त्यो चमकिलो पर्दा –राजेन्द्र ज्ञवाली

 

सामुन्य एक जना अधवैशै महिला केही सिङ्गा अण्डालाई वेसार सहितको मसालामा मुछेर स्टोभमा तारी रहेकी थिइन् । उनको सामुन्य त्यो गल्लीको अर्को तर्फ एक जना अर्का अधवैैंशे व्यक्ति पकौडा तयार पारी रहेका थिए । ति महिला सामुन्य रहेको टिनको घुम्टिमा पान र चुरोट खरिद गर्नेहरूको लामो लस्कर थियो ।

 

अनी यिसबैभन्दा अली अगाडि रहेको साइकल स्ट्याण्ड साइकलहरूले भरिएको थियो । त्यसरी राखिएको साइकलहरूलाई साइकलकै पुरानो चेन र डोरीले एकमुष्ठ बाँधीएको थियो । त्यहाँ नअटाएका साइकलहरूलाई पश्चिम पट्टिको केही खुला भाग (जसलाई चउर भन्न सकिन्छ)मा राखिएको थियो । अनी अली पछाडी पट्टि पुरानो जेनरेटर ठूलो आवाजका साथ कराइ रहेको थियो । जेनरेटरको आवाजबाटै थाहा हुन्थ्यो, सहरमा सधै जसो त्यतिवेला पनि विद्युत आपूर्ती थिएन । अनी यी सबै परिसरलाई आफ्नो काखमा राखेर वर्डो गर्वकासाथ उभिएको थियो पहेंलो रंगको दुई तल्ले भवन !

 

यो आजको घटना थिएन । यदी २५–३० वर्ष पहिलेको कुरालाई इतिहासको पगरी गुथाउन सकिन्छ भने भनौ यो नेपालगंज विस्कोरियन टोल स्थित लक्ष्मि चित्र मन्दिरको थियो । त्यतिवेला म त्यहाँ पुग्दा त वातावरण निकै सुनसान थियो । त्यो चलचित्र भवन चालु अवस्थामा भए नभएको पनि भान भएन । न त त्यहाँ पकौडा वनाउने कोही थिए, नत अण्डा तार्ने नै । साइकल स्ट्याण्डको कुनै चिनो पनि देखिएको थिएन ।

 

पश्चिम नेपालको केन्द्रिय नगर नेपालगंज अनी त्यस वरिपरि क्षेत्रमा वसोवास गर्नेहरू सबैको मनोरंजनको तृष्णा मेटाउने त्यो लक्ष्मि चित्र मन्दिर अव पहिला जस्तो कहाँ रह्यो र ? म त्यतिवेला पुग्दा त त्यो निकै उपेक्षित थियो, आफ्नो यौवनाअस्था पार गरेपछि उमेरको मारलाई सराप्दै वसेकी वृद्धा जस्तै । त्यही वृद्धा जो आफ्नो वैशमा सबैको आकर्षणको केन्द्रमा थिइ । जो वषौँसम्म आफ्नो सानिध्यमा आएका धेरै युवा युवतीको मुटुमा काउकुती सफल भएकी थिइ ।

 

हुन त नेपालगंजवासीको मनोरंजनको प्यास वुझाउने लक्ष्मि चित्र मन्दिर पहिलो भने थिएन । त्यस अघि हाल विद्युत विभाग पुग्नु पहिले एउटा ठूलो भवनमा चलचित्र देखिइन्थो । सानो छँदा त्यहाँ परिवारकासाथ गएको धमिलो सम्झना छ । तर त्यतिवेला प्राविधिक त्रुटीका कारण सिनेमा हेर्न नपाइ फर्कनु परेको थियो ।

 

तर राम्ररी वुझ्ने भएपछि पहिलो सम्झनामा त्यही लक्ष्मि चित्र मन्दिर नै आउने गर्छ ।
‘पहिला साढे तिन वजे दूसरा सो साढे छ वजे साँझ लक्ष्मि चित्र मन्दिरको चम्किलो पर्दामा हेर्नुहोस……’ भन्दै जव एक युवक रेक्समा वसेर माइकबाट फलाक्दै हिड्थे अनी हामी केटाकेटी दुगुेर घर वाहिर पुग्थ्यौँ । यसरी प्रचार गर्नुको अर्थ सिनेमा हलमा नयाँ चलचित्र लागेको हुन्थ्यो ।

 

यसरी नेपालगंजमा आउने नयाँ चलचित्र वास्तवमा भारतमा प्रदर्शनमा आएर पुराना भइसकेका हुन्थे । भारतमा रिलिज भएको चलचित्र नेपालगंजसम्म आइ पुग्दा लगभग दुई वर्ष लामो यात्रा पुरा गरि सकेको हुन्थ्यो ।

 

अनी भारतमै ‘हिट’ भएको चलचित्र परेको खण्डमा सात–आठ वटा रेक्सामा वाजा गाजा सहित चलचित्रको प्रचार हुन्थ्यो । पहिला अन्य दिन दुई सो र शनिबारको दिन मेटनी सोका नाम मा दिनको १२ वजे गरी तीन सो देखाइन्थ्यो । तर पछि नियमित तीन सो देखाउन थालिएको थियो ।

 

अझ कहिलेकाही स्कुलबाट सिनेमा हलको वाटो हुदै फर्केर पोष्टर मात्र हेरेर चित्त वुझाउदाका क्षणहरू अझ पनि मानसपटलमा ताजै छन् । त्यतिवेला चलचित्र हेर्नु भनेको अहिले जस्तो सहज पनि थिएन । अहिले आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्ने पुस्तालाई के थाहा त्यतिवेला केटाकेटीले चलचित्र हेर्ने हो भने बाटो विराइन्छ भन्ने मान्यता थियो समाजमा । त्यसैले हेर्नै पर्ने भयो भने पनि परिवारका सदस्यकासाथ जानु पथ्र्यो, र यसरी चलचित्र हेर्ने योजना लगभग ३–४ दिन पहिले वन्ने गथ्र्यो । अनी चलचित्र हेर्ने दिन कहिले आउला भनेर निकै आतुरताकासाथ पर्खिने गथ्र्यौ । चलचित्र हेर्न जाने भनेको पनि एउटा चाड पर्व आए जस्तै हुन्थ्यो ।

 

अली ठूलो भएपछि एक्लै हेर्न जान सुरु गरियो । तर खतरा भने त्यतिवेला पनि उत्तिकै थियो । जसो तसो पैसाको जोहो गरेर सिनेमा हेर्न गयो आफूले चिनेको अथवा नाताकुटुम्वका कोही देखिए भने उनीहरूको नजरबाट आफूलाई जोगाएर वस्ने चुनौति पनि उत्तिकै हुन्थ्यो ।

 

त्यतिवेला त्यो लक्ष्मि चित्र मन्दिरको पर्दाको चमकमा नेपालगंज मात्र नभई ’roundका क्षेत्र समेत मुग्ध थियो ।

 

केही समयपछि सिमापारी रुपइहिडियामा एउटा गोदामलाई चलचित्र भवनको रुप दिएर नेपाली दर्शकको धित मार्ने प्रयास थालियो । चलचित्र भवन काम चलाउ भए पनि चलचित्र भने नयाँ नयाँ चलाउन थालेपछि नेपालगंजका दर्शक उता तानिएका थिए । तर पनि लक्ष्मि चित्र मन्दिको पर्दाको चमक फिका हुन पाएको थिएन । कारण सवारी साधन नहुनेहरूका लागि पहिलो रोजाइ त्यही पहेलो भवन नै थियो ।

 

पछि भिडियो आएपछि भने नेपालका अन्य स्थानमा जस्तै नेपालगंजका गल्ली गल्लीमा पनि नयाँ नयाँ चलचित्र उपलब्ध हुन थाले । तर ठूलो पर्दामा चलचित्र हेर्नु जस्तो मज्जा त्यो स्यानो भिडियोको स्कृनमा कहाँ हुन्थ्यो र । हुन त भिडियोको आगमनले सबैभन्दा वढी त्रसित सिमा पारिको चलचित्र भवनलाई पारेको थियो । त्यसका सञ्चालकहरूले नेपालगंजमा भिडियो धेरै हेर्ने हो भने आँखा खराब हुन्छ भन्दै पम्पलेट नै बाँटेका थिए ।

 

विस्तारै नेपालगंजमै चलचित्र भवनको संख्या वढ्दै गएपछि भने पुरानो चलचित्र मन्दिरको त्यो पहेलो रंंग ओइलाउदै गएको थियो ।

 

पछिल्लो पटक घर गएको वेला मैले अनायास त्यताको वाटो समाएको थिए । तर चलचित्र हेर्न भने होइन । खै कुन विचारले मलाई त्यहाँ डोराएर लगेको थियो । अनी त्यही भवन अगाडि केही वेर उभिदा यी सबै सम्झना आएका थिए ।

 

यही लक्ष्मि चित्र मन्दिर नै धेरै लामो समयसम्म नेपालगंजको फेसनको केन्द्र विन्दू रह्यो । युवा युवतीहरूलाई हेयर स्टाइल दियो । कुनै वेला किशोर हृदयको निकै कमलो स्थानमा स्पर्श गर्न भ्याएको यो चलचित्र मन्दिरको त्यो पर्दा प्रचारमा भनिए जस्तो चमकिलो नभए पनि मनोरंजनको एक मात्र उपलब्ध साधन पस्कने मध्यमका रुपमा धरैलाई आफ्नो आकर्षणको मोहमा वाधेको थियो ।