श्राद्ध के हो ?

महालय विशेष

 

ॐ नमो भगवते वाशुदेवाय नमः मन्त्रको जप गर्ने र हरी नाम जप्नेलाई यमलोक नल्याउँनु र हरी नामद्वारा यस लोकमा मात्र नभई जन्म जन्मको पापसम्म नाश हुन्छ ।

 

 

 

 

पितृलाई प्रसन्न राख्न लागी आहुती (हिविस्ययुक्त) पिण्ड प्रदान आदी कर्म गर्नुलाई नै श्राद्ध भनिन्छ । श्राद्ध गर्दा पितृ सन्तुष्ट हुन्छन र उनले आफ्नो वंशलाई दिर्घायु, प्रसिद्धी, बल, तेज, पशु, स्त्री, एवं निरोगिता प्रदान गर्दछन । श्राद्ध कुल पाँंच प्रकारका हुन्छन (औधर्व दैविक सांवत्सारिक, एकोदिष्ट, पार्वण, र भाद्रमासको कृष्ण पक्षमा गरिने श्राद्ध (कुनै विशेष कामना मनमा राखी गरिने कर्मकार्य (काम्य) श्राद्ध भनिन्छ नारायण वली, नागबली, एवम त्रिपिडी, यो तीन श्राद्धलाई शास्त्रमा पितृयज्ञ भनि सम्वोधित गरिएको छ । पितृले नै आफ्नो कुलको रक्षा गर्छन, त्यसकारण पितृ श्राद्ध गरी पितृलाई सन्तुष्ट राख्नु यस्तो शास्त्र वचन छ ।

 

औधर्वदैविक मृतकको श्राद्ध  हो । कुनै ब्यक्तिले जुन तिथीमा देहत्याग, गर्छन प्रत्येक एक वर्ष सोही तीथि गरिने श्राद्ध हो । यसलाई सांवत्सरिक श्राद्ध पनि भन्न सकिन्छ । भाद्र महिनाको कृष्णपक्षमा महालय श्राद्ध गरिन्छ । यै महालय श्राद्धलाई पविण श्राद्ध भनिन्छ । हरेक पाञ्चागमा भाद्रपद महिनाको पेजमा शास्त्रार्थ लेखिएको हुन्छ । कि कुन श्राद्ध कुन तीथि गरिन्छ वा गर्नुपर्छ । यस विषयको जानकारी छापिएको हुन्छ । तिर्थ क्षेत्रमा गरिने श्राद्ध तिर्थ श्राद्ध भनिन्छ । त्रिपिंडी श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ ।

 

श्राद्धको महत्व

 

भारतवर्षको हिन्दु संस्कृतिमा तीन प्रकारको ऋणको उल्लेख पाइन्छ । पितृ ऋण, ऋषी ऋण, एवम परमात्माको ऋण । यसमा पनि, पितृ ऋण, एवम ऋषिऋण’bout यसो भनिएको छ‘देवतानां पितृणांच ऋषिणांच तथा नरः ऋणी वाज्जायंत । देवाना अनुणोजन्तुः यज्ञैभर्वनी मान्द ।’

 

शास्त्र न्हिित कर्मद्वारा पुजा ब्रत उपवासादी गर्दा मनुस्य देव ऋणबाट मुक्त हुन्छ्न पितृ ऋणबाट  श्राद्ध पितृ पुजन गर्दा मनुष्य  मुक्त हुन्छ्न । पितृ तीथिमा मात्र नभइ आफुलाई ब्राहमण भन्नेले ब्रहम यज्ञ तर्पण वैशवदेवादी कर्म प्रत्येक दिन गर्नु पर्छ । यो शास्त्रको वचन हो । मनुष्यको दुई जीवन मार्ग छन् । एक लौकिक अर्को सन्मार्ग । लौकिक मार्ग अर्थात वेदशास्त्रद्वारा नियत गरिएको मार्ग ।

 

‘मार्ग सन्मार्ग गतिभी सिद्धेय सर्वकणाभीः पुषैराचतंसभिद्रभः न शास्त्रीय परित्यजेत ।’

 

यस विषयमा सन्तपुरुषको विचार ऋषीमुनी एवम पुर्वजको शिस्टाचार आदी कुरा े प्रमाणिकतालाई स्विकार गर्नुपर्छ । अर्थात हामीले शास्त्रलाई अनुशरण गरी सोही अनुरुप आचरण गर्नु पर्दछ । हाम्रो पुर्वज, सन्त पुरुषले पनि आचार्य मुनीले पनि शास्त्रलाई विषेश महत्व प्रदान गरेका छन । भगवान श्री कृष्णले पनि गीतामा यही कुरा नै भन्नु भएको छ ।

 

‘यः शास्त्रविधिमुत्सृज्य तश्माच्छष्य प्रमाणांते ।’

 

हामीले पनि संकुचित बिचार छोडी शास्त्रद्वारा प्रद्धत धार्मिक मार्गमा हिड्ने संकल्प लिनुपर्छ । श्राद्ध तथा तर्पणको विषय पनि यस्तो छ । जो देखिदैन जस्तै हावा देखिदैन तर पनि हावा बिना जीवन असम्भव छ । त्यस्तै शास्त्र वचन पनि यस्तै हो । जुन कर्मले हामीलाई ज्ञात अज्ञात पुर्ण लाभ अनुकुलता प्रदान गरी रहेकै हुन्छ । “आप्तस्तुयथार्थ्वक्ता”  यस्तो ब्याख्या छ । यै प्रमाण मानी हामी श्राद्ध तर्पणादीको विचार गरौ ।.श्राद्धको ब्याख्या छ । ‘श्रद्धया यत क्रीयते तत श्राद्धम’ । श्रद्धा नामको सूर्यको किरण पनि छ । यसको उपस्थिति मध्यान्ह कालमा रहन्छ । सूर्यले यस किरणद्वारा अन्नरसलाई सोख्छन । यो रसद्वारा सूर्यले पितृलाई तृप्त गर्छन । त्यसै कारण पितृको समय मध्यान्ह कालपछी हुन्छ । यस समयमा गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । यस समयमा पितृको लागि तर्पणा तथा पितृलाई प्रसन्न गर्न पिण्डदान गर्नु उपयुक्त हुन्छ ।

 

यसैलाई पितृ यज्ञ भनिन्छ र पितृ यज्ञ पञ्चयज्ञ मध्य एक यज्ञ हो । यो पितृ कार्य देवकार्यभन्दा पनि महत्वपुर्ण मानिन्छ । तिल, जौ, धान, द्रब्य, फुल कन्द आदी मध्ये जे सुलभ छ, त्यै सामाग्रीद्वारा पितृ तर्पण गरिन्छ । यस तर्पणद्वारा पितृ एक माससम्म तृप्त रहन्छन । यस प्रकार देव, ब्राहमण पितृको पुजन गर्दछन । यस्तो पूजा गर्नेलाई श्रीमहाविष्णुको पुजा गरे समान फलको प्राप्ती हुन्छ । अतएव पितृ श्राद्ध गरी देवको पुजन गर्नु यस्तो शास्त्रको आदेश छ । श्राद्ध नगर्दा परिवारमा निरोगता हुँदैन । पुरुषार्थी एवम संयमी वीर पुरुष उत्पन्न हुँदैन । यदी भई हाल्यो भने पनि शतायु, दिर्घायु हुँदैनन र तिनको कल्याण हुँदैन ।

 

‘नतत्र विरा जायन्ते नारोगेन शतायुष स् नच श्रीयोधिगच्छन्ती यत्र श्राद्धं विवर्जितम’ केहि ब्यक्तिको मान्यता छ । श्राद् नगरी संस्थालाई दान दिन्छन । तर, यस्तो दानले पितृ तृप्त हुँदैन । साथै शास्त्रले पनि यसलाई मान्य ठहराउँदैन किनकी यो कुरा निर्विवाद सत्य छ कि सर्वण स्त्री र पुरुषद्वारा उत्पन्न भएको जन्म लिएको पुत्रद्वारा श्राद्ध गर्दा पितृ तृप्त भई स्वर्गमा वास गर्छन साथै पुरुषद्वारा श्राद्ध नै प्रत्येक योनीलाई प्राप्त जीवको उद्धार हुन्छ । यस्तो प्रमाण इतिहास र पुराणमा पाईन्छ । हरिदत्त नामक एक ब्यापारी आफ्नो  ब्यापार गर्न मरुदेश गएका थिए । तर, बाटो बिर्सीएर उनी भट्किन थाले । र, उनको भेट एक पिशाचसंग भयो । त्यस पिशाचले हरिदत्तलाई एक खजानाको रहस्य बतायो । र, भन्यो  पितृ, देव, र पिशाचलाई सन्तुष्ट गर्न तीन ब्राहमणलाई भोजन गराउँनु  । जोसंग यी तीनलाई भोजन गराउने सामर्थ छैन, त्यसले पितृ र देवको लागी कमसेकम दुई ब्राहमणलाई भोजन अवश्य गराउँनु । त्यो ब्यापारीले यसै गरे ।

 

वामन द्वादशीमा पिशाच योनीबाट जीवलाई मुक्ति गर्ने विषयमा उल्लेख गरिएको छ । गरुड पुराणमा पनि बब्रुवाहनको कहानी उल्लेखनीय छ । राजा दृदधन्वा एक दिन शिकार खेल्न जंगल गए । त्यहाँ राजाको एक प्रेतसित भेट भयो राजालाई देखेर प्रेत प्रसन्न भयो र राजालाई भन्यो ‘हे राजन म एक प्रेतात्मा छु तिमी मेरो उद्दार कसरी गर्न सक्छु मलाई भन र तिम्रो उद्दार गर्दा मलाई के हुन्छ ।’ प्रेतले भन्यो ‘राजन मेरो कुनै पुत्र छैन जसले मेरो श्राद्ध कर्मदान आदी गरी मलाई मोक्ष दिलाओस तर, राजा त सवैको बन्धु हुन्छन ।

 

 

त्यस कारण मेरो कल्याणको लागी तिमी मेरो श्राद्ध गर नारायणबली नागबली इत्यादी कर्म गरी प्रदक्षिणा गरी घृतद्वारा हवन गरी दही, दुध, तिल, दुबो र पानी हाथमा लिई देवऋषी र पितृतपर्ण गर्दा मेरो उद्दार हुन्छ । र, मैले मोक्ष गति प्राप्त गर्छ । त्यो कुरा सुनी राजाले भने ठीक छ । म राजमहल गई सबै शास्त्रोक्त विधिपुर्वक गराउँछु तिमी निश्चिन्त र आश्वस्त रहु । राजाले राज पुरोहितलाई बलाई सबै वृतान्त सुनाय त्यो सुन्दा राज पुरोहित प्रशन्न भई राजा तिमी धन्य छौ । जसको श्राद्ध कर्मकांड गर्ने कोही हुँदैन त्यसको कर्मकांड गर्नेलाई अनेक फलको प्राप्ती हुन्छ । राजाले पितृदर्शी अमावश्याको दिन विधिपुर्वक त्यस प्रेतको श्राद्ध कर्म सम्पन्न गराई र  त्यो प्रेतात्माबाट मुक्त भई मोक्ष प्राप्त गरे ।

 

प्रभु श्री रामचंन्द्रलाई पिता दशरथको मृत्युको समाचार बनवासमा प्राप्त भयो । त्यस दिन उनले निर्जल ब्रत गरे । दोश्रो दिन आफ्नो गुरु वशिष्ठको आज्ञाले चित्रकुट आश्रमको नजिक नदिमा गई आफ्नो पितालाई समरण गरी श्राद्ध कर्म सम्पन्न गरे । यमराजले पनि आफ्नो यमदुतलाई स्पष्ट आदेश दिएका छन ।

 

ॐ नमो भगवते वाशुदेवाय नमः मंत्रको जप स्मरण गर्छन हरी नाम जप्छन त्यसलाई यमलोक नल्याउँनु यो मन्त्र हरी नामद्वारा यस लोक मात्र नभई अपितु जन्म जन्मको पापसम्म नाश हुन्छ ।

 

[email protected]

977-9849428414