन् ।

साहसिकका लागि सगरमाथा चुनौतिको खेल मैदानमा परिणत भएको छ । पदयात्रीका लागि भने ‘सुन्दरता हेर्नका लागि हो, गिजोल्नका लागि होइन’ भनेझैं टाढैबाट उत्साही बनेर हेर्न सकिने शिखर हो ।

सगरमाथा विश्वको सर्वोच्च शिखर मात्र होइन, यो उत्तरी र दक्षिणी ध्रुवपछि सबैभन्दा धेरै फ्रेस वाटर जम्मा हुने ठाउ भएकोले सगरमाथालाई पृथ्वीको तेस्रो ध्रुव भनेर पनि संबोधन गरिन्छ ! स्वीस भुगोलबिद तथा पर्वतारोही मार्खेल क्रुुजले सन् १९३३मा सगरमाथालाई पहिलो पल्ट तेस्रो ध्रुव भनेका थिए ।

शिखरको मज्जा चुमेर मात्र लिनुपर्छ भन्ने छैन । सगरमाथा पदयात्रा बिश्वको आइकोन हो ।

सगरमाथा पद यात्रालाई खुम्बु पदयात्रा पनि भनिन्छ । खुम्बु शेर्पाको बासस्थान हो ।

शेर्पाको पुरानो शैली यस पदयात्रामा देख्न पाइन्छ । बिश्व बजारमै टे«किङको जननी नेपाल हो भनेर मानिन्छ । सन् १९६५ मा बेलायती कर्णेल जिमी रोबर्ट्सले नेपालबाट टे«किङको शुरुवात गरेका हुन् । त्यसैको निरन्तरता हो, अहिलेको पदयात्रा ।

सगरमाथा बिगत छ दशकदेखि उत्तिकै चर्चा र आर्कषणको केन्द्रबिन्दुमा छ ।

हिंउको थुप्रो ‘आइसल्याण्ड’ वा समुद्री सतहमा बस्ने मान्छेदेखि साना—साना हिमाली काखमा बस्ने पनि सगमाथा पदयात्राका उपभोक्ता हुन् । जीवनमा ननिदाई देखिने सपना बनिरहेको छ सगरमाथा पदयात्रा र निरन्तर सबै महादेशका पर्यटक संसारकै तेस्रो ध्रुब भनिने सगरमाथामा आइरहेछन् ।

सगरमाथा पदयात्रामा कसरी पुगिन्छ ? अहिले पनि उत्तिकै मानिसलाई पिरालिरहेको छ । आउनु होस्, त्यही पिरोल्याइलाई मत्थर पारौं ।

सके सगरमाथाको शिखर र नसके पनि त्यसको फेदीसम्म यात्रा गर्ने बिषयमा गफिऊ !

सगरमाथाको जानकारी

सगरमाथा आउने बिदेशी पर्यटक÷पदयात्री सगरमाथा पुग्ने सबै जानकारी बिदेशमै बिभिन्न पुस्तक÷पत्रपत्रिका पढेर, सिनेमा÷डकुमेन्ट्री, तस्वीर÷रोचक जानकारी र आवश्यक जानकारी अध्ययन गरेर आउ“छन् ।

यद्यपि, सबैले उत्तीकै राम्ररी जानकारी लिएका हुन्छन् भन्ने भने हुंदैन ।

तर हामी नेपालीको बानी बेहारा भने विदेशी पदयात्री भन्दा भिन्न छ । हाम्रो यात्रा गर्ने बानी पनि कमै छ । अरु नै कुरामा रम्ने शैली र बानी बेहोराले पनि यसलाई प्रभाब पारेको हुनसक्छ ।

तर नयां पुस्ता भने घुमफिरमा रमाउने गरी हुर्किरहेको छ । त्यसैले हाम्रो समाज र घर परिवारमा घुम्नेडुल्ने बानी बसाल्ने हो भने पदयात्रा र पर्यटन बुढो र नयां पुस्तालाई जोड्ने नयां जोर्डन हुनसक्छ ।

 

 

 

पदयात्राको मुलुक

सगरमाथा पदयात्रा अन्तर्राष्ट्रिय जगतमा चिनाउनै नपर्ने गन्तब्य हो । यो राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय गन्तब्य हो । त्यसैले यो महत्वपूर्ण र स्तरीय गन्तब्य हो ।

नेपाल बिदेशतिर सस्तो गन्तब्यका रुपमा बढी परिचित छ । तर सामान्य नेपालीका लागि भने अझै पनि यो मह“गो सोखको रुपमा स्थापित छ । पर्यटनलाई आमनेपालीको पहुंचमा पु¥याउनु पर्यटन ब्यवशायीहरुका लागि चुनौति हो ।

थोरै दिन लगाएर सगरमाथा यात्रा गर्नेहरुको लागि काठमाडौंबाट आधा घण्टाको उडानमा लुक्ला बिमानस्थल पुगेपछि सगरमाथा पदयात्रा शुरु हुन्छ । तर फुर्सदले पदयात्राको अधिकतम लाभ लिएर मनोरंजन गर्दै गाडीमा दोलखा पुगेर जिरीबाट यात्रा शुरु गर्न सकिन्छ ।

तपाइ“स“ग दुई बिकल्प छन् । तपाई कुन छान्नु हुन्छ ? यो तपाईमै निर्भर छ । पदयात्रीको रोजाई नै उसको खुशी हो ।

समय कम र यात्रा धेरै गर्ने हो भने लुक्लाको साहसिक र रोमाञ्चकारी हवाइजहाज उडानलाई छान्नुस् । होइन, समय छ र प्रथम आरोहीहरुले ठम्याएको बाटोबाट पदयात्रा गर्ने हो भने जिरी भएर सगरमाथा जाने पदमार्ग पहिल्याउन सक्नु हुन्छ ।

नेपाल कस्तो छ ? यहांका मानिस कसरी जीवनयापन गरिरहेका छन् ? कस्तो संस्कृति छ ? कस्ता बनस्पति छन् ? नदी नाला र झरनाको आवाज सुन्दै चराचुरुंगी र पुतलीहरुको नांच हेर्न चाहनु हुन्छ भने जिरीलाई प्रस्थान विन्दु रोज्नु होस् ।

सन् १९५३ मा तेन्जिङ र हिलारी पनि जिरीकै बाटो भएर सगरमाथा शिखर पुगेका थिए । हिलारी हिडेको त्यो बाटो सगरमाथा पदयात्राको ऐतिहासिक मार्गमा परिणत भएको छ ।

सगरमाथा प्रवेशद्वार

पछिल्लो समय काठमाण्डौंबाट एकै पटकमा हवाइ जहाज वा हेलिकोप्टरबाट सगरमाथाको प्रबेशद्वार लुक्ला पुग्ने र यात्रालाई अगाडि बढाउने यात्रीहरु बढिरहेको पर्यटन ब्यबसायीहरु बताउ“छन् ।

तल्लो सोलु अर्थात दोलखाको जिरी भएर सगरमाथा पुगिने बाटो केही लामो छ । पर्यटनको स्वाद दोलखा, रामेछाप, ओखलढुंगा र सोलुका स्थानीयले पाउने छन् । लुक्ला भएर जाने पर्यटकले त्यो स्वाद पाउन सक्दैनन् ।

जिरी हुंदै पदयात्राको बाटो रोज्नु भयो भने बिभिन्न संस्कृति, भाषा , बन्यजन्तु, लालीगुरा“सका प्राकृतिक बगैंचाको रोमाञ्चकारी दृष्य हुने छन् ।

अनुपम हिमाली दृष्य पदयात्राको थप मज्जा हो ।

जिरीबाट २१ दिनको सुस्तरी पदयात्रा गरेपछि सगरमाथाको आधार शिबिर पुगेर फर्किन सकिन्छ । पहिला त एक महिना लाग्दथ्यो, एक पर्यटन ब्यबसायीले भने । अहिले पदमार्ग सजिलो भएकाले छोटो भएको छ ।’

अब कुरा गरौं, लुक्लासम्म उडान भरेर जाने पदयात्रीको । समयको बचत, सजिलै हिमाली क्षेत्रमा पुगिने हवाइ मार्ग पछिल्लो समयमा धेरै पदयात्रीको छनौटमा परेको छ ।

सगरमाथा पदयात्रा नै नेपाल आउने धेरैजसो पर्यटकको रोजाईमा पर्नुको कारण अरु होइन, सगरमाथा त्यहीं भएकोले नै हो । सगरमाथा क्षेत्रको अर्को विशेषता हो सर्वोच्च शिखर मात्र होइन, अरु अग्ला हिम शिखर पनि बग्रेल्ती हेर्दै तिनैलाई छिचोल्दै पदयात्रा गर्नु पर्छ । अर्थात धेरै हिमाललाई आ“खै अगाडि नहेरी सुख्खै छैन !

संसारकै सबैभन्दा अग्लो शिखर भएकोले पनि सगरमाथा क्षेत्रको पत्रयात्रा संसारभरकै पदयात्रीहरुको प्राथमिकतामा पर्छ । त्यसैले पदयात्राको सिजनमा यहां अत्यधिक पदयात्री पुग्छन् ।

तर सगरमाथा क्षेत्र पुग्ने मोटर बाटो नभएकोले यहां खपत हुने सामान मानिसले बोकेर अथवा हवाइजहाज वा हेलिकोप्टरमा हालेर लैजानु पर्छ । यो क्षेत्र मह“गो बसोवास, खानपान र अन्य सुविधाको लागि महंगो छ । त्यसैले पदयात्रामा जानेको गोजी मोटो चाहिन्छ ।

गोजी पातलो भए सगरमाथा क्षेत्रमा त्यो चा“डै प्वाल पर्छ ।

सगमाथा आधार शिबिरसम्म पदयात्रा गर्ने भए खल्तीमा पचास हजार हालेर हिड्नुपर्छ । जति कम गर्दा पनि संसारको छानो अर्थात सबैभन्दा अग्लो क्षेत्रमा न जहाजको भाडा सस्तो छ नत भरियाको नै । ’cause उच्च भूभागमा जाने जहाजले जति तेल खान्छ त्यतीनै भरियालाई गुजारा गर्न पनि यो क्षेत्र सस्तो छैन ।

 

 

 

हाइ अल्टिच्युडको ग्रामर

बिदेशीले पदयात्रामा जुन तरीका अपनाउछन्, नेपालीलाई किन त्यस्तो ढांचा गर्नु प¥यो र ? धेरैले यसै भन्छन् । तर यहीनेर धेरै नेपाली यसैमा चुक्न पुग्छन् । विदेशीले भन्दा ठूलो क्षति नेपालीले नै बेहोर्नु पनि परिरहेको छ ।

कारण ? कारण के भने उच्च भूभागको भुगोल र जलवायुले न नागरिकता हेर्छ नत पासपोर्ट नै । जति उकालो चढ्यो, हावामा अक्सिजनको मात्रा कम हुन्छ । अत्यधिक चिसोले न्याना लुगाफाटा खोजी हाल्छ । पदयात्राको ग्रामर सबैलाई एउटै हो ।

शरीरले अरु बेला भन्दा बढी खानेकुरा पदयात्रामै खोज्छ । धेरै टाढादेखि मानिस वा याकलाई बोकाएर लगिएकोले खाद्यान्नको मूल्य भन्दा कैयौं गुना पैसा सामान बोक्न लाग्ने गर्छ ।
काम गर्ने मानिस पनि धेरै नै महंगो खर्च गरेर मात्र त्यहां टिक्न सक्छन् ।

न बन, न खेतीपाती र न उत्पादन ! बाहिरबाट बेसाएका कुरा खोजेको बेला पाउनु पनि भाग्यमा लेखेरै आउनु पर्छ ।

कता जाने ?

हवाइ जहाजमा लुक्ला उडान भरेर जाने पर्यटकरुले नाम्चेबजार पुगेपछि कता जाने भनेर गन्तब्य रोज्न सक्छन् । हाइ अल्टिच्यूड पचाउन नाम्चेबजारमा दुई रात बस्नु अनिबार्य छ ।

दुई रात बसेपछि आरोहीहरुको गाउ“ थामे , नाङपालासम्म पदयात्रा गर्ने र रेन्जोला पास गरेर गोक्यो तालतर्फ लाग्न सकिन्छ ।

मनोरम हिमताल गोक्योले पर्यटकलाई लोभ्याउ“छ । गोक्योमा एक रात बसेर गोक्योरी चुचुरो चढन सकिन्छ । पा“च घण्टा हिडेपछि ५ जार ३ सय ६० मिटर उचाईको गोक्यारीमा पुगिन्छ ।

सगरमाथामा सूर्योस्त हेर्नका लागि जाने पर्यटकहरुको गोक्यारीमा घुइ“चो नै लाग्छ । जहा“बाट सगरमाथा ,मकालु, ल्होत्से, नुप्से, आमादब्लम, थामसेर्कु हिम शृखलाहरु देखिन्छन् ।

५ हजार ५ सय मिटर ऊचाइ“को रेन्जोला पास पनि त्यत्तिकै अर्को मनोरम गन्तब्य हो । गोक्योमा झमक्क सा“झ परुन्जेल बसेर धित् मरुन्जेल फोटो खिचेर फर्कर्नुको मज्जै अर्कोछ ।

गोक्यो सगरमाथा पदयात्रामा पर्ने आकर्षक गन्तब्य हो । यहा“बाट चोला पास गरेर आधार शिबिरतर्फ मोडिन सकिन्छ । त्यसो त थाङ्नाकको उकालो कम साहसिक र रोमाञ्चकारी छैन ।

जोङलाको याक फार्ममा पुगेर चौंरीगाईको दूध खाएर यात्रा अघि बढाउने अबसर मिल्छ ।

थामे भएर तिब्बतको सिमाना नाङपालासम्म पदयात्रा गर्दा साहसिकता शब्दको जति बर्णन गरे पनि अपुरो रहन्छ ।

सगरमाथाका सहस्रबिन्दू

मानिसहरु भन्ठान्छन्, सगरमाथामा त्यै टाकुरो हे¥यो । फक्र्यो । तर सगरमाथा हिमालहरुको त्यस्तो मीयो हो, जहांबाट सहस्र ठाउ शुरु हुन्छ । अरु सय ठाउको मिलनविन्दू पनि हो सगरमाथा !

थामेबाट दोलखाको टासीलाप्चा पास गरेर रोलवालिङतर्फ पनि मोडिने पदयात्री आउ“छन् । नाम्चेबाट सिधैं सगरमाथा आधारशिबिर मोडिने पदयात्री पनि कम हुंदैनन् ।

सगरमाथा आधार शिबिर नाम्चे बजारबाट सात दिनको यात्रामा पुग्न सकिन्छ । लुक्लाबाट १५ दिनको पदयात्रा गरेपछि सगरमाथाफेदीमा पुगेपछिको मज्जा बेग्लै हुन्छ ।

बाटामा देखिने हिमाली बन्यजन्तु, उच्च हिमाली बनस्पति, जीवन शैली, ल्याण्डस्केप अनि नाकैमा देखिने हिमालको त कुरै अर्को !

हालै ग्वांटेमालाबाट आएको एक जोडी पदयात्रीले उन्मत्त भएर ब्यक्त गरेका शब्दहरुलाई उल्लेख गर्नु सान्दर्भिक होला ।
स्वर्ग भनेकै यही हो । मानवले देख्दा मनै बहलाउने र आनन्द तुल्याउने थलो नै स्वर्ग होइन र ?

कसैले नदेखेर बर्णन गरेको स्वर्ग त अमूर्त हो ! दुबै एकछिन टक्क अडिए, भाव विह्वल बनेर खुशीको आंशु झार्दै भन्न थाले ।

हो, त्यही स्वर्गमा पदयात्रा गर्ने धोको बोकेर असोज–मंसीर र चैत–वैशाख महिनामा सगरमाथा आउने विदेशीको लर्को नै लाग्छ ।

तपाईको भाग्य छ भने, दुर्लभ हिउ“ चितुवा पनि देख्न सकिन्छ । रातो पाण्डाले त धेरै ठाउमा तपाईको स्वागत गर्छ । फोर्चेमा पदयात्रा गर्नु भयो भने डा“फे, हिमालयन स्नो कक, मृग, कस्तूरी, झारल–घोरल नाचेको ठाउठाउमा देखिन्छन् ।

फोर्चे पुरानो शेर्पा संस्कृतिको खानी हो ।

उन्नाइस पटक सर्बोच्च शिखर चुमेर ख्याती कमाएका आप्पा शेर्पाको गाउ“ थामे पनि कम मनमोहक छैन । पर्यटकलाई स्वागत र सत्कारमा थामेली अब्बल मानिन्छन् । थामेबाट लुङदीन भएर पनि गोक्यो पुग्न सकिन्छ ।

 

तेंगबोचे गुम्बा

नाम्चेबाट अगाडि बढे पछि तेङबोचे बास बस्नुपर्छ । तेङबोचेबाट बिहानीपखको सूर्योदय हेर्न सकिन्छ । ४ हजार मिटर अग्लो ठाउमा रहेको तेङबोचे गुम्बा त्यत्तिकै आर्कषक ठाउ“ हो ।

तेङबोचेबाट अर्को गन्तब्य पाङबोचे हो । पाङबोचेबाट अर्का बास बस्न दिङबोचे वा फेरिचे पुग्न सकिन्छ ।

सानो तर सुन्दर करीब ६ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने र छुकुङ भ्याली हेर्ने हो भने दिङबोचे बास बसेर भोलिपल्ट उतातिर उक्लिन सकिन्छ ।

आमालाप्चा पास गरेर मकालु उपत्यका जान पनि सकिन्छ । यो निकै कठिन पासभित्र पर्छ ।

सगरमाथा आधार शिबिर मोडिने हो भने अर्को बास लोबुचेमा बस्नुपर्छ । ५ हजार मिटर उचाइको लोबुचेबाट अर्को गन्तब्य गोरसेप हो ।

सगरमाथाको अन्तिम मानव बस्ती हो, गोरसेप । पांच हजार दुई सय मिटरमा रहेको गोरेसेपमा होटल लजको सुबिधा छ ।

सगरमाथामा पर्यटकले चाहि जस्तो सुबिधा पाउछन् । तारे होटलको याद मेटाउने सुबिधा छ ।

कालापत्थर

गोरसेपबाट ५ हजार ६ सय मिटर ऊचाइको कालापत्थरतिर लम्किने वा आधार शिबिरतर्फ लाग्ने ?

कालापत्थर र सगरमाथाको सम्बन्ध आ“गन र घरको धूरीको जस्तो छ । आ“गनबाट धूरीतर्फ हेरे झैं सगरमाथालाई हेर्ने धोको कस्को हुंदैन र ? सबैको धोको कालापत्थरले मेटाइ दिन्छ ।

हिमालयमा भगवानले वास गरेको विश्वास गर्ने शेर्पाहरुको भनाइलाई पैंचो लिएर भन्ने हो भने तपाईको भाग्यमा छैन भने यहां लाख कोशिष गर्दा पनि सहजै उपलब्ध हुने कुराहरु नै दूर्लभ बनिदिन्छन् !

कालापत्थरबाट देखिने हिमाली दृष्यको वर्णन शब्दमा उल्लेख गर्नु भन्दा भ्रमण गरेर रियल अनुभब गर्नु पर्ने कुरा हो । शब्दले प्रकृतिको यो मनोरम सिर्जनालाई समेट्न मैं हुं भन्ने भाषाविद्लाई पनि गाह्रो हुन्छ ।

अनि रमाइलो ? संसारको यो उच्च र पवित्र क्षेत्रमा पुगेपछि शरीर एक प्रकारले फुरफुर नै बन्छ । त्यसले गर्ने अनुभूति र ब्यक्त गर्ने भावहरुको मुस्लो नै छुट्न थाल्छ !

आधार शिविर

सगरमाथा बेसक्याम्प नै सर्वोच्च शिखरको आधार शिविर । गोरसेप सम्म मात्र होटल भएकाले त्यसभन्दामाथि जे जति पदयात्री र आरोहणदलका सदस्य पुग्छन्, सबैले टेन्टमा बस्नुपर्छ ।

स्लिपिङ ब्याग र टेन्टको ब्यबस्था गरेर मात्रै आधारशिबिर जानु उत्तम हुन्छ । अर्को बिकल्प छैन ।

निश्चित गन्तब्यमा पुगेपछि पदयात्रा सकिएको अनुभब हुन्छ । अब झोला, खल्ती र मन पनि केही हल्का भएको महसुस गर्दै घरतर्फको ओरालो झर्न हतारो हुन्छ । ओरालो लाग्नुस् ।

 

 

सगरमाथा क्षेत्रका विशेषता

जहाजबाट लुक्ला झर्ने बित्तिकै मेरापिकतर्फको गन्तब्य पनि उत्तिकै आर्कषक छ । १५ दिनको मेरापिक पदयात्रा पनि चर्चित र रमाइलो छ ।

सोलुखुम्बु क्षेत्रको उत्तरी भागलाई खुम्बु र तल्लो क्षेत्रलाई सोलु भनिन्छ । सगरमाथा क्षेत्र खुम्बुक्षेत्रको नामले प्रख्यात छ । पदयात्राको लागि संसारभर नाम कमाएको सगरमाथा क्षेत्र देशकै मह“गो र आर्कषक रुट मानिन्छ ।

खुम्बुका सबै घर होटल हुन् । सगरमाथा क्षेत्रका करीव हजार घरहरु सबै होटल र सबै होटल घर हुन् । यहा“का सबै घरहरु होटल शैलीमा बनाइएका छन् ।

बिदेशी पर्यटकहरुलाई सहज हुने गरी आर्कषक शैलीमा बनाइएका घरहरुले पछिल्लो समय आधुनिक शैली पछ्याइरहेका छन् ।

सन् १९७३ मा बनेको स्याङबोचेको होटल एभरेष्ट भ्यू संसारकै अग्लो ठाउ“मा रहेको होटल हो । गिनिज बुकमा यो कुरा उल्लेख छ । जहा“ एक रात बसेको सिंगल रुमको न्यूनतम पनि एक सय ६४ डलर अर्थात सत्र हजार रुपैयां तिर्नुपर्छ ।

डबल रुमको २ सय ६० डलर पर्छ । पानोरमा, होटल शेर्पा ल्याण्ड, नाम्चेका निकै मह“गा होटलमा गनिन्छन् ।

एक छाक साधारण दालभातको तीन सय रुपैंया पर्छ । याक स्टकि खाने हो भने सात सय रुपैंया पर्छ । स्पागेटी, पिज्जा, एपलपाइ जस्ता विदेशी परिकार खाने हो भने एउटा ४÷५ सय रुपैंया जतिमा आउ“छ ।

एउटा उसिनेको अण्डालाई २ सय ५० रुपैंया पर्छ ।

मेनु निकै मह“गो लाग्न सक्छ । तर ढुवानी पनि उत्तिकै र्खिचलो छ । राजधानीबाट हेलिकप्टर र जहाजमा १२० रुपैंया प्रतिकिलोसम्म तिरेर ल्याएकाले मह“गो पर्न गएको स्थानीय ब्यबसायीहरुको भनाइ छ ।

सगरमाथा पदयात्रा जीवनमा एक पटक जानैपर्ने मार्ग हो । सर्बोच्च शिखरलाई नजिकबाट चियाउने धोको यही पदमार्गबाट मिल्छ । स्थानीय अर्थतन्त्रलाई पर्यटकले टेवा दिइरहेका छन् ।

सगरमाथापदयात्रा गर्ने धोको तपाइ“को छ भने पुरा गर्न सजिलो छ । काठमाडौंका जुनसुकै टे«किङ कम्पनीले तपाईको इच्छा पूरा गर्न सक्छन् । खा“चो इच्छा शक्तिको हो । यही दशैंमा पाहुना उद्योगमा रम्ने रहरलाई पूरा गरौं ।

[email protected]