निरुताजीले जे गर्नुभयो सिकाएको गर्नुभयो,त्यसको दोष लिन तयार छु -हरिवंश आचार्य

 

मह सञ्चारको व्यानरमा निर्माण भएको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ गत वैशाख २० गते रिलिज भयो। दर्शकबाट फिल्मले राम्रो र नराम्रो दुबै प्रतिक्रिया पायो। दर्शकले सामाजिक सन्जालबाट फिल्म ‘लाउड’ भएको प्रतिक्रिया जनाइरहँदा अधिकांश समिक्षकले पनि ‘लाउड’लाई प्राथमिकता दिए। फिल्ममा अभिनेत्री निरुता सिंहको पतिको भूमिकामा अभिनय गरेका हरिवंश आचार्यले नै यो फिल्मको कथा, पटकथा र संवाद लेखेका हुन्। उनी आफैं फिल्म ‘लाउड’ भएको स्वीकार्छन्।

‘दाल भात तरकारी’ हेरेका दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

हामीले फिल्ममा दर्शकलाई ‘कन्भिन्स’ गर्न सकेनौं। फिल्ममा अलिकति रंगमञ्चीय प्रभाव पर्न पाए हुन्थ्यो भनेर ‘इन्डोर सिन’हरू बढी राख्यौं। नाटक भनेको अलिक ‘लाउड’ नै हुन्छ। त्यसमा निरुताजी(निरुता सिंह)ले अत्यन्तै राम्रो गर्नुभएको हो। तर दर्शकलाई त्यो कुरा ‘डाइजेस्ट’ भएन। ’cause फिल्म भन्ने चिज एउटा नोटेसनमा बन्ने रहेछ। हामी त्यो नोटेसनभन्दा अलिकति बाहिर जान खोजेका थियौं।

 

निरुताजीले अत्यन्तै राम्रो काम गर्नुभएको हो। फिल्ममा सेन्टिमेन्ट आफुहरू तान्ने मान्छे भएकैले नारी प्रधान र प्रेमकथाका फिल्ममा बढी काम गर्नुभयो। उहाँले अलिक भिन्न अभिनय गर्नुभयो भन्ने राम्रो प्रतिक्रिया आउला भन्ने सोचेका थियौं। तर त्यसमा ‘इम्टी’ भयो। निरुताजीले जे जति गर्नुभएको छ, त्यो हामीले सिकाएर गर्नुभएको हो। त्यसको सबै दोष म लिन चाहन्छु। ’cause त्यो स्क्रिप्ट मैले लेखेको हो। आफैं स्क्रिप्ट राइटर भएको हुनाले उहाँलाई त्यसरी नै प्रस्तुत गरेका हौं। उहाँले स्क्रिप्ट भन्दा राम्रो तरिकाले काम गर्नुभएको थियो। तर हलमा अलिक ‘लाउड’ भयो भन्ने प्रतिक्रिया आयो। सिन ‘लाउड’ भए पनि दर्शक त्यसैमा ‘इन्जोय’ गरिरहेका थिए। हामीले हलमा गएर दर्शकसँगै बसेर फिल्म हे-यौं। हलमा ‘इन्जोय’ गरे पनि बाहिर निस्कँदा ‘लाउड’ भयो भन्ने कमेन्ट बढी आयो। हामीले दर्शकलाई पहिल्यै नै तयार बनाउन नसक्नु कमजोरी भयो।

 

समिक्षकको समिक्षालाई स्वीकार्नुहुन्छ?

समिक्षकको समिक्षालाई हामी स्वीकार्छौ। उहाँहरूले समिक्षामा दिनुभएको प्रतिक्रियालाई हामीले स्वीकार गर्नैपर्छ। ’cause त्यसलाई स्वीकार गरिएन भने त्यसमा अहम्पन बढी हुन्छ। उहाँहरूको समिक्षाको हामी सिरोधार्य गर्छौ।

 

अर्को के दुःख लाग्छ भने फेसबुकमा पाँच सात वटा नम्बर छ। उनीहरू ‘स्टेन्डबाई’ बस्दारहेछन्। त्यसको केही ‘नेगेटिभ कमेन्ट’ आयो कि त्यसलाई भाइरल बनाइदिँदा रहेछन्। समिक्षकबाट आएको प्रतिक्रिया भन्दा पनि फेसबुकबाट आएका भाइरल म्यासेजहरूले हामीलाई असर ग-यो। त्यस्तो ‘कमेन्ट’ले त एउटा साधारण दर्शकलाई पनि असर पार्छ। त्यो ‘नेगेटिभ कमेन्ट’ हेर्दा कोही मान्छे हाम्रो पछि लागेको छ कि जस्तो लाग्छ। म सम्पूर्ण राम्रो प्रतिक्रियाहरू हाम्रो टिमलाई बाँड्न चाहन्छु। निर्देशक, सिनेमाटोग्राफर, आर्टिस्टहरू सबैले राम्रो काम गरिदिनुभएको छ। नराम्रो जति भएको छ, त्यो मेरै कारणले भएको हो।

दर्शकमाझ फिल्म आउनुभन्दा अघि फिल्ममा केही कमीकमजोरी भयो भनेर हेर्नुभयो होला नि?

सबै काम सकेर फिल्म हेर्दा राम्रै लागेको थियो। तर हलमा आइपुग्दा एउटै मात्र प्रतिक्रिया ‘लाउड’ भयो भन्ने पायौं। स्टुडियोमा ‘जजमेन्ट’ गरे जस्तो हलमा हुँदैन रहेछ। भोलि फिल्म रिलिज हुँदैछ। हामीले प्राविधिक काम आज मात्र सकायौं। जसले गर्दा हलमा ‘टेस्ट’ गरेर केही साथीहरू, फिल्म सम्बन्धी जान्ने मान्छेलाई देखाएर ‘करेक्सन’ गर्ने समय पनि पाइएन।

 

तपाईंकै कथा र पटकथामा ‘शत्रु गते’ पनि बनेको थियो। त्यो फिल्म दर्शकले रुचाए। त्यही चाहना बोकेर दर्शकहरू ‘दाल भात तरकारी’ हेर्न आएका थिए। तर नकारात्मक प्रतिक्रिया बढी आउँदा नरमाइलो महशुस भयो होला?

 

आफुले गरेको काममा त्यति धेरै प्रतिक्रिया आउँदा नरमाइलोसँगै मन खिन्न हुँदोरहेछ। हलमा गएर फिल्म हेर्दा दर्शकले अधिकतम् मनोरञ्जन लिन्छन्। फिल्म हेर्ने मान्छेहरू हाँसेको हाँसेकै छन्। तर बाहिर निस्कँदा अलिक ‘लाउड’ भयो भन्दा तुरुन्तै त्यो त ‘कन्ट्रोभर्सी’ भयो। नराम्रो फिल्म पनि होइन। ‘इन्डोर सिन’ दर्शकहरू रुचाउनुहोला भन्ने लागेको थियो। तर दर्शकलाई एउटै शैलीको फिल्म हेर्ने बानी रहेछ। यो बेला फिल्ममा नयाँ प्रयोग गर्न खोजिएकाले पनि अलिक बढी प्रतिक्रिया पाइयो।

 

फिल्म भनेपछि त्यसको व्यापार पनि जोडिन्छ। ‘दाल भात तरकारी’को व्यापारबाट सन्तुष्टि मिलेको छ कि छैन?

 

कतिवटा फिल्मबाट पोस्टर टाँसेको पैसा पनि आउँदैन। तर त्यो हेरिकन हामी अलिकति फाइदैमा छौं। तर फाइदै भन्दैमा ‘शत्रु गते’को जस्तो पैसा नआउला। तर यसमा हामीलाई घाटा पर्दैन्। हामीलाई पक्कै फाइदा हुन्छ। एक दुई वर्षपछि फिल्मलाई युट्युबमा राख्छौं। युट्युबमा राखिसकेपछि दर्शकहरू मानसिक रूपमा तयार भई ‘यो फिल्म ‘लाउड’ छ है’ भनेर त्यो हेरिदिन्छन्। त्यसपछि मात्र यसले सकारात्मक प्रतिक्रिया पनि पाउँछ भन्ने आशा लागेको छ।

 

जस्तो कि ‘वनपाले’ भन्ने टेलिफिल्ममा मैले ‘बाबुराम’ भन्ने चरित्रमा ‘है है’ भन्ने शब्द प्रयोग गरेको थिएँ। त्यो बेला धेरै सवारीसाधन थिएन नै मास्क लाउने चलन पनि थिएन। सडकमा हिँड्दा ‘ओभर एक्टिङ ग¥यो’, ‘यस्तो भयो’, ‘उस्तो भयो’, ‘तपाईंले हिजो अस्ती के बोलेको त्यस्तो’ भनेर दर्शकले धेरै कमेन्ट गर्नुभयो। तर केही समयपछि पुनः दुई तीनपटक प्र्रसारण भएपछि दर्शकले ‘ओहो, त्यो वनपालेमा गज्जब गर्नुभएको थियो है। अब फेरी त्यस्तो गर्नुन’ भन्न थाले। ’cause त्यो बेला दर्शक पहिले नै मानसिक रूपमा तयार थिए। अहिलेको जस्तो सामाजिक सन्जाल पनि थिएन। कमेन्टको कुरा गर्दा एक दुईवटा पत्रपत्रिकाहरूको कमेन्ट थियो। तर अहिले यति धेरै सामाजिक सन्जाल छन् कि त्यसमा एकैपटक प्रतिक्रिया आउँदा थेग्न गाह्राे पर्दोरहेछ।

 

‘शत्रु गते’ पछि ‘दाल भात तरकारी’मा आइपुग्दा दर्शकहरूले कस्तो खालको फिल्म हेर्न चाहँदा रहेछन्?

 

‘शत्रु गते’ आफैमा पूर्ण व्यावसायिक फिल्म हो। दर्शकलाई ‘शत्रु गते’, ‘छक्का पन्जा’ हेर्ने बानी परिसक्यो। उहाँहरूलाई ‘इन्डोर बेस’ फिल्म हेर्ने बानी रहेनछ। म ‘जात्रैजात्रा’ हेर्न गएको थिएँ। मान्छेहरू हाँसेर इन्जोय गरिरहेका थिए। हाम्रो फिल्म पनि ‘इन्जोय’ गरका थिए। तर बानी नभएर गाह्राे भयो।

 

अब मह सञ्चारको योजना के छ?

 

हामी हतार गर्दैनौं। हामीले गर्ने काम रंगमञ्चमा प्रहसन गर्ने, टेलिभिजनलाई सिरियल बनाउने र फिल्म बनाएर देखाउने नै हो। रंगमञ्चमा पहिले जस्तो सक्रिय भएर काम गर्न शारीरिक र मानसिक रूपमा गाह«ो छ। अहिलेको फिल्ममा के कति कमजोरी भए। त्यसको मूल्यांकन गरेर ६,७ महिना पछि अर्को फिल्म बनाउनेछौं।

-नागरिक दैनिक