तपाईको ग्रहदशा


ज्योतिषी–ओजराज उपाध्याय लोहनी
(२०७५ साल आषाढ २३–२९ गते )

समयले राम्रो फल दिने भएकोले शुरुमा मान सम्मान मिल्नेछ । पराक्रमको गति तीब्र हुनुको साथै अधुरा काम बन्ने छ । नयाँ काम पाउने र मनग्य धन कमाइने छ ।
बैदेशिक कार्यमा संलग्न हुने र अरुको विश्वास जितेर काममा सफलता पाउने योग छ । पढाइमा सफलता राम्रै मिल्ने छ । बुद्धिको तारिफ पनि होला । यात्रा गर्ने अवसर पनि मिल्ने छ । सामाजीक कार्यमा प्रसम्सा पाउनाले मनोवल बढ्ने छ ।
लेखन मार्गमा उल्लेख्य सफलता पाउने भए पनि बृहस्पति र शुक्रबार खर्च बढ्ने छ । विबाद बढ्ने र चिन्ता चुलिने योग छ । धनमाल हराउन सक्छ । विश्वास गरेकाले धोकादिने हुनाले सजग रहनुहोला । गलत विचार पनि बढ्ने छ । स्वास्थ्यमा बाधा आउनेछ । लेन देनमा विबादको सामना गर्नु पर्ला ।

साता राम्रो रहने छ । शुरुमा भाग्यले साथ दिने भएकाले कामहरु विचार गरेर अगाडि बढाउदा ठूला व्यक्तिसित अन्तरकृया गरेर सबै समस्यालाई पार लगाउन सकिने छ ।
धार्मिक कार्यमा महत्वपूर्ण भेटघाटको अवसर मिल्ने छ । बौद्धिक कार्यम संलग्न भै अरुको विश्वासले सफलताको मार्ग प्राप्त हुने छ । नोकरि तथा राजनीतिमा प्रतिष्पर्धा शत्रुसित गर्नु परे पनि आफ्नु लक्ष पूरा हुने छ ।
पराक्रम बढ्नुको साथै अधुराका बन्ने तथा नयाँ काम पाउने योग छ । अढैया शनिको प्रभावले नैराश्यता र उदासिनताले बोलिको प्रभाब नपर्ने हुँदा सबैकार्य संयम हुँदा मात्र बन्ने छन् । शत्रुले सताउदा पनि आफ्नो शक्तिमा कमी आउने छैन । । महत्वपूर्णकाम संयम भएर गर्नु बेश ।

साता राम्रो रहे पनि शुरुमा नैराश्यता र उदासिनता बढ्ने छ । विबाद बढ्ने मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा बाधा र आफन्तहरुको उपेक्षाले मनलाई अशान्त बनाउने छ । निर्णय गर्न गाह्रो हुने भएकोले काम गर्द सोचेर गर्नु पर्ला ।
उतार–चडावको सामना डटेर गर्नुपर्ला । मंगलबारदेखि समय अनुकूल भएकोले मनोबल बढ्ने, आँटेको काममा सफलता मिल्ने छ । विश्वास गरेकाले साथ दिने छन् । कुरा काटनेहरु प्रशम्सा गर्न थाल्ने छन् ।
परिश्रम गर्दा धन मनग्य कमाउने अवसर मिल्ने छ । पराक्रमको गति अरु बढ्ने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यापारमा सुधार आउने छ । यात्रा गर्ने अवसर पनि मिल्ने छ ।
भेटघाटमा रमाइने छ । राज्यमा आफ्नु दक्षता प्रस्तुत गर्ने अवसर पनि मिल्ने छ । अरुले विश्वास पनि गर्ने छन् ।

साताले राम्रो फल दिने छ । शुरुमा अन्त्यमा परिश्रमले मनग्य धन कमाउने र व्यापारमा गरेको लगानीमा प्रगति राम्रो छ । प्रयत्न गर्दा काममा पनि सफलता मिल्ने छ । पढाइमा लाभ पाउने योग छ ।
मान सम्मान पाउनु होला । जोश र जाँगर धेरै बढ्ने भएकोले नयाँ काममा संलग्नभै सफलता प्राप्त गरेर आनन्द पनि लिनु होला । नोकरी तथा राजनीतिमा सफलता पाउने योग भए पनि छ ।
मंगल र बुधबार ग्रहको प्रतिकूलताले स्वास्थ्यमा संकट आउने विबाद बढ्ने तथा चिन्ता बढ्ने छ । अरुको काम धेरै गर्नू पर्ने तर जस नपाउने भएकोले विचार गर्नु पर्ला । कुरा काट्नेहरु बढने छन् ।
विश्वास गरेकाले धोका दिने छन् । धनमाल हराउन सक्छ । झुटा आरोप लाग्ने सम्भावना भएकोले गोपनीयतामा जोड दिनु होला ।

साता मध्यम छ । शुरु र अन्त्यमा शत्रु बढ्ने छन् । विबाद चुलिने भएकोले बोल्दा विचार गर्नु पर्ला । खर्च बढ्ने, विबाद बढने तथा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा संकट आउनाले मनमा शंका उपशंका बढने छ । काममा अवरोध आउने योग भएकोले महत्वपूर्ण कामहरु यी दिनमा नगर्नु बेस ।
सोम, मंगल र बुधबार नोकरि तथा राजनीतिमा र सामाजिक कार्यमा जस पाइने योग छ । काममा सफलता पनि पाउनु होला । सोच्ने शक्ति बढ्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने देखिन्छ ।
अरुको विश्वास आफु तिर रहने छ । पराक्रम बढ्नुको साथै अधुराकाम बन्न्ो तथा नयाँ काम पाउने योग छ । आफना कुराले अरुको मन जित्न सकिने छ । व्यापार र बैदेशिक कार्यमा प्रयास गर्दा सफलता पाउन सकिने छ । प्रेमको यात्राले मनमा खुशी बढाउने छ ।

समय राम्रो रहने छ । शुरुमा प्रयास गर्दा सफलता धेरै काममा मिल्ने छ । बोलिको प्रभाव बढ्ने छ । अरुको विश्वास जितेर मान सम्मान पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।
पराक्रम बढ्नुको साथै अधुरा काम बन्न्ो तथा नयाँ काम पाउने योग छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु प्रशंसनीय हुने छन् । सभा सम्मेलनमा जाने अवसर मिल्नेछ ।
तपाईको लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेको कमी नहोला । व्यापारमा पनि सफलता पाउने योग छ । यात्रामा पनि लाभ मिल्ने छ । पढाइमा रुचि बढनुको साथै बौध्दिक कार्यमा सम्मान पाउने योग छ ।
मंगल र बुधबार रोग र शत्रु बढ्नुको साथै नैराश्यता र उदासिनता बढ्ने छ । धार्मिक कार्यमा अरुचि बढ्ने, सामाजिक कार्यबाट अशुभ समाचार आउने सम्भावना भएकोले संयम हुनु होला ।

ग्रह गोचर राम्रो छ । शुरुमा आफन्तहरुको सहयोग पाउनुको साथै पराक्रम बढने छ । मनोबल बढ्ने योग भएकोले धेरैकाममा सफलता मिल्ने छ । ठूला व्यक्तिसंगको सम्वादले नोकरि तथा राजनीतिमा सोचे जस्तै लाभ पाउनु होला ।
आमदानीका श्रोतहरु प्रसस्तै जुट्ने छन् । नयाँ कामहरु पनि हुने योग छ । व्यापारमा सफलता प्राप्त हुने छ । बोल्दा विचार पु¥याउनु भएमा पढाइमा तिब्रता आफ्नै प्रयासले आउने छ । बैदेशीक कार्यमा प्रतिस्पर्धा गर्दा आफ्नु लक्ष हासिल हुने छ ।
बृहस्पतिबार शुक्रबार शत्रु बढ्ने छन् । स्वास्थमा बाधा आउने छ । काममा अवरोध आउने तथा मनमा चिन्ता बढ्ने योग छ । नैराश्यता र उदासिनताले प्रसस्त मात्रामा सताउने छ । लेनदेनमा चर्को विबादको सामना गर्नु पर्ला ।

समय त्यति नराम्रो छैन । शुरुमा पराक्रमको तिव्रता र बोलिको प्रभावले व्यापारमा सफलता पाउने, धन मनग्य कमाउने तथा यात्रा गर्ने अवसर मिल्ने छ ।
भेटघाटलाई अरुले सकारात्मक रुपमा लिने हुँदा पर्याप्त सहयोग प्राप्त हुने छ । प्रेममा सफलता मिल्नुको साथै बैबाहिक बन्धनमा बाँधिने योग बलियो भएको र भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ ।
महत्वपूर्ण काम हात पार्न सफल भए पनि शनि सूर्य र बृहस्पतिको प्रतिकूलताले कर्म समेत ओझेलमा पर्ने भएकोले नोकरि तथा राजनीतिमा सोचेको स्थान र मान मिल्ने छैन ।
अरुको विश्वासमा अगाडि बढ्दा अप्ठेरो आइपर्ने छ । राज्यबाट पनि आक्रमण हुने देखिएकोले दुःख पाउने संभावना छ । दुख पाउनु होला ।
स्वास्थ्यमा संकट आउने भएकोले खानपान गर्दा संयम हुनु जरुरि छ । मनमा अनेक कुराहरुले डेराजमाउने र लेनदेनमा विवादको सामना गर्नु पर्ला । गोपनियातामा जोड दिनु होला ।

साता राम्रो छ । स्वास्थ्यको ख्याल भने साता भरिनै गर्नु पर्ला । शुरुमा बोलिको प्रभाव र परिश्रमले काममा सफलता पनि मिल्ने छ । अरुबाट सहयोग प्राप्तभै मन रमाउनेछ । पराक्रमको तीब्रता कायमै रहने छ ।
आफन्तहरुबाट सफल बनाउने प्रयत्न हुनेछ । आमदानीका श्रोतहरु चौतर्फी जुट्ने छन् । मान सम्मान पनि राम्रै मिल्ने छ । कुरा काट्नेहरु प्रशम्सा गर्न थाल्ने छन् । ठूला व्यक्तिसित अन्तर सम्बाद गरेर अघि बढ्ने प्रेरणा प्राप्त होला । पढाइमा गरेका प्रयास भने साता भरि नै अनुकूल हुने छन् ।
खर्च बढे पनि आमदानी बढ्ने भएकोले मनमा प्रसन्नता सिर्जना हुनेछ । बुध र बृहस्पतिबार स्वास्थ्यमा बाधा आउने छ । लेनदेन र खानपानमा अघि नबढ्नु उचित हुनेछ ।

साता राम्रो छ । शुरुमा परिश्रम गरेर निर्णयको सक्षमताले सबै काम सहजै हात पर्ने भएकोले धेरै चिन्ता गर्नु पर्ने छैन । पढाइमा सुधार आउने र उचित समयमा बुध्दिले काम गर्ने छ ।
यसबीच एकैपटकमा धेरै सफलता मिल्नुको साथै दाम मनग्य कमाउने अवसर मिल्ने छ । इमान्दारिता र दक्षताले महत्वपूर्ण काम बन्न सक्ने भएकोले काममा सकृय रहनु उचित होला । लेनदेनमा बल नगर्नु राम्रो ।
नोकरी तथा राजनीतिमा आफ्नु बर्चस्व बढाउदै जानु होला । व्यापारमा सोचे भन्दा बढिनै लाभ उठाउने योग छ । यात्रा रमाइलो हुने छ । भेटघाटले अघि बढ्न प्रेरित गर्नेछ ।
देशको प्रतिनिधित्व गर्दै विदेसिने अवसर पाउनु होला । कूटनैतिक क्षमताको सहि प्रयोगले नाम र दाम कमाउने अवसर मिल्ने छ । प्रशंंसा गर्नेहरु प्रसस्छै हुने छन् । प्रेममा सफलता र बैबाहिक चर्चाले तीब्रता लिने छ ।

समय राम्रो भए पनि शुरुमा खर्च बढ्ने छ । चिन्ता बढ्ने, विबाद बढने र शत्रु बढने भएकोले गोपनीयता अपनाउनु उचित हुने छ । स्वास्थमा बाधा र मित्रसित विबाद हुँदा बुद्धिले काम नगरेर समस्या आउने छ ।
पढाइमा सानु सफलतालाइ पनि धेरै परिश्रम गर्नु पर्ने छ । काममा लगानीको प्रतिफल पाउन निकै कसरथ गर्नु पर्ने भएकोले संयम रहनु होला ा सोमबारदेखि परिश्रमले काममा सफलता मिल्नुको साथै दाम मनग्य कमाउने अवसर मिल्ने छ ।
यात्रा गर्ने अवसर मिल्ने छ । व्यापारमा पनि लाभ मिल्ने छ । नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ । बोलीको प्रभाब बढने क्रम यथावत रहने छ । बौद्धिक कार्यमा रुचि बढ्ने छ । घर तथा सवारी साधन जोड्ने अबसर मिल्ने छ ।

साता शुरुमा राम्रो छ । पराक्रम बढ्ने छ । काममा सफलता मिल्ने छ । व्यापारमा लाभ हुने छ । यात्रामा सफलता मिल्ने छ । पढाइमा सफलता मिल्ने छ । बुद्धिले अरुलाई सजिलै बसमा पार्न सकिने छ ।
नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु सकारात्मक रहने छन् । आमदानीको नयाँ श्रोत फेला पर्ने छ । भेटघाटमा मन प्रसन्न रहने छ । भाग्यले साथ दिने छ । कर्ममा जोड दिनु होला ।
सन्तानहरुको सफलताले खुशी बढ्ने छ । पहिलो भेटमा नै अरुले सहकार्यको प्रस्ताब राख्ने छन् । मंगल र बुधवार घरेलु समस्याले सताउने छ । खर्च बढने, विबाद बढ्ने छन् ।
शत्रु बाधा स्वास्थ्यमा संकट आउने छ । काममा अवरोध आउने गलत विचार बढने चिन्ता बढने योग छ । बोल्दा विचार पु¥याउनु होला । सफलताको लागि गोपनीयतामा जोड दिनु होला ।
