ओलीको टाउकोमाथि प्रचण्डको तरबार …!
प्रचण्ड बोल्नु हुन्छ कसैले मुख नमिठयाए हुन्छ हामी फुटदैनौ सरकार बलियो बनाएर चलाउछौ । प्रचण्डको पिपलपाते स्वभाव र गतिको तिव्रता , छापामार शैलीको घानमा के पी ओली पहिले नै परिसकेको हुनाले उहाँलाई सम्झाइ रहन पर्दैन तर तपाईंहरु दुईले सम्झौता गरेको बुदा नम्बर चार चै पुनरावलोकन नगरे देशमा स्थिर सरकार र पाँच बर्शे सरकार हेर्ने जनताको चाहना अधुरो हुनेछ अपुरो हुनेछ । जनताको मर्म र भावनामा असह्य चोट लाग्नेछ ।

प्रचण्ड के पी एकता सिद्धान्तका लागि थिएन , देशका लागि थिएन , आ आफ्नो ब्यक्तिगत स्वार्थका लागि र सत्ता प्रयोजनका लागि मात्रै थियो भन्ने कुरा अब कसैको नजरमा छिपेको तथ्य होइन । नेकपाका कार्यकर्ताले बिनाहिच्किचावट यो ब्यक्तिगत स्वार्थमा र तज बिजमा आधारित एकताको ’boutमा आफ्नो धारणा बनाउन ढिला गर्नु हुँदैन । बिरोध गर्न पर्खनु र तर्कनु पर्दैन । यसले कहाँ पुर्याउछ देशलाई भन्ने हेक्का राख्नुपर्छ । देशको खातिर एकता हुन्थ्यो भने यो बुदा ( विशेष सहमतिको बुदा नम्बर ४ ) आवश्यक थिएन अनि कसैले लुकाउने अनि कसैले प्रदर्शन गर्ने विषय पनि बन्दैन्थ्यो ।
अपारदर्शी सम्झौता भित्र अपारदर्शी झिल्लीले ब्यक्ति हित निजी फाइदा र स्वार्थलाई ढाकेकाे प्रष्ट देखिएको छ । केपी सत्ताको निमित्त यो टाउका माथि झुन्डिएको हर बखत खतराको घण्टी बजाउने तरबार हो । तरबार कति धारिलो या भुत्ते छ या डमि तरबार मात्रै हो त्यो २०७५ जेष्ठ २ मा पाँच बुदे सहमति बनाएर हस्तान्तरण गर्ने प्रचण्ड , के पी , विश्नु पौडेल र रामबहादुर थापा बादललाई थाहा होला । अरु जनता नेता कार्यकर्ता अनभिज्ञ थिए जब सम्म यो सहमतिको गोप्य र रहस्यमय डकुमेन्ट बाहिर आएन । यो बाहिर नआउन्जेल यस्तो समय किटेर कुनै पनि सम्झौता भएको छैन र सत्ता आलोपालो या चक्रिय प्रणालीमा हुनै सक्दैन र जनताको मत पनि मात्रै के पी ओलिको नेतृत्वको लागि स्थाइ पाँच वर्षको सरकार सन्चालानार्थ हो । हाम्रो पार्टीको कुरा हामी केन्द्रिय र स्थाइ समितिका सदस्यलाई थाह हुन्छ कि बाहिरका मान्छेलाई भन्ने हुंकार पनि देखियो । विचरा ! पार्टीका दाशरु ? अपारदर्शी जे जस्तो निर्णय गरे पनि खप्न सहन र त्यसैको पक्ष बिपक्षमा आफ्ना हाजिरी जनाउन विवस छन ।
“समानता र समान अबधिका आधारमा आवश्यकताअनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ” सिद्धान्त र देशका लागि एकता हुँदैन केवल सत्ताको लागि जो संग जतिसुकै बेला सिद्धान्तविहिन सिद्धान्त निर्माण गरेर एकता हुन्छ यो कुनै अनौठो खेल लाग्दैन नेपाली जनतालाई । स्वार्थ मिलेपछि एकता यो अत्यन्तै स्वभाविक कुरा हो तर स्वार्थ भित्र बृहत मान्छेको स्वार्थ र देशको स्वार्थ पर्छ कि पर्दैन सबाल यो हो । स्वार्थ नभएको बस्तु र तत्व कुनै हुँदैन । जडबस्तु ढुङ्गा माटाे समेतमा आकर्षण गर्ने शक्ति हुन्छ त्यो स्वार्थ हो मान्छेहरुमा स्वार्थ आश्चर्य होइन तर यसको क्षेत्रफल र परिधिभित्र देश पर्छ पर्दैन त्यो महत्त्वपूर्ण तत्व हो । ब्यक्ति ब्यक्तिको इच्छा, आकंक्षा र सेवा शर्तको लागि मात्रै पार्टी मिल्नु चै अस्वाभाविक र अगतिसिल हो प्रगतिशिलता होइन ।
हाम्रो पार्टी संस्कृतिले ब्यक्तिको स्वार्थ मिलेपछि सबैको स्वार्थ अर्थात सामुहिक स्वार्थ र देशकै स्वार्थ मिलेको देशको लागि भएको सुकर्म भनेर जस्तोसुकै कुकर्मको पनि वकालत गर्छ । मुख्य नेताहरू मिलेपछि कार्यकर्ता रैती हुन सबाल जबाफ गर्दैनन् कुकर्मको वकालत गरेर नेताहरूमा अरु अहमको मात्रा थपी दिन योगदान गर्छन र आफूलाई राजाका रैती, हली गोठालो भन्दा पर ठान्दैनन । आफ्नो स्वतन्त्रता र विवेकको प्रयोग गर्दैनन् नेताहरुको चाकरी, चाप्लुसी, गुलामी र सलामीमै नित्य समय गुजार्छन । स्वाभिमानी र स्वतन्त्र कार्यकर्ता नेता र समर्थक, शुभचिन्तक अनि स्वतन्त्र बुद्धिजिवीको अभावको कारण नै नेताहरू पार्टी भित्र पनि सर्वसत्तावादी अभ्यास गर्छ्न र म नै पार्टी हुं भन्ने लुई कालिन म नै राज्य हुंको सिद्धान्तलाई अभ्यासमा उतार्छन, पार्टीलाई विधि,पद्धति, नीति र सिद्धान्तमा हैन लहड सौख र चुनावी विजय मात्रैलाई ध्यानमा राख्छन् जुन लोकतान्त्रिक संस्कृति र परम्पराको धज्जी उडाउनु हो । सैद्धान्तिक एकता र नितिगत अन्तर्घुलनको लागि बलियो धरातल र सामुहिक अपन्त्व आवश्यक हुन्छ, तलदेखी माथि सम्म व्यापक अन्तरक्रिया, छलफल र मनको दुरी मेटाउनु भावनात्मक स्पर्श जरुरी हुन्छ तर यहाँ त्यसो गरिन्न यसो नगर्नुको अर्थ हो पार्टी कार्यकर्तामा जे थोपरे पनि चुपचाप सहनुपर्छ र त्यसलाई बोकेर हिंड्नु उनीहरूको धर्म कर्तव्य र जिम्मेवारी हो भन्ने अतिवादी सोच चिन्तन र शैली नेताहरूमा प्रकट हुनु ।
लाचार कार्यकर्ता हुनुको परिणति नेताहरू स्वेच्छाचारी र लोकतान्त्रिक आवारण भित्र अलोकतान्त्रिक आचरणमा देखिन्छन् । पार्टी भित्रको आन्तरिक लोकतन्त्र कति कमजोर छ भन्ने प्रमाण नेकपाको केन्द्रिय समितिको बैठक एक वर्षमा कति पटक बस्न सक्यो त्यसले बताइ रहेकै छ तर पनि लोकतान्त्रिक पार्टी भन्न नेताकार्यकर्ता थाक्दैनन र नेताको स्वरमा हो मा हो मिलाउन कार्यकर्ता अप्ठ्यारो मान्दैनन् । किनकी नेताहरूको कोट र लवेदाको फेर नसमाइ कुनै पनि नेता कार्यकर्ताको उन्न्यन पद्धति विधि बिधानको आधारमा सम्भव छैन । नेताहरुको आशीर्वाद र धाप बेगर सिस्टमले कसैलाई पनि न्याय गर्दैन । सिस्टम नभएको ठाँउमा सिस्टम पर्खने कुरा पनि आउदैन र सिस्टमको पक्षमा बोल्नेहरुको हैसियत कस्तो हुन्छ त्यो भुक्तान गर्नेको पिडा दुखान्त , लेखान्त छ । देशलाई धितो राखेर नयाँ लुगा लगाउने अवतारी राजनीति रहेसम्म प्रणाली र विधि कहिल्यै कसैको रोजाईको विषय बन्न सक्तैन ।
जसले पार्टीमा बसेर विधि पद्धति र नियमको कुरा गर्छ उसले सत्ताको सगरमाथा त परको कुरा बेस्क्याम्प समेत पुगेर म सगरमाथा चढछु भन्ने कल्पना समेत गर्नबाट बन्चित हुनुपरेको कटु यथार्थ हरेक पार्टीको पिढिमा बसेर बलेसीको पानीले रुझ्नेलाई सोध्दा थाहा लाग्छ । कति कष्टकर छ पार्टी भित्र अनुशासन र विधि बिधानको पाना पल्टाउन ? अनुशासन, विधि पद्धति र नियमको कुरा गर्नेले समयको लय पक्रन नसकेको , रुढीबादी नेताकार्यकर्ताको पगरी पाएर असक्षमको बिल्ला पाएको देखिन्छ । अवसरको भर्याङ चढन नेताको आफन्त हुनुपर्छ, नातागोता भित्रको मान्छे रहनुपर्छ या पैसाले सबैलाई ठेगाना लगाउन सक्ने हैसियत देखाउनुपर्छ नभए मसल दरा भएका कार्यकर्ताको झुन्ड हुनुपर्छ । अन्यथा नैतिकता ,इमान र स्वाभिमानमा बाच्नेहरु हेय र उपहासका पात्र भएका छ्न । निरीह र विचरा सावित भएका छन ।
दुई पार्टी एकीकृत हुनुमा पद्धति हावी हुनुपर्ने हो कि ? ब्यक्तिको मर्जी ? पद्धति माथि भद्दा मजाक र अश्लील हर्कत हुँदा पनि मौन बस्ने अधिकांश नेताकार्यकर्ता कुनै कारखानाका मजदुर जतिको पनि हैसियत नदेखाउदा यो पार्टी प्रणाली प्रति नै वितृष्णा पैदा हुन गएको छ ।
सार्वजनिक घोषणा मार्फत औपचारिक रुपमा सिंगो संस्थाले जनताका सामु गरेको कबोल ठूलो, या पद्दति विपरित अपारदर्सी ढंगले गोप्य कोठामा दुई नेताले आफूलाई अधिकारै नभएको विषयमा गरेको “सहमति” ठूलो ? जनतासंग भोट माग्दा के पी ओली पाँच वर्ष ढुक्क स्थाइ सरकारको नेतृत्व भनेर मागिएको होइन र ? त्यो जनमतको अपमान गर्ने छूट कसले दियो ? मुलुकको कार्यकारी प्रमुख हुने कुरा वा लिने पद दुई व्यक्तिको आपसी बांडफांडको विषय हो कि सिङ्गो पार्टीको भविष्य र बर्तमानको रणनीति ? कार्यकर्ताको त्याग र बलिदान सग जोडीएको विषयमा किन ख्याल ख्याल ?
पार्टी एकता नेताका नीजि मामला निजी ब्यबस्थापन का लागि थिए वा राष्ट्रका निम्ति आवश्यक र अपरिहार्य ? बहस यता केन्द्रित हुनुपर्ने हो तर आफ्नो भाग र हिस्सा कति भनेर नेताले लविङ र घुर्की धम्की , परिक्रमा र आरधनामा समय गुजारेका छन् । जनप्रतिनिधि, संबन्धित पार्टीका सदस्यहरु, र जनताले पद्दतिलाई मान्ने हो या अमूकअमूक व्यक्तिका अमूकअमूक “गोप्य” सहमतिलाई चाह र रहरलाई अनि असमावेसी अवसरको बलमिच्याइलाई , हामीले मुलुकमा कस्तो राजनैतिक पद्दति र संस्कार चाहेको कस्तो गणतन्त्र चाहेको हो । आधुनिक गणतन्त्रको स्वरुप र शैली दुई नेता र केही मान्छेको स्वार्थ सिद्ध गर्न मात्रै हो र ? जन अपेक्षा कसैलाई पेट फुटुन्जेल खान अनि सम्पत्ति थुपार्न त कसैलाई भोक भोकै राख्न कदापि थिएन, छैन र होइन तर देखियो यस्तै । अवसरको समुचित र समानुपातिक वितरणमा जनताको मतादेस हो ।
नेता छान्ने अधिकार पनि छैन नीति छान्ने र त्यसमा विहंगम छलफल गर्ने बाटो पनि छैन टीका लगाएर राख्ने र केही नेताको बोली कानुन र बिधान बन्ने हो भने सचिवालयदेखि केन्द्रीय कमिटीसम्मका पार्टीका संयन्त्र किन चाहिए ? संसदीय समिति किन चाहियो ? संसद किन चाहियो ? लोकतन्त्र किन चाहियो ? केही ब्यक्ति ब्यक्तिको मर्जी नै पार्टीको सामुहिक पद्धति मान्ने हो र ?
नारा र श्लोगान लोकतन्त्र समावेशी पारदर्शी गणतन्त्रको, त्यो पनि अवसरको समान र उचित वितरण र सहभागिताको फुर्के जामा लगाएको गर्ने अनि निर्णय अधिकार चैं एकदुई जना विशिष्टको मात्रै हुने कस्तो लोकतान्त्रिक पद्धति कमरेड ? समिक्षा गर्नु पर्दैन ? के दुई जना अध्यक्ष अनि पुर्व प्रधानमन्त्री भन्दा अरु योग्य छैनन् पार्टीमा पार्टी चलाउन अनि देश चलाउन ? के ठुला नेताको मृत्यु पछि मात्रै आउने हो अरुको पालो ? आजन्म ठुलो पद मै नेता बसीरहने र बाबू मरे पछि मात्रै राजा हुने छोराको नियति उस्तै उस्तै होइन र ? कोही मरे पछि मात्र कोही योग्य हुने परिपाटी कति उचित र सामयिक हो ?
सचेत कार्यकर्ताले बौद्धिक ब्यक्तित्वले तर्कसम्मत कसैको समर्थन गर्न सक्छ, बिरोध र वादप्रतिवाद गर्न अप्ठ्यारो मान्दैन तर आफ्नो चेतनालाई कसैकोमा बन्धक राखेर, अस्मिता र स्वतन्त्रता पाउमा बिर्सजन गरेर उसैको दास बन्नु किमार्थ स्विकार गर्न सकिने कुरा होइन मानव समाजकै निम्ति रोग बन्छ । अभिशापमा परिवर्तन हुन्छ । पार्टी र देशको माया गर्ने, आफ्नो स्वतन्त्र अस्तित्व स्वीकार गर्ने सचेत कार्यकर्ताले “त्यस्तो सहमति किन गरेको ? गरे पछि मान्नुपर्छ” भन्ने होइन , छैन ” पद्दतिको धज्जी उडाउने गरी आफूलाई अधिकार नै नभएको त्यस्तो गलत विषयमा सहमति किन गरिन्छ ? निजी कम्पनी पार्टी र कार्यकर्ता त्यसका दास जसरी मर्ज गरे पनि त्यसलाई सहनुपर्छ भन्ने केहि छैन भनेर बिद्रोहको आवाज बोल्न सक्नुपर्छ । प्रचण्ड के पी का सबै नाजायज हर्कत खपेर लज्जित बनेर बस्नु हुँदैन । पार्टी ब्यक्तिको निजि कम्पनी र बिर्ता होइन । अनि पार्टी कार्यकर्ता दास र नोकर पनि ? भागबण्डाको बहानामा प्रधानमन्त्री बदल्ने काम भयो भने जनता प्रतिको धोका त हुन्छ नै त्यसले नेतालाई फेरि पनि चरम लोभी प्रमाणित गर्छ, स्थिर सरकारको चुनावी नारा सफेद झूटमा परिणत हुन्छ, दलहरु प्रतिको जन अविश्वास अझै बढ्छ, लोकतान्त्रिक संस्कारको फेरि चीरहरण हुन्छ, मुलुक फेरि कमजोर हुन्छ ।
मुलुक कमजोर पार्ने षडयन्त्रको बर्खिलापमा जो आए पनि त्यसको विरुद्ध स्वाभीमान पुर्वक उभिनु नेपाली जातिको धर्म हो । पहिले नेपाली अनि जात, भूगोल पार्टी र सिद्धान्त । पद्धति र असल परिपाटीको खिल्ली उडाएर जो प्रधानमन्त्री बने पनि जसको भागमा पद आए पनि त्यो प्रत्युकपादक बन्नेछ । त्यो नोक्सानी सबैको भागमा आउनेछ । पद्धति बिर्सेर ओलीको मेख मार्न प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेर बाकी अबधि ग्यारेन्टी दिने शेर बहादुरको मनसुवा होस या ओलीलाइ ब्ल्याकमेल गरेर तरबार देखाइ राख्ने प्रचण्ड रणनीति यो घातक र आशातित परिणाम भोग्न बाध्य पार्ने खेल हो ।
नेताले आफू पछाडिको पुस्तालाई कस्तो संस्कार छोडेर जाने हो ? कुन बाटो हिंड्न् सिकाउने हो आज त्यो सिकाउने बेला हो गलतबाटो आफू नहिडने र हिंड्न लागेकालाई पनि फर्काउने सही पदचाप दिने हो । तर किन असंगत लाग्छ दुई अध्यक्षको देश चलाउने योजना । अध्यक्ष प्रचण्ड भन्नुहुन्छ मन्त्री मन्डल हेरफेर हुदैछ । स्वयम् मन्त्री मन्डलको कमान्ड सम्हालेका ओली बोल्नुहुन्छ त्यो सम्भावना अहिले छैन । जहाज हाक्ने दुई पाइलट बिच समन्वय र विश्वास भएन भने त्यसले दिने परिणाम अन्तत अकल्पनीय हुनेछ । दुखद र अनपेक्षित रहने पक्का छ । देउवा प्रचण्ड भेटघाट हुन्छ अनि मुख मिठो पार्दै दुई तिहाईको सरकार ढाल्ने उदघोस जम्मा ६३ जना सांसद बोक्ने देउवा गर्नुहुन्छ । सबैलाई थाहा छ नेकपाको आफ्नै कारण या आन्तरिक द्वन्दको कारण सरकार ढल्छ तर देउवाको तागतले रौ पनि तलमाथि हुँदैन यतिबेला ।
प्रचण्ड बोल्नु हुन्छ कसैले मुख नमिठयाए हुन्छ हामी फुटदैनौ सरकार बलियो बनाएर चलाउछौ । प्रचण्डको पिपलपाते स्वभाव र गतिको तिव्रता , छापामार शैलीको घानमा के पी ओली पहिले नै परिसकेको हुनाले उहाँलाई सम्झाइ रहन पर्दैन तर तपाईंहरु दुईले सम्झौता गरेको बुदा नम्बर चार चै पुनरावलोकन नगरे देशमा स्थिर सरकार र पाँच बर्शे सरकार हेर्ने जनताको चाहना अधुरो हुनेछ अपुरो हुनेछ । जनताको मर्म र भावनामा असह्य चोट लाग्नेछ । किन आलोपालो प्रधानमन्त्री हुने शर्त पालन गर्छु भनेर प्रचण्डलाई मन्जुरीनामा बुझाउनु भयो कमरेड ओली ? कम्तीमा तपाईंका पार्टी कार्यकर्ता नेता संग यो विषयमा किन सल्लाह गर्न चुक्नु भयो ? जबाफ पार्टी भित्र मात्रै होइन अब देशलाई दिनुपर्छ ? प्रचण्डले त्यही हतियार देखाएर तपाईंलाई बार्गेनिङको तिर सधैं हानीरह्न्छ्न र कमजोर बनाइरहन सक्छ्न । प्रचण्ड रणनीतिको माखे सांग्लोबाट फुत्कन अर्को पारदर्सी र बलियो सम्झौता गर्नुस । पार्टी तपाईंको हो तर देश सबैको हो देश ’boutमा सम्झौता गर्न तपाईंले जनतालाई सोध्नुपर्छ । पार्टीलाई सोध्नुपर्छ ।
फेरि कुन त्यस्तो चमत्कार गर्छ्न र प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्छ ? दुई दुई पटक टेस्टटेड प्रचण्ड अब कुनै जादुयी परिवर्तनको ठेक्का लिन सक्दैनन् र परिवार मोह भन्दा पर बसेर देशको मोहमा लाग्छन् भन्न! कुनै ग्यारेन्टी छैन । यति पटक प्रधानमन्त्री भएको संख्या दर्ज गराउनु भन्दा अर्को छुट्टै बेग्लै उपलब्धि देसको खातामा थपिने छैन । पार्टी चलाउन उनलाई दिनोस र ढुक्कसँग पाँच वर्ष बाकी अबधि जनमुखी काम गर्न आफ्नो समय खर्चनुस । शिरमा झुन्डिएको तरवार हटाएर मज्जाले टाउको घुमाउनुस दृष्टि फराकिलो बनाउनुस । गोडा लम्काउनुस , काम बोलोस मुख बोल्नै पर्दैन । तपाईं र सरकारलाई खतरा कतैबाट छ भने प्रचण्ड बाट नै छ अरुले त केही गर्न सक्तैनन् तमाशा देखाउन बाहेक । देशमा खांचो शासक र शासनको हैन सुशासन र सेवक सरकार , सेवक र मिजासिलो कर्मचारीतन्त्रको हो । शासन प्रशासनमा परिवर्तन गर्न न्युनतम कम्युनिस्ट आचरण मात्रै प्रधानमन्त्री र मन्त्रीले सके अरु बाध्य भएर आचरण सुधार गर्न लाग्नेछन ।
