यन्त्रद्वारा वास्तुदोष निवारण

यो यन्त्र लाई अति शुभ तथा प्रभाबशाली मानिन्छ। तसर्थ प्रत्येक घर,पसल,अफिस मा यो यंत्र स्थापित गरि आफ्नो वास्तुलाई पूर्ण रुपले अनुकुल बनाउन यो यन्त्रलाई अत्यन्त प्रभावशाली मानिन्छ।

 

 

 

आजको अध्यायमा हामी वास्तुदोष निवारण गर्ने केहि प्राचीन यन्त्रको ’boutमा चर्चा गर्ने छौ। यी यन्त्रहरुले वास्तु दोषलाई समाप्त गर्नुको साथै भूमि स्वामीलाई अपार लाभ एवं सुख सुविधा प्रदान गर्छ । यस प्रयोगद्वारा भूमि स्वामी तथा सम्पूर्ण परिवारले कुनै कठिनाईको सामना गर्नुपर्दैन । कुनै पनि भवन पसल कार्यालय आदिमा कुल देवता र इष्टदेवता आदिको स्थापना गर्नु अत्यन्त्र अनुकूल मानिन्छ ।

 

त्यस कारण स्थापना गर्नै पर्छ । साथै यदि कसैको पनि प्रेणादायक एवं कृपालु गुरु छन् भने गुरुको चित्र पनि अवश्य स्थापना गर्नुपर्छ । व्यवसायीले प्रत्येक दिन आफ्नो कार्य व्यवसाय प्रारम्भ गर्दा आफ्नो गुरु इष्टदेवता कुलदेवतालाई प्रणाम गरि प्रारम्भ गर्नु पर्छ । व्यापारीले कमाएको धनबाट केहि अंश धार्मिक कार्यमा व्यय गर्नु पर्छ। यसो गर्दा आत्म सुख र यशमा वृद्वि हुन्छ ।

दूर्गा यन्त्र

दुर्गा यन्त्र वास्तु दोषलाई साथै अनेक व्यवधानको शमन गर्छ। उपरोक्त यन्त्रलाई दुर्गा मन्त्रले १०८ पल्ट अभि मंत्रित गरि मुख्य प्रवेशद्वारमा स्थापित गर्ने मन्त्र :  ओम नमो भगवती वास्तुदेवाय नम :

इन्द्राणी यन्त्र

इन्द्राणी एक सुरक्षा कवच हो यो सिद्द विसा यन्त्र को मानवीकरण हो। भनिन्छ जो सित छ विसा त्यसको के बिगार्छ जगदिशा। यदि व्यवसायमा केवल हानी जति गर्दा पनि व्यापार ले गति लिदैन भने जानकार वास्तु विद्द सित परामर्श लिएर यस यन्त्रको स्थापना गरि निरन्तर हुने हानी बाट बच्न सकिन्छ।

मारुती यन्त्र

मारुती नन्दन श्री हनुमान जीको यन्त्र हो। यदि तपाईको भुमी बेच्न खोज्दा बिक्रि हुदैन भने भूमिको विवाद सधै भैरहन्छ भनेर मंगलबारको दिन दिवा १२ बजेको समयमा सम्बन्धित भूमिको इशान कोण को तर्फ एक हव्य खाल्डो गरि यन्त्र लाई गाडी माथिबाट गंगा जल र दुध चढाउने त्यस पश्चात भूमिको समस्या समाधान भै बिक्रि पनि हुन्छ।

वरुण यन्त्र

वरुण यन्त्रले मुख्य रुपले जल सित सम्बन्धित समस्याको समाधान गर्छ। यदि जल स्थान ,पानी ट्यांकी ,धारा आदि गलत स्थानमा छ भने यो यन्त्रलाई स्थापित गर्दा जल सम्बन्धि वास्तु दोष समाधान हुन्छ।

श्री यन्त्र

यदि व्यापार कार्यालय अथवा पसल दोकानमा,घरमा सुखमा कमि भएमा गृह क्लेश छ भने आत्मिक क्लेश छ भने व्यापार सुरु गत्दा बिचको सुर्य भएको बेला पर्दा व्यापार बाट लाभको सट्टा उल्टो हानी कष्ट प्रदान गर्छ। यस्तो अवस्थामा श्वेत गणपतिको साथ चाँदीको श्री यन्त्र स्थापित गर्ने हो भने शुभ फल शीघ्र प्राप्त हुन्छ।लक्ष्मी गणेश दुबैको कृपा दृष्टि प्राप्त भैरहन्छ।

सिद्ध बिसा यन्त्र

यस यन्त्रमा मुख्य शक्ति जगदम्बा भगवतीको नर्वाण मंत्रको शक्ति द्वारा अभिमंत्रित गरि तयार गरिन्छ। यसमा मतको पूर्ण शक्ति सामिल गरिन्छ। यदि यस यन्त्र लाई व्यापारी स्थल पसलको धोकाको चौखटमा लगाई दिने हो भने कुनै प्रकारको दोष नजर लाग्दैन। यो एक प्रकारको रक्षा कवच हो। यसलाई शुद्ध धातुमा उत्कीर्ण गराउनु पर्छ। साथै पसलमा व्यापारिक स्थलमा गणेश जी को मुर्ति पनि राखने र यो यंत्रलाई माला लाई दिदा पनि हुन्छ।

वास्तु देवता यन्त्र

यो यन्त्रलाई ताम्रपत्रमा बनाई निम्न मंत्रलाई ओम नमो भगवती वास्तु देवाय नम :१०८ पटक जप द्वारा अभिमंत्रित गरि नैऋत्य कोणमा गाडी दिने यसो गर्दा भवनको स्वामीलाई चमत्कारी अनुभव प्राप्त हुन्छ। कुनै भवनमा यस यन्त्रलाई स्थापित गर्ने हो र त्यहाँ केहि नंया व्यक्ति प्रथम पल्ट आउछ भने त्यस व्यक्तिलाई एक अलग प्रकारको अनुभव प्राप्त हुन्छ। अचानक मनमा प्रशन्नता उमङ्ग को वातावरण महसुस हुन्छ। कुनैपनि भवन निर्माण गर्दा यो यंत्रलाई उपयोग ल्याउनु अत्यन्त अनुकुल मानिन्छ।

स्वस्तिक यन्त्र

स्वस्तिक शब्दको अर्थ नै शुभ हो। यसमा प्रकृतिको रचनात्मक गतिलाई समावेश गरिएको हुन्छ। शुभ तथा लाभ दुवै यस प्रतिक चिन्हमा हुन्छ। हाम्रो शास्त्रमा यस चिन्ह लाई मंगल मुर्ति श्री गणेश पनि मानिएको पाइन्छ। ठुलो आकारको स्वस्तिक यन्त्रले प्रात: कालको शुभ किरणको प्रक्षेपन गर्दछ। यो यन्त्र लाई अति शुभ तथा प्रभाबशाली मानिन्छ। तसर्थ प्रत्येक घर,पसल,अफिस मा यो यंत्र स्थापित गरि आफ्नो वास्तुलाई पूर्ण रुपले अनुकुल बनाउन यो यन्त्रलाई अत्यन्त प्रभावशाली मानिन्छ। यन्त्रको पूर्ण चर्चा गर्न असम्भव नभए पनि हामीले माथि उल्लेख यंत्रलाई मात्र पनि प्रयोग गर्न सक्यौ भने हाम्रो जीवन मा यसले निश्चय पनि सुभ प्रभाव पर्न सक्दछ।यन्त्रद्वारा वास्तुदोष निवारण