मांगलिक दोष र लाल किताब टोट्का

 

 

 

अघिल्लो साता मैले मांगलिक दोष तथा त्यसको दोष शान्त गर्ने लाल किताब टोट्काका ’boutमा लेखेको थिए।आज बाँकि रहेको लग्नमा हुने मांगलिक दोष र टोट्काको ’boutमा चर्चा गर्ने छु।

 

सिंह लग्नमा मंगल प्रथम भावमा छ भने रातो रुमाल साथमा राख्ने,तामा वा स्वर्णमा मुगां बनाई लगाउने।
सिंह लग्नमा मंगल चौंथो भावमा छ भने सुनमा मुगां हाली लगाउने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई दिने।

सिंह लग्नमा मंगल सप्तम भावमा छ भने मुगांको औंठी सुनमा बनाई लगाउने।

सिंह लग्नमा मंगल अष्टम भावमा छ भने चाँदीको बालामा तामा किल्ला ठोकी लगाउने।

सिंह लग्नमा मंगल द्वादश भावमा छ भने हनुमानजीलाई प्रसाद चढाई बाड्ने,गायत्री मन्त्र जप गर्ने,दुर्गा चालिसा पाठ गर्ने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई दिने।

 

कन्या लग्नमा मंगल प्रथम भाव छ भने हनुमान चालिसा पाठ गर्ने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई दिने।
कन्या लग्नमा मंगल चौथो घरमा छ भने मह र सिन्दुर नदीमा बगाउने,चाँदीको बालामा तामाको किल्ला ठोकी लगाउने।

कन्या लग्नमा मंगल सप्तम भावमा छ भने काचो पर्खाल बनाई त्यसलाई धकाली खसाली दिने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई लाई दिने।

कन्या लग्नमा मंगल अष्टम भावमा छ भने चाँदीको बालामा तामाको किल्ला ठोकी लगाउने।

कन्या लग्नमा मंगल द्वादश भावमा छ भने हनुमानजीलाई प्रसाद चढाई बाड्ने,घरमा नोकर राख्ने।

तुला लग्नमा मंगल प्रथम भावमा छ भने तामा वा सुनमा मुगां हाली लगाउने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई दिने।

तुला लग्नमा मंगल चौथो भावमा छ भने मह सिन्दुर नदीमा बगाउने,चाँदीको बालामा तामाको किल्ला ठोकी लगाउने।

तुला लग्नमा मंगल अष्टम भावमा छ भने हनुमान चालिसा पाठ गर्ने।

तुला लग्नमा मंगल द्वादश भावमा छ भने हनुमान जीलाई प्रसाद चढाई बाड्ने,गायत्री मन्त्र जप गर्ने,भगवती स्त्रोत्र पाठ गर्ने।

 

वृश्चिक लग्नमा मंगल प्रथम भावमा छ भने रातो रुमाल साथमा राख्ने,चाँदीको औंठी सादा जोड नभएको लगाउने,सुनमा मुगां हाली लगाउने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई लाई दिने।

वृश्चिक लग्नमा मंगल चौथो भावमा भए चाँदीको बालामा तामाको किल्ला ठोकी लगाउने,मह,सिन्दुर नदीमा बगाउने।

वृश्चिक लग्नमा मंगल सप्तम भावमा भए मुगां सुनमा बनाई लगाउने।

वृश्चिक लग्नमा मंगल अष्टममा भए चाँदीको बालामा तामाको किल्ला ठोकी लगाउने, तन्दुरको गुलियो रोटि कुकुरलाई खान दिने।

वृश्चिक लग्नमा मंगल द्वादश भावमा भए हनुमान चालिसा पाठ गर्ने,तामा वा सुनमा मुगां हाली लगाउने,चाँदीको चुरा रातो गरि लगाउने।

 

धनु लग्नमा मंगल प्रथम भावमा भए हनुमान चालिसा पाठ गर्ने,रातो रुमाल साथमा राख्ने।

धनु लग्नमा मंगल चौथो भावमा भए बादरलाई भोजन दिने।

धनु लग्नमा मंगल सप्तम भावमा भए हनुमानजीलाई प्रसाद चढाई बाड्ने।

धनु लग्नमा मंगल अष्टम भावमा भए गायत्री मन्त्र जप गर्ने,दुर्गा चालिसा पाठ गर्ने,चाँदीको रिङ्ग नजोडिएको लगाउने।

धनु लग्नमा मंगल द्वादश भावमा भावमा भए हनुमान चालिसा पाठ गर्ने।

मकर लग्नमा मंगल प्रथम भावमा छ तामा वा स्वर्णमा मुगां हाली लगाउने।

मकर लग्नमा मंगल चौथो भावमा भए बादरलाई भोजन दिने।

मकर लग्नमा मंगल सप्तम भावमा भए काँचो पर्खाल बनाई त्यसलाई भत्काउने।

मकर लग्नमा मंगल अष्टम भावमा भए गणेश मुगां बनाउने।

मकर लग्नमा मंगल द्वादश भावमा भए हनुमान चालिसा पाठ गर्ने।

कुम्भ लग्नमा मंगल प्रथम भावमा भए हनुमानजीलाई लड्डु चढाई बाड्ने,रातो रुमाल साथमा राख्ने।

कुम्भ लग्नमा मंगल चौथो भावमा भए हनुमानजीलाई प्रसाद चढाई बाड्ने,चाँदीको बालामा तामाको किल्ला ठोकी लगाउने,मह सिन्दुर नदीमा बगाउने।

कुम्भ लग्नमा मंगल सप्तम भावमा भए हनुमान चालिसा पाठ गर्ने।

कुम्भ लग्नमा मंगल अष्टम भावमा भए चाँदी तामा मिसाएर बाला लगाउने।

कुम्भ लग्नमा मंगल द्वादश भावमा भए हनुमानजीलाई प्रसाद चढाई बाड्ने।

मिन लग्नमा मंगल प्रथम भावमा भए रातो रुमाल साथमा राख्ने।

मिन लग्नमा मंगल चौथो भावमा भए बादरलाई खान गुण दिने।

मिन लग्नमा मंगल सप्तम भावमा भए सुन्दर काण्ड पाठ गर्ने।

मिन लग्नमा मंगल अष्टम भावमा भए गुलियो रोटि तन्दुर पकाएर कुकुरलाई खान दिने।

मिन लग्नमा मंगल द्वादश भावमा भए हनुमानजीलाई सिन्दुर चढाउने,मुगां बनाई लगाउने।